एमाले सम्बद्ध अखिलले क्याम्पस तोडफोड गरेपछि अस्कलमा झडप
फाल्गुन २८ गते, २०७१ बुधवार 11th March, 2015 Wed१०:०१:१४ मा प्रकाशित
काठमाडौं, काठमाडौंको अस्कल क्याम्पसमा एमाले निकट अनेरास्ववियुले आयोजना गरेको प्रविधि सम्बन्धि कार्यक्रममा भाग लिन पुगेका विद्यार्थी दोहोरो झडपको चपेटामा परेका छन् ।
प्रविधि कार्यक्रम छ भनि विद्यर्थीहरुलाई निम्त्याएको अखिलले जम्मा भएका विद्यार्थी लिएर क्याम्पस चिफको कुर्सी जलाउनुको साथै क्याम्पसमा तोडफोड गरेपछि प्रहरी र अखिलबिच झडप भएको प्रत्यक्षदर्शी विद्यार्थीले खबरडबलीलाई बताए ।
सोमबार अनेरास्ववियु क्रान्तिकारी र एमाले निकट अखिलका बिचमा सामान्य विवादका भएको थियो । अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष तिलकका अनुसार विना कारण एमाले सम्बद्ध अखिलले क्याम्पस चिफ राजेश माहाजुलाई कार्यकक्षमा थुनेपछि विवाद बढेको बताए ।
[caption id=\"attachment_6227\" align=\"alignleft\" width=\"300\"] एमाले सम्बद्ध अखिलका कार्यकर्ता तोडफोड गर्दै[/caption]
सोही विवाद देखाई अखिलले क्याम्पसभित्र तोडफोड सुरु गरेपछि माओवादी निकट अखिल क्रान्तिकारीका ३ वटै संगठन ‘अखिलको गुण्डागर्दी बन्द गर’ भन्ने नारावाजी सहित क्याम्पस प्रबेश गरेका छन् ।
स्थितिलाई नियन्त्रण गर्न प्रहरी बिचमा बसेको छ भने दुबैतिरबाट एकअर्का विरुद्ध नारावाजी भयाे ।
एमाले सम्बद्ध अखिलले क्याम्पस क्षेत्रको सडकमा चक्काजाम गरेपछि केहीबेर त्यो क्षेत्र सवारी आवागमन अवरुद्ध भएको थियाे । अहिले प्रहरीको सक्रियतामा स्थिति नियान्त्रणमा आएको छ । अखिल क्रान्तिकारीले कोणसभा गर्दै कार्यक्रम सकाएको छ भने एमाले सम्बद्ध अखिल लाखापाखा लागिसकेको जानकारी प्रहरीले दिएको छ ।
[caption id=\"attachment_6226\" align=\"alignnone\" width=\"300\"] एमाले सम्बद्ध अखिलका कार्यकर्ताले क्याम्पस चिफको कार्यकक्ष तोडफोड गरेपछि[/caption]
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: