Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

चीनलाई हराभरा बनाउने दार्शनिक कन्फुसियसः यस्तो छ उनको जीवनी

\"Confucius\"कन्फुसियस छिमेकी देश चीनका एक महान विचारक तथा दार्शनिक थिए । उनको जीवनकाल इसापूर्व ५५१ देखि ४७९ सम्म रहेको विद्धानहरुले बताएका छन् । जिसस क्राइस्टको जन्म हुनुभन्दा करीब ५० वर्ष अघिमात्र चीनको सानतुङ्ग प्रदेशमा कन्फुसियस जन्म भएको मानिन्छ । गौतम बुद्धका समकालिन उनलाई गौतम बुद्धका समकालिनपनि मानिन्छ । गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि इतिहासकारहरूले उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको उल्लेख गरेका छन् । यसबाट गौतम बुद्धकै समकालिनका दार्शनिकका रुपमा कन्फुसियसलाई लिन सकिन्छ । नेपालमा गौतम बुद्धले त्यसबेलाका समाजको परिघटनाको समाधानको लागि नयाँ ज्ञानको खोजिगरिरहे जस्तै चीनमा धार्मिक सुधारलागि दाार्शनिक कन्फुसियस लागिरहेका थिए । त्यस समय चीनमा चाऊ वंशको शासन चलिरहेको थियो । चाऊ शासकहरू कमजोर भएकाले त्यसबेला चीनमा विभिन्न साना–साना राज्यहरू बढेका थिए जुन आपसमा लडाई झगडा गरिरहन्थे। रातदिनको लडाई झगडा युद्धबाट चिनियाँ जनता थकित र दिक्क भइसकेका थिए । त्यसैबेला चीनमा आम मानिसलाई नैतिकता र सत्यताको पाठ पढाउन महान दार्शनिक कन्फुसियसको जन्म भएको मानिन्छ । कन्फुसियस धार्मिकताको आडबाट मानिसले सुख नपाउने निचोडमा पुगे । त्यसपनि उनी धार्मिक सुधारको मार्गमा लागेको बताइन्छ । कन्फुसियसको बाल्यकालः कन्फुसियसको वाल्यकालको नाम कुङ फू च्चू थियो। उनी सानै देखि एकदमै जिज्ञासु स्वभावको भएका थिए । वाल्यकालमै पिताको मृत्यु भएका कारण ज्ञान आर्जन गर्न एकदमै कठीन परेको थियो । १७ वर्षको उमेरमा कन्फुसियसले एउटा सरकारी नोकरी पाएका थिए तर आफूमा भएको ज्ञान तथा दर्शनको कारण उनले यो नोकरीमा धेरै समय रमाउन सकेनन्। उनी नोकरी छोडेर शिक्षण पेशा तर्फ लागे। घरमैं विद्यालय खोलेर विद्यार्थीहरूलाई पढाउन थाले। उनले मुख्यतः इतिहास काव्य र नीतिशास्त्रको शिक्षा दिन्थे। कन्फुसियसले काव्य इतिहास संगीत र नीतिशास्त्रमा पुस्तकहरू पनि लेखेका थिए । मन्त्री पदमा नियुक्तः ५३ वर्षको उमेरमा कन्फुसियस राज्यको एक शहरको शासनकर्ता हुँदै पछि मन्त्रीसम्म भए । मन्त्री भएपछि उनले अपराधीलाई दण्ड दिनुको सट्टा चरित्र सुधार गर्ने तर्फ जोड दिन थाले। आफ्ना शिष्यहरूलाई सत्य, प्रेम र न्यायको सन्देश दिनथाले । सदाचार, विनयी, परोपकारी, र चरित्रवान बन्ने प्रेरणा दिनथाले । आफू भन्दा अग्रजलाई सम्मान गर्नुपर्छ भनि नैतिकताको पाठ सिकाउन थाले । उनी भन्थे ‘अरूलाई त्यस्तो व्यवहार नगर जुन तिमी आफूलाई मन पर्दैन ।’ समय क्रमसँगै चीनमा चाउ वंशको शासन कमजोर बन्दै जान थाल्यो । कन्फुसियसको दार्शनिक विचारले चीनका मान्छेहरूमा राम्रो प्रभाव पार्यो । कन्फ्यूसियसको विचारः उनी व्यवहारिक ज्ञानमा बढि जोड दिन्थे । उनी भन्थे, ‘जे कुरा सुनिन्छ त्यो २० प्रतिशत मात्र याद हुन्छ । जुन कुरा देखिन्छ त्यो ४० प्रतिशत मात्रै याद हुन्छ । जब अभ्यासमै लागिन्छ तब ८० प्रतिशत याद हुन्छ । जीवनमा सफल हुन छ भने अभ्यासमै लाग्नुपर्छ ।’ उनको जोड जीवनमा सफलता प्राप्त गर्नकालागि अभ्यासमै समर्पित भएर लाग्नु पर्छ भन्ने थियो । उनी स्वअनुशासन, राम्रो जीवनचर्या र पारिवारिक सामानजस्यतामा बढि जोर दिन्थे । उनलाई कन्फुसियस सभ्यताकै रुपमासमेत लिइन्छ । उनले एकरूपतामा भन्दा आपसी सौहार्दतामा जोड दिन्थे । कन्फुसियसले टाढाको नातेदारभन्दा नजिकको छिमेकी राम्रो हुन्छ भन्थे । आजपनि चीनले उनकै नीति लागु गरिरहेको बताइन्छ । चीनले सन् १९५० को दशकमा अगाडि ल्याएको पञ्चशीलको सिद्धान्त पनि कन्फुसियस सभ्यताको उपजको रूपमा लिइन्छ । चीनले कुनैपनि नीतिनिर्माण गर्दा छोटो अवधिका लागि ध्यानमा राखी दीर्घकालीन सोचाइ राखेर गर्ने गरेको बताइन्छ । जसको कारण आज चीन दुनियाँको शक्तिशाली राष्ट्रका रुपमा आफ्नो पाइला अघि बढाईरहेको छ । नेपालमा जन्मिएका महामानव गौतमबुद्धको वैज्ञानिक विचारलाई धार्मिकताको आवरणबाट निकालेर नेपालमा लागु गर्ने हो भने कयौं विचार युगयुगान्तर राम्रो हुनेपनि देखिन्छ । तर नेपालमा भने यस्तो प्रयोग हुन सकिरहेको छैन । कन्फुसियसलाई धर्म प्रचारक नभई एक सुधारकमा रुपमा विद्धानहरु ीलन रुचाउँछन् । उनले इश्वरको बारेमा कहिल्यै कुनै उपदेश दिएको पाइँदैन । तर पछि गएर धार्मिक अतिक्रमणसँगै उनलाई पनि मानिसहरुले धर्मगुरु कै रुपमा पुज्न थालेको देखिन्छ । मूलतः कन्फुसियस समाज सुधारक दार्शनिक तथा तत्कालिन समयका महान विद्धान र चिनियाँ शिक्षामा पथ प्रदर्शक थिए । साँस्कृतिक धरोहर : उनको शिक्षाको प्रभाव आजपनि चीनमा विद्धमान छ । उनको नामबाट चीन सरकारले एक शान्ति पुरस्कारपनि स्थापना गरेको छ । उनको जन्म स्थलमा उनकै नाममा स्मारक, मन्दिर र भवनहरु निमार्ण भएका छन् । उनलाई चीनको साँस्कृतिक धरोहरका रुपमासमेत लिइन्छ । यूनेस्कोले विश्व सम्पदा सूचिमासमेत समावेश गरेकोछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies