Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

द्वन्द्वपीडितका लागि बनाइएका सरकारी भवन अलपत्र

कञ्चनपुर । द्वन्द्वपीडितलाई पुनःस्थापनाका लागि पुनर्वासमा शान्ति मन्त्रालयको बजेटमा पाँच वर्षअघि बनाइएका भवन पीडितको पहिचान हुन नसक्दा प्रयोग विहीन बनेका छन् । नेपाल सरकारको शान्ति मन्त्रालयको रु ३३ लाखको लगानीमा पुनर्वास नगरपालिका–७ मा निर्माण गरिएका २५ वटा भवन द्वन्द्व पीडित बस्न नआउँदा बेवारिसे बनेका छन् । आर्थिक वर्ष ०६६÷०६७ मा राष्ट्रिय आवास कम्पनीद्धारा निर्माण गरिएका भवन जिल्ला शान्ति समितिले वास्तविक द्वन्द्वपीडितको पहिचान गर्न नसक्दा भवन बेवारिसे बन्न पुगेका हुन् । लाखौँको सरकारी लगानीमा निर्माण गरिएका तीन कोठे घर संरक्षणको अभावमा अहिले जीर्ण बन्दै गएका छन् । रेखदेख हुन नसक्दा बनाइएका भवनका झ्याल ढोकासमेत अहिले फुटाइएको अवस्थामा पुगेका छन् । पुनःस्थापनाको पर्खाइमा रहेका द्वन्द्व प्रभावितको जीवन कष्टकर बन्दै गए पनि जिल्लास्थित शान्ति समितिले वास्तविक द्वन्द्वपीडितको पहिचान गर्न नसक्दा सरकारी बजेटमा बनाइएका घर प्रयोगमै नआई भत्कने अवस्थामा रहेका छन् । पटक–पटक द्वन्द्व पीडितलाई बनाइएका घरमा बस्न आउन अनुरोध गरिए पनि शान्ति समितिले वास्तविक पीडितको पहिचान र सिफारिस गर्न नसक्दा भवन बेवारिसे बन्न पुगेको राष्ट्रिय आवास कम्पनी त्रिभुवनबस्ती कञ्चनपुरका कामु प्रबन्धक कर्मजित राईले बताए । शान्ति मन्त्रालयको लगानीमा जिल्लाको पुनर्वासमा बनाइएका भवनको संरक्षण र व्यवस्थापन कसले र कसरी गर्नेबारे सरकारले स्पष्ट नीति नबनाएकाले गर्दा भवन अहिले बेवारिसे र जीर्ण बन्न पुगेको जिल्ला शान्ति समितिका अध्यक्ष गगनबहादुर सिंहले बताए । जिल्लामा करिब एक हजार द्वन्द्व प्रभावितको सङ्ख्या रहेको र पीडितको पहिचान तथा सिफारिसमा चुनौती थपिएको अध्यक्ष सिंहले बताए । द्वन्द्वपीडितलाई राहत र सहयोग गर्ने उद्देश्यले सरकारले भवन निर्माण गरे पनि संरक्षणका लागि गतिलो संयन्त्र र नीति नहुँदा सरकारी बजेट खेर जान पुगेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending