तपाईंलाई यस्तो भयंकर युद्धको पीडा भोगाउने युद्धको उद्देश्य के हो त ? तपाईंलाई भनेका होलान्(पितृभूमिको भलाइ र रक्शाको लागि हो भनेर । पितृभूमिको रक्शा केलाई भनिन्छ ?अहिले दूर्वल महिलाहरूको काँधले दुई गुणा बोझ खेप्नु परेको छ । संरक्षणको गुञ्जाइस नभएका तपाईंहरू दुःखमय कठीन जीवन भेगिरहनु भएकोछ । तपाईंका बच्चाहरू भोकभोकै जाडोले कठ्याङ्ग्रिएका छन् । तपाईंहरूको टाउको ओत्ने छानालाई भत्काइदिने धम्की डिइएको छ । तपाईंहरूको चुलो चीसो र खली छ । कसैले तपाईंलाई भाइभतिजा तथा उच÷नीचबीच भाइचारा, धनी र गरिबबीचको संघर्षको अन्त्य हुनेबारे भनेका होलन् । ठीक छ । संघर्षको अन्त्य भन्नुको अर्थ त उद्य्मीले तपाईंहरूको ज्याला घटाएको, व्यापारी तथा अविवेकी सट्टेवाजले मूल्य बढाएको तथा जमिन्दारले तपाईंलाई बेदखल गर्ने धम्की दिएकोलाई पो बुझाउने रहेछ । राज्यले तपाईंलाई कङ्गाली बनाउँछ भने बुर्जुवा कल्याण अधिकारीहरूले तपाईंलाई असाध्यै थोरै खोलेको भाग लगाएर कञ्जुस बन्न जोड दिन्छन् । तपाईंलाई यस्तो भयंकर युद्धको पीडा भोगाउने युद्धको उद्देश्य के हो त ? तपाईंलाई भनेका होलान्(पितृभूमिको भलाइ र रक्शाको लागि हो भनेर । पितृभूमिको रक्शा केलाई भनिन्छ ? यसले युद्धद्धारा मारिएका, लङ्गडा, बेरोजगार, माग्ने तथा टुहुरा बनाइएका दशौं लाखको भलाइ भन्ने बुझाउँदैन र ? पितृभूमिको भलाइमा कसले खतरा पुर्याउँछ ? सीमा पारी खडा भएका बर्दीधारी मानिसहरू जसले तपाईंका आफ्ना मानिसहरूले चाहेजस्तो युद्ध कत्ति चोहेका थिएनन्, जसलाई थाहा छैन किन आफैले आफ्ना दाजुभाइहरूको हत्या गर्नु परेको छ ? अहँ, होइन । विशाल जनसमुदायले भोग्नु परेको कठिनाइबाट फाइदा उठाउन खोज्नेहरू तथा दमनमाथि आफ्नो प्रभुत्व कायम गर्न खोज्नेहरूबाट पितृभूमिलाई खतरा पुगेको छ ।
राइफल र तोपहरू, कवचहरू, पनडुब्बी, युद्धपोत उत्पादन गर्नेहरू, जहाज कम्पनीका मालिकहरू एवं सैनिक आवश्यकता सामग्री आपुर्ति गर्ने ढुवानीकर्ताहरूले फाइदा उठाउँछन् ।यो युद्धबाट कसले फाइदा उठाउँछ ? हरेक देशका केवल सानो अल्पसंख्यकले । राइफल र तोपहरू, कवचहरू, पनडुब्बी, युद्धपोत उत्पादन गर्नेहरू, जहाज कम्पनीका मालिकहरू एवं सैनिक आवश्यकता सामग्री आपुर्ति गर्ने ढुवानीकर्ताहरूले फाइदा उठाउँछन् । उनीहरूलाई फाइदा पुर्याउने स्वार्थमा जनताबीच आपसमा यसरी युद्ध भड्काउने घृणास्पद काम हुँदैछ । यो युद्ध केवल पुँजीपतिहरूका लागि मात्र फाइदाजनक छ । जसले ती वस्तुहरूको उत्पादन गर्र्यो तिनैले त्यसलाई उपभोग गर्न नपाएपछि ती केही नभएको बुङ्गा तथा शोषित समुदायको श्रमको संग्रह होइन र ? ती वस्तु किन्न उनीहरू अत्यन्तै गरिब छन् । श्रमिकको पसिनाले यी वस्तुहरूको निर्माण गर्र्यो तथा तिनै श्रमिकको रगतले यी वस्तुको लागि नयोँ विदेशी बजार निर्माण गर्नुपर्ने थियो । पुँजीपतिहरूले जहाँ प्राकृतिक सम्पदाहरू लुट्न तथा अत्यन्तै सस्तो श्रमशक्क्तिको शोषण गर्न चाहन्छन् त्यहाँ उपनिवेशहरू जितेको नौटंकी गरिन्छ । पितृभूमिको सुरक्षा होइन कि बरू यिनै कुराहरूको बृद्धि गर्नु युद्धको उद्देश्य हो । पुँजीवादी व्यवस्था यही चाहन्छ र मानिसले मानिसको शोषण र उत्पीडन नगरी त्यो व्यवस्था टिक्नै सक्दैन् । यो युद्धबाट मजदुरहरूलाई कुनै फाइदा छैन, बरू उनीहरूले आफ्नो सर्वश्व तथा सबैभन्दा प्यारो वस्तुसमेत गुमाउनु पर्ने अवस्थामा आइपुगेका छन् ।
जनताका महिला श्रमिकहरू ! यी कठिन दिनहरूमा, जर्मनी, बेलायत, फ्रान्स तथा रुसका समाजवादी महिलाहरू एकत्रित भएका छन् । तपाईंका कठिनाइ र पीडाहरूबाट तिनको हृदय विचलित भएको छ ।श्रमिकका श्रीमतीहरू, महिला मजदुरहरू हो ! द्वन्द्वरत देशका पुरुषहरूको मुखमा ताल्चा लगाइएको छ । युद्धले तिनको बुद्धि भुटिदिएको छ । तिनको इच्छालाई स्तम्भित तुल्याइएको छ र तिनको अन्तरहृदयलाई कुरुप् पारिएको छ । तर तपाईं महिलाहरूले मोर्चामा रहेका आफ्ना प्रियजनहरूको चिन्ताले ग्रस्त हुँदाहुँदै अझ ठगिनु र कष्ट्समेत सहनु परेको छ भने आफ्नो शान्तिको चाहना तथा युद्ध विरोधी भावना व्यक्त गर्न के पर्खिरहनु भएको छ ? तपाईंहरू के कुरामा हिच्किचाइरहनु भएको छ ? अहिलेसम्म त तपाईंहरू आफ्ना प्रियजनहरूका लागि धैर्य बन्नु भयो । अब भने अपाईंहरूले आफ्ना पति र छोराहरूको लागि केही गर्नैपर्छ । हत्या अति नै भो !
विश्वयुद्धले तपाईंहरूबाट असाध्यै ठूलो बलिदानको माग गरेको छ । तपाईंले दुःखकष्ट सहेर हुर्काउनु भएका छोराहरू, कठीन संघर्षहरूमा तपाईंलाई साथ दिएका श्रीमानहरू तपाईंहरूबाट खोसिएका छन् । यि बलिदानको तुलनामा अन्य सबै बलिदानहरू तुच्छ र निरर्थक देखिन्छ ।यो भनाइ धेरैको मुखबाट् निस्किएको छ, लाखौं लाख महिलाहरूले यो कुरा उठाएका छन् । ती सुरुङ्गहरूमा यो प्रतिध्वनित भइरहेको छ जहाँ जनताका छोराहरूको विवेक यो हत्या विरुद्ध उत्तेजित भएको छ । जनताका महिला श्रमिकहरू ! यी कठिन दिनहरूमा, जर्मनी, बेलायत, फ्रान्स तथा रुसका समाजवादी महिलाहरू एकत्रित भएका छन् । तपाईंका कठिनाइ र पीडाहरूबाट तिनको हृदय विचलित भएको छ । उनीहरूले तपाईंहरूलाई आफ्नै र आफ्ना प्रियजनहरूको लागि शान्तिको काम गर्न अनुरोध गरिरहनु भएको छ । जसरी उनिहरूको सोंच लडाइंका मैदानहरू नघ्दै आपसमा मिलेको छ, त्यसरी नै सबै देशबाट तपाईंहरू पनि शान्ति ! शान्ति ! को आवाज उठाउन एकत्रित हुनुपर्छ ।
सम्पूर्ण मानव जातिले तपाईं द्वन्द्वरत देशका सर्वहारा महिलाहरूतिर आशाको नजरले हेरिरहेका छन् । तपाईंहरूलाई वीराङ्गना र मुक्तिदाता बन्ने सौभाग्य प्राप्त भएको छ ।विश्वयुद्धले तपाईंहरूबाट असाध्यै ठूलो बलिदानको माग गरेको छ । तपाईंले दुःखकष्ट सहेर हुर्काउनु भएका छोराहरू, कठीन संघर्षहरूमा तपाईंलाई साथ दिएका श्रीमानहरू तपाईंहरूबाट खोसिएका छन् । यि बलिदानको तुलनामा अन्य सबै बलिदानहरू तुच्छ र निरर्थक देखिन्छ । सम्पूर्ण मानव जातिले तपाईं द्वन्द्वरत देशका सर्वहारा महिलाहरूतिर आशाको नजरले हेरिरहेका छन् । तपाईंहरूलाई वीराङ्गना र मुक्तिदाता बन्ने सौभाग्य प्राप्त भएको छ । एउटै इच्छा, एउटै कर्ममा जुट्नुहोस् । तपाईंहरूका श्रीमान् र छोराहरूले अहिलेसम्म भन्न नसकेका कुरालाई लाखौंलाख स्वरहरूमा एकैचोटि भन्नु होस् । सबै देशका श्रमिक जनताहरू भाइभाइ हुन् । ऐक्यबद्ध जनताको शक्तिले मात्र हत्यालाई रोक्न सक्छ ! समाजवादले मात्र मानव जातिको भावी शान्ति सुनिश्चित गराउन सक्छ । हुनेखाने वर्गको धन तथा शक्तिको लागि जनमहायज्ञ ( ज्भअबतयmद )को बलि चढाउने पुँजीवाद – मूर्दावाद ! युद्ध मूर्दावाद ! समाजवादतर्फ अघि बढौं ! स्रोतः www.marxists.org
प्रतिकृया लेख्नुहोस्: