Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बागलुङमा ‘सर्वोत्कृष्ट गुरु’ छान्न मतदान

\"Matadan\" बागलुङ । जिल्लाको अमरभूमिस्थित जनप्रेम उच्च माध्यमिक विद्यालयका विद्यार्थीले मतदानबाट वर्षको ‘सर्वोत्कृष्ट गुरु’ छनोट गरेका छन् ।

कक्षा ४ देखि १० सम्म पढ्ने २६४ विद्यार्थी मतदानमा सहभागी बनेको विद्यालयले जनाएको छ । कुल खसेको मतमध्ये ११६ मत ल्याएर मावि शिक्षक गोविन्दप्रसाद गौतम विद्यालयको १०औँ ‘सर्वोत्कृष्ट गुरु’ बन्न सफल भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी भीमकुमारी घर्तीले १०८ मत प्राप्त गरे छ । निर्वाचन अधिकृत तथा अमर उच्च मावि बिहुँ स्रोतकेन्द्रका स्रोतव्यक्ति पूर्णप्रसाद ढुङ्गानाका अनुसार ‘सर्वोत्कृष्ट गुरु’ का उम्मेदवार शिक्षक राजुप्रसाद अधिकारीले २० र स्वस्तीका शर्माले १९ मत प्राप्त गरे । कुल खसेको मतमध्ये एक मत बदर भएको थियो ।

यो वर्षको ‘सर्वोत्कृष्ट गुरु’ बन्न सफल गौतम जिल्लाको हरिचौर गाविसका बासिन्दा हुन् । गौतमले विगत दुई दशकदेखि जनप्रेम उच्च माविमा अध्यापन गराउँदै आएका छन् ।  “कक्षा कोठाभित्रको सिकाइ वातावरणलाई थप प्रभावकारी बनाउन यसले प्रेरित गरेको छ, जिम्मेवारी थपिएको महसुस गरेको छु”– ‘सर्वोत्कृष्ट गुरु’ घोषित शिक्षक गौतमले भने ।

विद्यार्थीलाई बुझाउन सक्ने क्षमता, विद्यार्थीको जिज्ञासाको उचित सुनुवाइ गर्ने, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउने, नियमित विद्यालय आउने, समयको पालना गर्ने, नियमित पोसाक लगाउने आधारमा छनोट समितिले मनोनयन गरेका चारजना शिक्षकलाई विद्यार्थीले गोप्य मतदान गरेका थिए ।

शिक्षकलाई शिक्षण सिकाइप्रति उत्तरदायी बनाउन २०६२ सालदेखि विद्यालयमा ‘सर्वोत्कृष्ट गुरु’ छनोट गर्दै आएको विद्यालयका प्रधानाध्यापक नइन्द्रबहादुर गुरुङले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending