Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

संस्कृति संरक्षणमा कुमाल समुदाय

नवलपरासी, राज्यले सीमान्तकृत जातिका रुपमा सूचीकरण गरेकाे कुमाल समुदायहरुको पारम्परिक संस्कृति समेत लोप हुँदै गएको छ । सबैभन्दा बढी कुमालहरुको जनसंख्या रहेको नवलपरासीमा याे समुदायको भाषा, पोषाक, कलासंस्कृति, चाडपर्व, पेशा लाेप हुँदै गएपछि स्थानीय संस्कृति संरक्षणमा जुटेका छन् । संस्कृति नै लोभ हुनेभएपछि नवलपरासीका कुमाल समुदायका मानिसहरु संस्कृति रक्षामा जुटेकाे नेपाल कुमाल समाज सुधार समिति नवलपरासीका उपाध्यक्ष दशरथ गोडसरे कुमालले बताए । कुमालका अनुसार कुमाल समुदायको मुख्य पारम्परिक पेशाको रुपमा रहेको माटाका भाँडा बनाउने काम अहिले थाेरैले मात्रामा गर्ने गर्छन् । कुमालको परिचय दिने सेतो र हरियो रंगको महिलाहरुले लगाउने सेतो पटुकी, पुरुषले लगाउने ईस्टकोट, पाउरे नाच, सोरठी झयाउरे गीत एवं नाचसमेत अहिलेका युवा पिंढीमा हराउँदै गएपछि सांस्कृतिक समुह गठन गरी सामुहिक रुपमा नाचिने गित र नाच नयाँ पुस्तालाई सिकाउन थालेका छन् । कुमालको कतिपय चार्डपर्व र संस्कृति थारु जातिसँग त कतिपय संस्कृति पाल्पाली मगर एवं दराई बोटे समुदायसँग पनि मिल्छ । कुमाल समुदायमा गोडसरे, गौरा, राना, हर्दीया, गुरुडगे, तुरिया, पाल्पाली मुखियासहित ४७ प्रकारका जातिहरु रहेका छन् । पछिल्लो समयमा जो जातिका युवाहरु अन्र्तजातीय विवाहसमेत गर्न थालेका छन् । अन्तर्जातीय विवाह बढेपछि सरकारले लोपोन्मुख भने जस्तै कुमाल जातिको पहिचान नै लोप हुने अवस्था आएकोले पहिचानको रक्षाका लागि संगठित हुन थालेको नेपाल कुमाल समाज सुधार समिति नवलपरासीका अध्यक्ष गांधी बहादुर कुमाले बताए । गीत नाचको माध्यमबाट मात्रै कुमालको संस्कृति रक्षालाई सरल र प्रभावकारी तरिकाले संरक्षण गर्न सकिने भएका कारण पहिला संस्कृति संरक्षणका लागि कुमालको पारम्परिक पोशाक लगाई कुमाल भाषामा नै गाईने सोरठी, पाउरे लगायतका गीत, नाच लगायतका सांस्कृितक कार्यक्रमबाट यो अभियान शुरु गरिएको कुमाल संस्कृतिकका जानकार राधिका कुमालले बताइन् । देवनागिरी लिपी नै प्रयोग गर्ने कुमाल जातिको आफनै प्रकारको भाषा रहेको भएता पनि नवलपरासीको नयांबेलाहानी, तमसरिया, प्रसौनी लागाएतका केही गाविसहरुमा रहेका कुमालहरुले आफनो कुमाल भाषामा बोल्ने गर्छन् । तर, जिल्लाको अन्य स्थानमा रहेका कुमालहरुले आपसी बोलचालमा नेपाली भाषा नै प्रयोग गरेको पाईन्छ । जिल्लाका नयाँ बेलहानी, गैडाकोट, सुनवल, तमसरिया, बुलिङटार, प्रसौनी लगायतका गाविसहरुमा कुमाल समुदायको बाक्लो बस्ती रहेको छ । देशभरिमा करिब १ लाख २१ हजार जनसंखया रहेका यो जाति रहेको छ । नवलपरासीमा मात्रै ६० हजार भन्दा बढी कुमालको जनसंख्या रहेको नेपाल कुमाल समाज सुधार समितिको तथ्यांक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies