Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

अबको अध्यक्ष मोहन वैद्य : प्रवक्ता शर्मा

\"dinanath-sharma-400\"काठमाडौं । एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले अब बन्ने माओवादी पार्टीको अध्यक्ष मोहन बैद्य ‘किरण’ हुने बताएका छन् । विभाजित अवस्थामा रहेका माओवादी पार्टीहरुबीच एकताको प्रयास भइरहँदा उनको यस्तो भनाई बाहिर आएको छ । प्रवक्ता शर्माले आफ्ना पूर्व उपाध्यक्ष मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकीकरणकालागि पहल अन्तिम चरणमा पुगेको बताएका छन् । स्रोतका अनुसार एमाओवादीमा आउनका लागि बैद्यले अध्यक्ष बनाइए आउन सक्ने संकेत गरेका छन् ।  एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले एक पत्रिकासँग सम्वाद गर्दै मोहन बैद्य एकतापछिको माओवादीको अध्यक्ष बन्ने बताए । प्रवक्ता शर्माले एकताको विकल्प नभएको र नयाँ चरणमा युग प्रवेश गरिसकेको हुँदा सबै परिमार्जित भएर एकीकृत हुनेपर्ने बताए । उनले मोहन बैद्य किरण अध्यक्ष भए कुनै अप्ठेरो नपर्ने बताए । उनले भने,‘हिँजो उहाँकै नेतृत्वमा हामी थियौँ । उहाँ पनि हाम्रै अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा हुनुहुन्थ्यो । आज नेपालमा भएका माओवादीहरु एक भएर हाम्रा बाँकी क्रान्ति पूरा हुन्छ भने हामीले थोरबहूत त्याग गर्न सकिन्छ । एकीकरणका लागि प्रस्तावित सहमतिअनुसार अब एकीकृत माआेवादीका अध्यक्ष मोहन बैद्य किरण हुनुहुनेछ ।’ उनले देश समाजवाद उन्मुख भएकाले नयाँ संविधानको प्रस्तावनाले किटान गरे अनुरुप समाजवाद उन्मुख अर्थतन्त्रको विकास र राजनीति विकासमा जोड दिनुपर्ने बताए । राष्ट्र समाजवादी क्रान्तिको चरणमा पुगिसकेको र मूलभूत रुपमा समाजवादी क्रान्तिको एउटा चरण पूरा भएकोसमेत बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending