प्रोफेसर भएपछि मानिसहरु हमेसा देशविदेशमा सेमिनार र गोष्ठीहरुमा सहभागी हुन तछाडमछाड गर्दै जान्छन् । तर प्रोफेसर रणधीर सिंह विभिन्न देशहरुको पटक पटकको निमान्त्रणालाई अस्विकार गर्दै जीवनभर कुनैपनि देशको भ्रमण गरेनन् ।उनी भारतका प्रमुख बामपन्थी विचारक मध्ये एक थिए । कुशल वक्ता तथा माक्र्सवादलाई निकै गहिरो अध्ययन गर्ने एक अध्ययतासमेत उनी थिए । उनलाई माक्र्सवादी इनसाइकोपिडिया(सम्पूर्ण माक्र्सवादी ज्ञानको भण्डार) नै भनिन्थ्यो । उनीसँग अथाह माक्र्सवादी ज्ञानहरु थिए । माक्र्स र एङ्गेल्सका पुस्तकहरु निकै गहिरो अध्ययन गरी उनले भारतमा कम्युनिस्ट विचारको जीवनभर प्रवाह गरिरहे । प्राध्यापक रणधीर सिंहको माक्र्सवादी विचार यात्रा दोस्रो विश्वयुद्धपछि शुरु भएको मानिन्छ । सन् १९३९ मा भारतको कम्युनिस्ट पार्टीमा संलग्न भई विद्यार्थी राजनीतिबाट उनले आफ्नो माक्र्सवादी विचारको यात्रा शुरु गरे । भारतका कम्युनिस्ट पार्टीहरु सी.पी.आई.देखि सी.सी.आई.एम.एल.सम्म उनले आफ्नो भूमिका निर्वाह गरे । माक्र्सवादी विश्व दृष्टिकोणलाई व्यापक र गहिराईका साथ हासिल गर्ने तीब्र इच्छाले उनलाई दिल्लीको विश्वविद्यालयसम्म पु¥यायो । जहाँ उनले राजनीति विज्ञान विषयमा अध्यापन गरे । अध्यापन गर्दै जाने क्रममा उनी विश्वविऋालयमा राजनीति विज्ञान विभागमा प्रोफेसर भए । प्रोफेसर भएपछि मानिसहरु हमेसा देशविदेशमा सेमिनार र गोष्ठीहरुमा सहभागी हुन तछाडमछाड गर्दै जान्छन् । तर प्रोफेसर रणधीर सिंह विभिन्न देशहरुको पटक पटकको निमान्त्रणालाई अस्विकार गर्दै जीवनभर कुनैपनि देशको भ्रमण गरेनन् । बरु आफ्नो कक्षा र अध्ययनलाई सिङ्गो संसार मानेर त्यसमै लिन भइरहे । आफ्नो सिङ्गो जीवनभर माक्र्सले लेखेका कृतिहरुको गहिरो अध्ययन गरे । उनले जवाहरलाल नेहरु विश्वविद्यालयमा समेत पठाए । सन् १९८७ मा दिल्ली विश्वविद्यालयबाट सेवा निवृत्त भए । त्यसपछि उनी आफ्ना रचनाहरु प्रकाशित गर्न तर्फ लागे थाले । सिंह भारतीय कम्युनिस्ट पार्टी अविभाजित अवस्थामा हुँदा सक्रिय रुपमा सहभागी भएका थिए । तर जब पार्टी विभाजित भयो त्यसपछि उनी स्वतन्त्र माक्र्सवादी विचारक बनेर बसे । कुनै पार्टीमा सम्लग्न नभएपनि उनले बढि भन्दा बढि विद्यार्थीहरुमा माक्र्सवादी विचार हस्तान्तरण गर्नमा नै उनले सिङ्गो जीवन खर्चिए । उनी विद्यार्थीलाई सबैभन्दा पहिला माक्र्सवादी विचारद्धारा लैस बनाउनु आफ्नो पहिलो कर्तव्य ठान्दथे । रणधीर सिंह प्रारम्भिक जीवनमा कविता लेख्थे । पछि उनले कवितामा निरन्तरता दिएनन् । कविता लेख्न छाडेर उनले आफ्नो विद्यार्थी कालमा दिल्ली विश्वविद्यालयमा एक सोसलिष्ट ग्रुप खडा गरी माक्र्सवादी अध्ययन र चिन्तन गर्नतिर लागे । भारतमा नक्सलवादी आन्दोलन चलिरहेको अवस्थामा उनले विभिन्न चर्चा परिचर्चा भयो । ती बहसहरुमा उनले पुरै नक्सलवादी आन्दोलनको समर्थनमा बहस गरे । नक्सलवादी आन्दोलनले धक्का खाएपछि उनले साम्रज्यवादी लुटको विरोधमा आफ्नो प्रखर विचार राखि नै रहे । सन् १९९० को दशकमा सोभियत युनियन विघटन भयो । विघटनपश्चात पुरै दुनियाँमा माक्र्सवादको अन्त्य भयो भनेर साम्राज्यवादले भन्न थाल्यो । सोही क्रममा दिल्लीमासमेत समाजवाद पतनको बारेमा ठूला ठूला बहसहरु भए । सो बहसहरुमा सिंहले माक्र्सवादी सिद्धान्तको बारेमा आफ्नो गम्भीर मन्तव्य राखे । बहसको क्रममा एकजना भारतीय कम्युनिस्ट नेताले माक्र्स भनाई उद्धृत गर्दै भने ‘सर्वहारा वर्ग जब सत्तामा पुग्छ, तब उ सर्वहारा वर्ग रहँदैन ।’ तुरुन्तै सिंहले प्रतिवाद गर्दै भने, ‘माक्र्सले यो कुरा कुन पुस्तकमा कहाँनिर भन्नुभएको छ ? कृपया मलाई त्यसको लिखित सन्दर्भ चाहियो ।’ त्यसपछि ती बहसकर्ता चुप लागे । आज नेपाल लगायतका विभिन्न देशहरुमा माक्र्सवादी सिद्धान्तमा आधारित रहेर विभिन्न सामाजिक प्रयोगहरु भइरहेका छन् । तर माक्र्सले भनेका कतिपय सन्दर्भ आज मेल नखान सक्छन् भने कतिपय चाँही माक्र्सले यसो भनेका थिए, उसो भनेका थिए भन्दै आफ्नै सोंचअनुसार माक्र्सको सिद्धान्तलाई बङ्ग्याउने गरेका पनि छन् । यस्तो अवस्थामा माक्र्सले भनेको कुरा हो वा होइन ? कुन पुस्तकमा लेखेका छन् भन्ने सन्दर्भहरु प्रमाणका रुपमा खोज्दै बहस गर्ने विद्धानको अभाव भएको छ ।
तुरुन्तै सिंहले प्रतिवाद गर्दै भने, ‘माक्र्सले यो कुरा कुन पुस्तकमा कहाँनिर भन्नुभएको छ ? कृपया मलाई त्यसको लिखित सन्दर्भ चाहियो ।’रणधीर सिंह एक असल शिक्षक, बुद्धिजीवी, शिक्षाविद् मुख्यतः गम्भीर माक्र्सवादी अध्ययता थिए। समकालिन विश्वमा पुँजीवाद र साम्राज्यवादले खडा गरेका नयाँ चुनौतिहरुलाई सामना गर्न उनको अभाव खड्किने विभिन्न विद्धानहरुले बताएका छन् । प्राध्यापक सिंहका चर्चित पुस्तकहरु मध्ये क्राइसिस अफ सोसलिज्म, माक्र्सवाद सोसलिज्म, इन्डियन पोलिटिक्स, रिजन रिभोेल्युशन एण्ड पोलिटिकल थ्योरी आदि रहेका छन् ।
प्रतिकृया लेख्नुहोस्: