Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

भैरहवामा बृहत नगरस्तरीय सरसफाई अभियान सुरु

\"IMG_20160313_070610\" भैरहवा ।सिद्धार्थनगर नगरपालिका कार्यालय,रुपन्देहीको आयोजनामा आइतबारदेखि भगवान गौतमबुद्धको जन्मभुमि लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर,भैरहवामा बृहत नगरस्तरीय सरसफाई तथा जनचेतना अभियान सुरु भएको छ। पाँच दिनसम्म सन्चालन हुने सरसफाई अभियानको व्यवस्थापिका संसदका सदस्य आदित्य नारायण कसौधनले उदघाटन गरेका हुन ।अभियानमा उद्योग व्यापार संगठन रुपन्देही,होटल तथा रेस्टुरेन्ट व्यवसायी संघठन रुपन्देही,लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर,नेपाल ग्रामीण विकास केन्द्र,महिला स्वास्थ्य स्वयंसेविका सिनपा १२,नेपाल पिछडा वर्ग महासंघ रुपन्देही,सिविन नेपाल,हरियाली नागरिक सचेतना केन्द्र,वडा नागरिक मन्च,सिद्धार्थ सामुदायिक सेवा केन्द्र,ब्रम्हाकुमारी विश्वविद्यालय,युरासिया रेयुकाई सिद्धार्थनगर,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायत विभिन्न नगरवासीहरुको सक्रिय सहभागीता रहेको थियो। फोहोरमैला व्यवस्थापन सम्बन्धि विभिन्न जनचेतनामूलक प्लेकार्ड सहितको उपस्थिति रहेको उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिका कार्यालयका सामाजिक विकास शाखा अधिकृत शेखरनाथ पन्थीले नगर सफा र हराभरा राख्नुपर्ने आह्वान गर्दै माइकिङ समेत गरेका थिए । भैरहवाको देवकोटा चोकबाट सुरु भएको उक्त कार्यक्रम बैंक रोड,मिलन चोक,गल्लामण्डी हुँदै हनुमान मन्दिरमा गएर समापन गरिएको थियो। समापन कार्यक्रममा संसद आदित्यनारायण कसौधनले नगरपालिकाको एक्लो प्रयासले मात्र नगर सफा राख्न नसकिने र त्यसका लागि सम्पूर्ण नगरवासी पनि आफ्नो घर,आगन,टोल तथा सडक सफा राखी नगरलाई फोहोरमैला मुक्त नगरको रुपमा विकसित गर्नुपर्ने कुरामा जोड दिए । उनले नगरभित्रको विभिन्न स्थानमा सार्वजनिक शौचालय समेत निर्माण गरि खुल्ला दिसामुक्त क्षेत्र निर्माण गर्ने अभियानमा नगरपालिका कार्यालय लाग्नुपर्ने बताए । त्यसै गरि सिद्धार्थनगरपालिका कार्यालयका कार्यकारी अधिकृत बिष्णुदत्त गौतमले नगरमा कृयाशिल विभिन्न संघ संस्था तथा नगरवासीहरु स्वतस्फूर्त आएर यसरी अभियानमा सहयोग गरेको भन्दै सम्पूर्ण उपस्थितिलाई धन्यवाद व्यक्त गरे । सरसफाइ अभियान कार्यक्रम चैत १ गते दोस्रो दिन बिजुला मेडिकल बर्मेली टोल देखि लुम्बिनी रण आँखा अस्पताल सम्म,चैत २ गते तेस्रो दिन बेलहिया दसगजा देखि प्रहरी कम्लेक्स टेक्सी पार्क हुँदै कोटहीमाई मन्दिर सम्म,चैत ३ गते चौथो दिन बैंकरोड,नारायण पथ,गल्लामण्डी,नयाँ सडक,बुद्ध चोक तथा लुम्बिनी रोडमा घरदैलो कार्यक्रम र चैत ४ गते पाँचौ अर्थात अन्तिम दिन होटल निर्वाणा देखि मैत्री पथ,मिलन चोक,नारायण पथ बर्मेली टोल,बुद्ध चोक हुँदै लुम्बिनी गेटमा पुगि समापन गरिने नगरपालिका कार्यालयले जनाएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy