Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

जन्मदिनमा सभाध्यक्षलाई नयाँ गाडी

काठमाडाैं, दलका नेता, सभासद् र संचारकर्मीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई उनकै कार्यकक्ष सिंहदरबारमा बिहीबार ६३ औं जन्मदिनको शुभकामना दिइरहँदा पुरानो प्रतिनिधिसभा भवन अगाडि एक कर्मचारी नयाँ गाडीको पूजा गरिरहेका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–२०६२/६३ को जनआन्दोलनपछि पुनस्थापित संसददेखि दोस्रो संविधानसभासम्म निरन्तर सभामुख सभाध्यक्ष रहेका नेम्वाङका लागि ८ वर्षपछि संसद सचिवालयले नयाँ गाडी उपलब्ध गराएको हो । १५ वर्ष पुरानो गाडीमा बारम्बार बिग्रने समस्या आएपछि नेम्वाङले नै नयाँ गाडी उपलब्ध गराइदिन सरकारसँग माग गर्दै आएका थिए । तर, सरकारले यसपटक गाडी होइन रकम नै उपलब्ध गराइदियो । पैसा नै दिएपछि बल्ल नयाँ गाडी किनेको सचिवालयका सचिव ठाकुरप्रसाद बरालले बताए । ‘सभामुखका लागि वर्षैपिच्छे गाडी किन्ने कुरा हुन्थ्यो । तर, कहिले के कहिले के भएर रोकिएको थियो । १५ वर्ष वर्षे गाडीले राम्रो काम गर्न नसकेपछि यसपटक नयाँ किनियो ।’ बरालले भने । टोयटा कम्पनीको प्राडो गाडी बुधबार नै संसद सचिवालय ल्याइएको थियो । तर, कागजी काम मिलाउने काम बिहीबार सम्पन्न भएकोले पूजा गरिएको हो । दोस्रो चरणमा उपसभामुख ओनसरी घर्ती र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि गाडी किन्ने तयारी संसद सचिवालयले गरेको छ । जन्मदिनको दिन नेम्वाङले कांग्रेस उपसभापति रामचन्द्र पौडेल सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णसहित विभिन्न सभासद्लाई सहमतिका लागि जुट्न आग्रह पनि गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: