Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

जनयुद्धदेखिको सम्बन्ध विस्तारका लागि भारत गएँ : भट्टराई

ललितपुर, भारत भ्रमणबारे अनेक टिप्पणी आएपछि एमाओवादी नेता डा. बाबुराम भट्टराईले अहिले अनलाइन मिडियाका केही पत्रकारसँग भेट गरिरहेका छन् । भारतीय पक्षलाई नेपालमा निम्त्याएको भन्दै भट्टराईविरुद्ध सामाजिक संजाल र राजनीतिक दलका नेताले समेत टिप्पणी आएपछि भट्टराईले जनयुद्धदेखि  अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ आयाम दिन भारत गएको बताएका छन् । ‘जनयुद्धकालमै मेरो नेतृत्वमा बनेको समानान्तर सरकार र पार्टी अध्यक्षको तर्फबाट चिठी लेखेर अन्तर्राष्ट्रिय सम्बन्ध सुरु गरेका थियौं ।’ भट्टराईले भने, ‘त्यसैको निरन्तरतमा भारत गएको हुँ । अहिले भारत र नेपालका मिडियामा बोलेका कुरा त्यही सन्दर्भका हुन् ।’ साथै, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति हुँदा पार्टी काम छोडेर सहमतिका लागि प्रयत्न गरे पनि कांग्रेस–एमालेले सहमति गर्न नमानेको आरोप लगाएका छन् । आफूहरु सहमतिका लागि तयार हुँदासमेत एक डेढ महिना अन्यौल बढ्दा १२ बुँदे सहयात्रीको बीचमा अन्यौलता थप बढेको उनले बताए । विगतका सहमतिप्रति सत्तारुढ दल प्रतिवद्ध नभएको उनको भनाई छ । शान्ति प्रक्रियाको मर्म बिर्सिकोले ३० दलीय मोर्चा बनाउनु परेको उनको छ । ‘कांगेस–एमालेले १२ बुँदेदेखि शान्ति प्रक्रियाकोसमेत मर्म बिर्सिएपछि ३० दलीय मोर्चा बनाएका हौं ।’ अहिले शान्ति प्रक्रिया पूरा भए पनि संसदीइ प्रक्रियामा देश फर्कियो भन्ने गलत भएको बताए । ‘शान्ति प्रक्रिया पूरा भएको छ तर, पुरानै संसदीय प्रक्रियामा देश फर्कियो भन्ने कुरा गलत हो ।’ भट्टराईले भने, ‘हामी नयाँ मूलधार सिर्जना गर्ने सहमतिका लागि शान्ति प्रक्रियामा आएका हौं ।’ ओली बिरामी र प्रधानमन्त्रीका आग्रहमा ३० फागुनको समय दियौं प्रधानमन्त्रीको आग्रह र एमाले अध्यक्ष केपी ओली बिरामी परेका कारण ३० फागुनसम्म आन्दोलनका कार्यक्रम घोषणा नगरिएको पनि उनले प्रष्ट्याए । ‘हिजो दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारीसाथ मोर्चाको बैठकमा पुगेका हौं । तर यस बीचमा केपी ओलीजी बिरामी हुनुभएको छ ।’ उनले भने, ‘प्रधानमन्त्रीजीले पनि केही समय पर्खनुस् भन्नुभयो । त्यसैले यो महिना भरी पर्खने निर्णय भएको हो ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending