Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

अव आइन्दा एमालेमा प्रमुख सचेतक र उपसचेतक विरुद्ध अविश्वास प्रस्ताव गर्न नपाइने

\"uml\"काठमाडौ । नेकपा एमाले संसदीय दलले दलको विधान संशोधनसहित पारित गरेको छ । दलले आफ्नो विधानलाई नयाँ संविधान अनुरुप हुनेगरी संशोधन गरेको हो । संशोधित विधान अनुसार २५ सदस्यीय विकास क्षेत्रको प्रतिनिधित्व रहने बोर्डलाई विस्तार गरी प्रदेश अनुरुप गठन गर्ने र त्यसलाई २७ सदस्यीय बनाउने निर्णय गरेको छ । यसअघि संसदीय दलका नेता, उप नेता, प्रमुख सचेतक र उपसचेतक विरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने व्यवस्था भएकोमा त्यसलाई सुधार गरी अव आइन्दा प्रमुख सचेतक र उपसचेतक विरुद्ध अविश्वास प्रस्ताव गर्न नपाइने सो संशोधित विधानमा व्यवस्था गरिएको छ । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा आज बसेको बैठकमा संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले समितिका सदस्यहरुको उपस्थिति, प्रभावकारितालगायतका विषयमा जानकारी गराएका थिए । सचेतक ढकालले दिएको जानकारीअनुसार समग्रमा पार्टीका तर्फबाट समितिमा रहने सदस्यको भूमिका र उपस्थिति राम्रो देखिएको निष्कर्ष निकालिएको थियो । समितिको बैठकमा अधिक उपस्थित हुने तीनजना सदस्यको नाम सार्वजनिक गरिएको थियो । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि उप नेता सुवास नेम्वाङको अध्यक्षतामा बैठक बसेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending