Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

आन्दोलन र वार्ता सँगसँगै : सचेतक पोखरेल

लहान, २७ फागुन । एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सचिव एवम् पार्टीका सचेतक गिरिराजमणि पोखरेलले ३० दलीय मोर्चाले आन्दोलन र वार्तालाई सँगसँगै लैजाने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ सिरहाले आज बिहान लहानमा आयोजना गरेको पत्रकारसम्मेलनमा सचेतक पोखरेलले आन्दोलन र वार्ता एकअर्काका परिपूरक भएकाले मोर्चाले आन्दोलन र वार्ता सँगसँगै लैजाने बताए । सत्तारूढ दलसँग फागुन ३० गतेसम्ममा सहमति नभए ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गर्नेसमेत उनले बताए । उनले विभिन्न पक्षको आग्रहमा परिणाममुखी र सार्थक वार्ताका लागि मोर्चाले फागुन ३० गतेसम्मका लागि आन्दोलनको कार्यक्रम रोकेकाले सत्तारूढ दल सहमतिका लागि इमान्दार नभए दोस्रो चरणको क्रियात्मक र निर्णायक आन्दोलनको घोषणा गर्ने बताए । आन्दोलनका सहयात्री दलबीच न्यूनतम सहमतिका आधारमा संविधानसभाबाटै सङ्घीयतासहितको संविधान बनाउन सत्तारूढ दल इमान्दार भए चाँडै दलबीच सहमति हुने विश्वास व्यक्त गरे । संविधानसभाका अध्यक्षले संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित गर्नु, प्रधानमन्त्रीले पटकपटक वार्ताका लागि आह्वान गर्नु र काँग्रेस, एमालेले संस्थागत रुपमा वार्ताको निर्णय गर्नुले दलबीच वार्ताको वातावरण बनेको उनले दाबी गरे । देश अत्यन्त गम्भीर मोडमा फसेको र नेकपा (एमाले) र नेपाली काँग्रेसका केही नेताका कारण देश मुठभेडतर्फ अगाडि बढिरहेकाले आफूहरु आन्दोलनमा गएको उल्लेख गर्दै जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोह र सीमान्तकृत वर्ग र समुदायको आन्दोलनका क्रममा भएको सहमति सम्झौतालाई स्वीकार गरी संविधान निर्माण गर्नुपर्ने बताए । पहिचानसहितको सङ्घीयता र उत्पीडित समुदायको अधिकार नसमेटिएको संविधानले जनताको समस्या समाधान नहुने बरु द्वन्द्व चर्किने निश्चित रहेको उनको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies