Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

राजकुमार ह्यारीले के-के गरे कान्ति बाल अस्पतालमा ४५ मिनेट सम्म

\"harrey-@-kanti-hospita\" काठमाडौँ । बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ बुधबार कान्तिबाल अस्पतालमा गई जलेका बालबालिकाको उपचार गरिने वार्ड वर्न वार्ड पुगेर उपचारत बालबालिकाको अवस्था बारेमा जानकारी लिएका छन् ।

नेपालको पाँचदिने औपचारिक भ्रमणको अन्तिम दिन ३२ वर्षीय राजकुमार ह्यारीले त्यहाँ उपचारत १६ बालबालिका तथा उनीहरुका अभिभावकसँग कुराकानीसमेत गरे । ती बालबालिकामध्ये पाँच बालबालिका गत वैशाखमा गएको विनाशकारी भूकम्पले घर क्षति भएपछि अस्थायी बसोबासमा रहेको अस्पतालमा वरिष्ठ बालचिकित्सक आरपी चौधरीले जानकारी दिए ।

गम्भीर अवस्थामा जलेकी लाजिम्पाटकी आठ महिनाकी सौरभ लामाको स्वास्थ्य अवस्था र उनीको हाल भइराखेको उपचारका बारेमा जानकारी लिएपछि राजकुमार ह्यारी गम्भीर बनेका थिए । हात जलेकी लामाको हाल स्वास्थ्यस्थितिमा सुधार हुँदै गएको बालचिकित्सक चौधरीले जानकारी दिए ।

चिकित्सक चौधरीले जलेको उपचार गर्ने वर्न वार्ड अन्य उपचारका तुलनामा पछि परेको बताउँदै यसलाई नीति निर्माता तथा सञ्चार क्षेत्रले समेत ओझेलमा पारेको बताए । राजकुमार ह्यारीले अस्पतालका चिकित्सक, नर्स तथा बालबालिकाका आफन्तलाई आफ्ना भनाइ सुनाएका थिए ।

करिब २० मिनेटका लागि सयम दिने भनिए तापनि बालबालिकासित भलाकुसारी गर्न मन पराउने राजकुमार ह्यारीले सो वार्डमा ४५ मिनेट समय दिएका थिए । रामेछापबाट शरीरको करिब ३५ प्रतिशत भाग जलि हाल सो अस्पतालमा उपचारत बालिका रोशनी थोलाङलाई राजकुमारले वात्सल्यता देखाउँदै उनका अभिभावकलाई आगोलगायत अन्य पोल्ने वस्तुबाट सजग रहन भनेका थिए ।

राजकुमार ह्यारीले बालबालिकालाई खेलौनासमेत वितरण गरेका छन्। रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies