Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

‘पर्वतीय पर्यटन’ अध्ययनको आकर्षण बन्दै पर्वतीय सङ्ग्रहालय

\"1456650426089_HB-Pkr-Museum-750\" पोखरा । पोखरा उपमहानगरपालिका–१७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्वतीय पर्यटन अध्ययन गर्ने अध्येताका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । नेपाल पर्वतारोहण सङ्घको ११ करोड ३० लाख ४८ हजार ८५० रुपैयाँको लागतमा कुल एकसय रोपनीमा फैलिएको परिसरको करिब छ रोपनी आठ आना क्षेत्रफलमा निर्माण सम्पन्न भई २०६१ साल माघदेखि सञ्चालनमा आएको यो सङ्ग्रहालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट विभिन्न अध्येता अध्ययन तथा अनुसन्धानका लागि आउने गरेका छन् । पर्वतीय पर्यटनका विभिन्न पक्षको प्रत्यक्ष रुपमा जानकारी पाउनसक्ने किसिमले सङ्ग्रहालयमा धेरै पक्ष समेट्ने प्रयास गरिएको सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले बताए । उका अनुसार हिमालैहिमालको देशका रुपमा परिचित नेपालमा आठ हजारभन्दा बढी उचाइ भएका १४, सात हजार ५०० देखि सात हजार ९९९ सम्मका ४०, छ हजारदेखि छ हजार ९९९ सम्मका ६०३ सहित कुल एक हजार ९१३ वटा हिमचुचुरा रहेका र तिनीहरूको जानकारी एकै ठाउँबाट लिनसक्ने गरी सङ्ग्रहालयमा व्यवस्था गरिएको छ । “एउटै छानामुनि विश्वका उच्च हिमाली शृङ्खलाको यस सङ्ग्रहालयमा जानकारी लिन सकिन्छ,” उनले भने ‘हाल फोटोहरू प्रदर्शन गरिएकामा निकट भविष्यमा नै आठ हजार मिटरभन्दा माथिका सबै हिमशृङ्खलाको आकार आउने गरी नमुना तयार गरिनेछ ।” सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थीलाई ४० रुपैयाँ र सर्वसाधारण नेपालीका लागि ८० रुपैयाँको शुल्क लाग्ने व्यवस्था गरिएको छ । सार्कअन्तर्गतका पर्यटकलाई २०० रुपैयाँ र अन्य देशका पर्यटकका लागि ४०० रुपैयाँ अवलोकन शुल्क निर्धारण गरिएको सङ्घका प्रथम उपाध्यक्ष एवम् सङ्ग्रहालयका संयोजक सन्तवीर लामाले बताए । लामाका अनुसार अहिलेसम्म १२ लाख ३५ हजार ४४० जना सङ्ग्रहालय अवलोकनकर्ताबाट प्रवेश शुल्क स्वरुप १० करोड चार लाख १७ हजार २८ रुपैयाँ आम्दानी भएको छ । विश्वका मान्यता प्राप्त आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा हिमशिखरमध्ये आठ हजार ८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथासहित आठवटा हिमाल नेपालमा पर्दछन् । नेपालमा पर्ने अन्य हिमालमा आठ हजार ५०६ मिटरको कञ्चनजङ्घा, आठ हजार ५१६ मिटरको लोप्से, आठ हजार ४८५ मिटरको मकालु, आठ हजार २०२ मिटरको चोयु, आठ हजार १६७ मिटरको धौलागिरि, आठ हजार १६३ मिटरको मनास्लु र आरोहणको इतिहासमा अग्रणी आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल रहेका छन् । नेपाल सरकारद्वारा गठित पिक प्रोफाइल सब–कमिटीका संयोजकसमेत रहेका आङछिरिङ शेर्पाका अनुसार आठ हजार ५०५ मिटर अग्लो योलुङकाँङ, आठ हजार ४७६ मिटरको कञ्चनजङ्घा साउथ, आठ हजार ४७६ मिटरको कञ्चनजङ्घा सेन्टर, आठ हजार ४१३ मिटरको लोत्से सार र आठ हजारभन्दा माथिको एउटा मात्र ‘भर्जिन’ हिमाल आठ हजार ७७ मिटरको हेलुङखाँङ वयस्टसहित नेपालका थप ६ वटा हिमशृङ्खलाले निकट भविष्यमा मान्यता प्राप्त गर्नेछन् । यी हिमालसहित विश्वका हिमालमा आजसम्म भएगरेका गतिविधि, हिमालका काँठामा बसोबास गर्ने विभिन्न जातजाति, वेशभूषा, संस्कृति, जैविक विविधता, वन्यजन्तु, वनस्पति, खनिज पदार्थको एउटै छानामुनि अध्ययन र अवलोकन गरी भरपूर जानकारी लिन सकिने गरी पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय सञ्चालनमा आएको अध्यक्ष शेर्पाको भनाइ छ । सङ्ग्रहालयमा पर्वतारोहण, पदयात्री, स्किइङ, सिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवम् ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्री प्रदर्शन गरिएको सङ्घका सल्लाहकार डा गणेश गुरुङले बताए । सङ्ग्रहालयमा विश्वकै अग्लो सगरमाथाको चुचुरो र गहिरो इजरायलको डेथ सीबाट ल्याइएको चट्टानकोसमेत अवलोकन गर्न सकिने व्यवस्थाले आन्तरिक तथा बाह्य पर्यटनमा महत्वपूर्ण सहयोग पुग्ने सल्लाहकार गुरुङको धारणा छ । अपाङ्गमैत्री उक्त सङ्ग्रहालयमा पर्वतीय क्षेत्रका बासिन्दा, पर्वत तथा विविध पर्वतीय क्रियाकलाप तथा सहयोगी र सामाजिक गरी चार कक्षमा १२ उपकक्ष रहेको कार्यालय प्रमुख बलप्रसाद राईले बताए । एसियाकै नमुनाका रुपमा रहेको सङ्ग्रहालयमा भारत, पाकिस्तान, चीन, जापान, स्लोभानिया, ताइवान, अस्ट्रेलिया, बेलायत, अमेरिका, इजरायल, दक्षिण कोरिया लगायतका विभिन्न देशका पर्वतीय गतिविधि झल्काउने सामग्रीहरु प्रदर्शन गरिएका छन् । राईका अनुसार विश्वशान्तिको कामनाका साथ विभिन्न मुलुकका ख्यातिप्राप्त हिमाल आरोही, शुभचिन्तक, शुभेच्छुकसहित जापानको हिरोसिमामा सम्पन्न विश्व सम्मेलनमा हिमाल र हिमाली क्षेत्रको सुधारका लागि गरिएको सामूहिक प्रतिबद्धतासहितको हस्ताक्षरसमेत सङ्ग्रहालयमा प्रदर्शन गरिएका छन् । सङ्ग्रहालयको बाहिरी क्षेत्रमा पर्वतीय सङ्ग्रहालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने दावानोर्वु शेर्पा, डा हर्क गुरुङ र कुमार खड्गविक्रम शाहको अद्र्धकदको सालिक निर्माण गरिएका छन् भने मनोरम मनास्लु हिमालको नमूना र कृत्रिम क्लाइम्बिङ वालसमेत निर्माण गरिएका छन् । सङ्ग्रहालयमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गरेको छ । अहिलेसम्म पाँच लाख ९० हजार ८५२ जना विद्यार्थी, तीन लाख ८१ हजार ९६७ जना सर्वसाधारण नेपाली, सार्क राष्ट्रबाट ९२ हजार ६६९ जना पर्यटक र अन्य बाह्य एक लाख ६० हजार ४२५ जना पर्यटकले अवलोकन गरिसकेको तथ्याङ्क छ । सङ्ग्रहालय परिसरबाहिर मात्र घुम्ने प्रयोजनका लागि १० हजार ६४ जनाले अहिलेसम्म टिकट काटेका छन् भने ६४ हजार ७० जना विशेष अतिथिले सङ्ग्रहालयको अवलोकन गरेको देखिएको छ । पछिल्लो समयमा विभिन्न शैक्षिक संस्थाबाट पर्वतीय पर्यटन अध्ययनका लागि स्वदेशी एवम् विदेशी विद्यार्थी आउने क्रम बढेको सङ्ग्रहालयले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies