Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

मन्त्री एकनाथ पुगेनन्, बेलायती राजकुमार पुगे

\"Harry-at-ktm\" भक्तपुर । गएको बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी घरबार गुमाएका पीडित परिवारको अझै पनि ब्यवस्थापन हुन सकेको छैन । भूकम्प गएको झण्डै एक वर्ष हुन लाग्दा पनि उनीहरुको ब्यवस्थापन हुन सकेको छैन । भूकम्पले घरबास उठेर पालमुनीको बास भएका धेरै पीडितहरु सरकारको आशामा बसेको वर्ष दिन हुन लाग्दा पनि ब्यवस्थापन नभएपछि अधिकांशले आफै बसोबासको जोहो गर्न थालेका छन् । केही आफै ब्यवस्थापन गर्ने हैसियतमै छैनन् । पीडितको ब्यवस्थापन मात्र होइन, पुनःनिर्माण मन्त्रालयको समेत औचित्य नदेखेर, हैसियतबिनाको राजनीतिक दलको जिम्मा लगाएको छ । ब्यवस्थापिका संसदमा एकाध प्रतिनिधित्व भएका धेरै दलहरु सरकारमा छन्, जसमध्येका नेपाल परिवार दलका एकनाथ ढकालले नै पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहकारी तथा गरिबी निवारण मन्त्री रहेका ढकालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री छन् । भूकम्पले ध्वस्त संरचना तथा घरबारविहीन भएका पीडितहरुको ब्यवस्थापन गर्न नसकेको वर्तमान सरकारका पुनर्निर्माण मन्त्री एकनाथ ढकाल पीडितसम्म पनि पुग्न सकेका छैनन् । मन्त्री एकनाथ ढकालसमेत नपुगेको भूकम्पपीडितको पालमुनी बेलायती राजकुमार ह्यारी पुगेर उनीहरुको समस्या बुझ्ने प्रयास गरे । मन्त्रीले पाइला नटेकेको आफू बसेको अस्थाइ पालमुनी ह्यारी आइपुग्दा उनीहरु निकै भावुक भए । ह्यारी आइतबार भक्तपुर, व्यासीस्थित भूकम्पपीडित अस्थायी शिविरमा पुगेका थिए । ‘आफूहरुको समस्याबारे सरकारले एक पटक सोध्नसमेत आएको छैन, के खाएका छौ भनेर, तर बेलायतका राजकुमारले हामीलाई के खाएका छौ भनेर सोध्न आइपुगे ।’ १४ वर्षीय पुरुषोत्तम सुवालले भने ।  ह्यारीले पीडितहरुलाई पालमुनी कहिलेसम्म बस्ने, कहिले घर बनाउने, घर बनाउनेबारे के योजना छ भनेर सोध्दा पीडितहरु नाजवाफ भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies