Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

इरानले महिलालाई ‘बच्चा जन्माउने यन्त्र’ बनाउने तयारी गर्याेः एमनेस्टी

निकोसिया,  इरानमा घट्दो जन्मदरमा सुधार गर्ने लक्ष्यले तयार भएको कानुनको मस्यौदाले महिलालाई ‘बच्चा जन्माउने यन्त्र’ बनाउने र यसले महिलाको अधिकारलाई दशकौँ पछि फकाउने चेतावनी एमनेस्टी इन्टरनेसनलले बुधबार दिएको छ ।

लन्डनमा केन्द्रीय कार्यालय रहेको यस मानव अधिकारवादी समूहले यस सम्बन्धी पहिलो विधेयकलाई संसदले पारित गरिसकेको र त्यसले महिलालाई परिवार नियोजनका सामग्री प्राप्त गर्न बाधा उत्पन्न गराउने र यसका कारण महिला गैरकानुनी रूपमा गर्भपतन गर्न वाध्य हुने दाबी गरेको छ ।

यस संस्थाले दोस्रो कानुनी मस्यौदाले महिलालाई बालबालिका जन्माउन नसक्ने बनाउने नोकरी छनौट गर्न प्रतिबन्ध लगाउने उल्लेख गरेको छ । यस्तो कानुन आउँदो महिना संसदमा प्रस्तुत हुने बताइएको छ ।

एमनेस्टीका लागि मध्यपूर्व तथा उत्तर अफ्रिकाका उपनिर्देशक हासिबा हज सहरौइले प्रस्तावित विधेयकले विभेदकारी अभ्यासका लागि स्थान दिने र त्यसले महिला तथा बालिकाको अधिकार दशकौँ अघिको अवस्थामा पुर्याउने बताए ।

उनले अधिकारीहरूले महिलालाई उनीहरूको प्रमुख अधिकारबाट वञ्चित गर्ने र उनीहरूलाई मानवको रूपमा भन्दा पनि बच्चा जन्माउने मेसिनको रूपमा हेर्ने खतरनाक संस्कृतिलाई प्रवर्धन गरिरहेको आरोप लगाए । उनले यस कानुनले महिलाको आफनो जीवन तथा शरीरमाथि उनीहरूकै छनौटको अधिकार उल्लङ्घन गर्ने पनि दाबी गरे ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले इरानको जनसङ्ख्यालाई ५० वर्षमा दोब्बर बनाउन आग्रह गर्नुभएपछि मस्यौदा विधेयक आएको बताइएको छ ।

इरानीका अधिकारीहरूले हाल यस मुलुकमा प्रौढ जनसङ्ख्या बड्दो रहेकोमा चिन्ता व्यक्त गरेका छन् । हालै राष्ट्रिय जन्मदर्ता संस्थाका अधिकारी मोहमद नाजेमी अर्देकानीले आउँदो ३० वर्षमा यहाँ जनसङ्ख्या वृद्धिदर शून्य हुने चेतावनी दिएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending