Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

१५ सय पूर्वलडाकू विप्लव माओवादीमा !

क्वालालम्पुर (मलेशिया), माओवादी नेतृत्वको जनमुक्ति सेना, नेपालबाट निवृत्त भई वैदेशिक रोजगारीका लागि मलेशिया पुगेकामध्ये १५ सयभन्दा बढी पूर्वलडाकूहरु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीमा आबद्ध भइसकेको समाचार छ । पूर्वलडाकूहरु मलेशियास्थित नेकपा माओवादीको सहायक संगठन जनप्रगतिशील मोर्चा मलेसियामा सक्रियतापूर्वक आबद्ध भएका हुन् । जनप्रगतिशील मोर्चा मलेसियाले आफ्नो महाधिवेशनको लागि मलेसियाका विभिन्न क्षेत्रमा क्षेत्रीय कमिटी बनाउन सुरु गरेको छ। यसै क्रममा हालै मात्र चारवटा क्षेत्रीय कमिटी बनाएको नेकपा माओवादी प्रवास शाखाका संयोजक धनीराम सिम्खडाले बताएका छन् । सो क्रममा मलका राज्यमा राज्य कमिटी गठन गरिएको छ भने रावाङगमा क्षेत्रीय कमिटी बनेको छ । मोर्चाका सचिव नरेश भट्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमले १५ सदस्यीय  मलका कमिटी निर्माण गरेको छ। सो कमिटीको संयोजकमा गोविन्द महरा र उपसंयोजकमा पुरन बीसी रहेका छन् भने सचिवमा गोविन्द कुँवर र कोषाध्य्क्षमा लोकनाथ तिम्सिना रहेका छन् । कमिटीका सदस्यहरुमा सन्देश तामाङ, गजेन्द्र विष्ट, जनक विष्ट, भीमबहादुर मगर, रामबहादुर बुढा, दीपक बीसी, रतन कार्की विद्रोही चेतन साउद, करन विश्वकर्मा रहेका छन् । यसैगरी रावानग़ क्षेत्रीय कमिटी मोर्चाको संयोजक अनिलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। सो क्षेत्रीय कमिटीको संयोजकमा सन्तोष तामाङ रहेका छन् भने सदस्यहरुमा सिमन बीसी, दलजित श्रेष्ठ, नितेश लामा, शंकर नेपाली, दिनेश रार्इ, कुलदीप रार्इ, रमेश थापा, प्रमोद कान्छा, सागर मगर, भुवन लामा रहेका छन् । यसैगरी केन्द्रीय कमिटीमा सम्भव कुँवर तथा राजन अधिकारीलाई मनोनीत गरिएको छ। मोर्चाले क्वालालम्पुर राज्य कमिटी र मुहार क्षेत्रीय कमिटी समेत गठन गरिसकेको छ । मलेसियामा ५ हजारभन्दा धेरै सक्रिय सदस्य रहेको र हालसम्म २ हजारभन्दा धेरै मोर्चा र पार्टीमा आबद्ध भइसकेको सिम्खडाले बताएका छन् । २ महिना भित्रमा ११ राज्य कमिटीको निर्माण गरिने छ भने २० भन्दा बढी क्षेत्रीयय कमिटी बनाइने योजना रहेको सिम्खडाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy