फाल्गुन २७ गते, २०७१ मगलवार 10th March, 2015 Tue१८:३४:२३ मा प्रकाशित
काठमाडौं, कल्याणपुर– १ हर्कपुर, नुवाकोटका शंकर भण्डारीले आफूसँग आश्चर्यजनक प्रतिभा रहेको भन्दै गिनिज बुकमा नाम लेखाउन इच्छुक रहेको बताएका छन् ।
उमेरले १९ वर्ष लागेका भण्डारीले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी मानवजातिले नै गर्न नसक्ने काम आफूले गर्न सक्ने भएकाले गिनिज बुकमा नाम लेखाउन इच्छुक रहेको बताएका हुन् ।
भैरव मावि हात्तीगाैंडाबाट एसएलसी उत्तीर्ण गरेका भण्डारीले भने– ‘मानिसले नयाँनयाँ कीर्तिमान राख्दै गिनिज बुकमा नाम लेखाउनेगरेको थाहा पाएपछि मैले पनि राष्ट्रको गौरव बढाउन बुढीऔंलाले नाडी छुने प्रयास सुरु गरेको थिएँ ।’
बुढी औंलाले नाडी छुनु निकै कठिन काम भए तापनि आफूले कठोर मेहनतका साथ करिब डेढ वर्षको अवधिमा सफलता पाएको भण्डारीले बताए । सानो उमेरमै बुबाको मुत्यु भएपछि आर्थिक अभावका कारण एसएलसी उत्तीर्ण गरे पनि उच्च शिक्षा हासिल गर्न नसकेको उनले गुनासो पोखे ।
उनले भने– ‘म दुईवटै हातका बुढी औंलाले नाडी छुन सक्छु त्यही भएर यो प्रतिभालाई गिनिज बुकमा लेख्ने ठूलो धोको पालेको छु ।’ आफ्नो सपना पूरा गर्न उनले विभिन्न इच्छुक निकाय, संघ–संस्था र व्यक्तिहरुसँग आर्थिक सहयोगको समेत अपेक्षा गरेको उनी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: