Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

उच्चस्तरीय सुझाव समिति पुनर्गठनको माग

\"revolutionary-journalists-association\"काठमाडौं । क्रान्तिकारी पत्रकार संघले सञ्चार नीति परिमार्जन गर्न सरकारद्वारा गठित उच्चतस्तरीय सुझाव समिति पुनर्गठनको माग गरेको छ । बुधबार सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई २७ बु“दे ज्ञापन पत्र बुझाएर संघले समितिलाई थप समावेशी र सबै पक्षको प्रतिनिधित्व हुने गरि पुनर्गठन गर्न माग गरेको हो । सञ्चार नीतिका लागि सुझाव दिन गठित उच्चस्तरीय समितिलाई केहीं दिनअघि सञ्चार मन्त्री राईले विस्तार गरेका थिए । सो समितिप्रति क्रान्तिकारी पत्रकार संघले असहमति जनाएको हो । संघका संयोजक गोविन्द आचार्यले भने‘नेपालको नया“ संविधान, संघीयता र राज्य पुर्नसंरचनाको मर्म र भावना विपरित गठन गरिएको यस्तो समितिप्रति असहमति रहेको जानकारी गराउ“दै सरोकालावालास“गको परामर्शमा सन्तुलित, विश्वसनीय, समावेशी तथा सबै सरोकारवालाको प्रतिनिधित्वमूलक समिति गठन गर्न माग गर्दछौ“’, जवाफमा मन्त्री राईले उच्चस्तरीय समितिलाई विस्तार गरेर सबै पक्षलाई समेट्न र थप समावेशी बनाउन आफू प्रतिबद्ध रहेको बताए । ‘विभिन्न बाधाले समस्या भएको हो’, मन्त्री राईले भने, ‘तपाईंहरुको सुझावअनुसार यो समितिलाई विस्तार गरेर सबै पक्षलाई समेटेर थप समावेशी बनाउन म तयार छु ।’ संघले जनयुद्धको क्रममा राज्यपक्षबाट २६ जना पत्रकारको हत्या भएको भन्दै हत्याको छावनीन गरेर दोषिमाथि कारबाहीको माग गरेको छ ।  संघल पत्रकारहरुको पेशागत सुरक्षाका लागि श्रमजीवी पत्रकार सम्बन्धी ऐन पूर्ण कार्यान्वयनको माग गरेको छ । संघले विनाकारण गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस)जस्ता सरकारी संचार माध्यमसहित विभिन्न संचार माध्यमबाट संचारकर्मी निकालिएको भन्दै पुनर्वहालीको माग गदै पत्रकार कल्याण कोष स्थापना हुनुपर्ने, संचार क्षेत्रलाई राष्ट्रिय सेवामूलक उद्योग सरहको मान्यता दिएर विद्युत र टेलिफोन शुल्कमा छुट हुनुपर्ने, सरकारी संचार माध्यमको पुर्नसंरचना गरेर गोरखापत्र र राससलाई सहकारीकरण र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण माध्यमका रुपमा संचालन गर्नुपर्ने उल्लेख गरेको छ । ज्ञापनपत्रमार्फत सबै प्रदेशमा प्रेस रजिष्टारको कार्यालय स्थापना गर्नुपर्ने, संचार क्षेत्रको पूर्नसंरचनाका विषयमा विस्तृत अध्ययन नभएकाले यसको विस्तृत अध्ययन गरी अवधारणासहितको प्रस्ताव तयार गर्न उच्चस्तरको संचार पूर्नसंरचना आयोग गठन हुनुपर्ने, संचार गृह र त्यहा“बाट प्रवाह हुने सामग्री समावेशी बनाउनुपर्ने, जनयद्धलगायत परिवर्तनकारी आन्दोलनको क्रममा ज्यान गुमाएका र बेपत्ता पारिएका पत्रकारहरुको सम्झनामा ‘स्मृति स्तम्भ’ निर्माण हुनुपर्ने, ७ वटै प्रदेशमा श्रमजीवी पत्रकारहरुको लागि सुविधासम्पन्न तालिम केन्द्रहरुको हुनुपर्ने लगाएतका २७ बुदे माग गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending