Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

यी हुन जिब्रो सफा राख्ने ८ उपाय

\"tongue-750\" हामी दिनहुँ दाँत माझ्छौँ । जिब्रोको सफाइमा भने उति ध्यान पु¥याइरहेका हुँदैनौँ । जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ । साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पु¥याउनुपर्छ । १. टङ क्लिनर बजारमा प्लास्टिकका ‘टङ क्लिनर’ पाइन्छन् । ब्रस गरिसकेपछि यसले बिस्तारै जिब्रो सफा गर्नुपर्छ । तर, जोडले रगड्नु भने हुँदैन । २. नुन जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । यसमा ‘एन्टिसेप्टिक’ गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर ब्रसले हल्कासँग ‘स्क्रब’ गर्नुपर्छ । सातामा दुईपटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ । ३.दही खानासँग दही खाने गर्नाले ‘क्यान्डिडा फंगस’का कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र सास पनि शुद्ध हुन्छ । ४.नुनपानी मनतातो पानीमा नुन हालेर सातामा दुईपटक कुल्ला गर्नाले जिब्रो सफा हुनुका साथै यसमा जम्मा भएका ब्याक्टेरियाबाट मुक्ति पाइन्छ । ५.भेजिटेबल ग्लिसरिन मुख सुक्खा हुँदा जिब्रो फोहोर हुने र सास गनाउने गर्छ । यसबाट मुक्ति पाउन बजारमा पाइने भेजिटेबल ग्लिसरिन ल्याएर जिब्रोमा अलिकति हाली ब्रसले हल्का रगडेर मनतातो पानीले कुल्ला गर्नुपर्छ । दिनमा दुईपटक यसो गर्नाले जिब्रो सफा हुनगई यो गुलाबी रङको देखिन थाल्छ । ६.नरिवलको तेल बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक बिहान यसो गर्ने हो भने जिब्रो सफा हुन्छ र सास गनाउने समस्या पनि हटेर जान्छ । ७.घ्यूकुमारीको रस घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोभेराको रस मुखमा लिएर केही बेर राख्ने र केही बेर कुल्ला गरी यसलाई थुकिदिने । त्यसपछि एक चम्चा एलोभेरा जुस पिउने । दुई हप्तासम्म मात्रै यसो गर्नुभयो भने पनि सास गनाउने र जिब्रो फोहोर हुने समस्या हटेको महसुस गर्नुहुनेछ । ८. बेसार बेसारमा ब्याक्टेरियानाशक तत्व हुने भएकाले जिब्रो सफा गर्न यसको प्रयोग गरिन्छ । यसका लागि आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार गरी केही बेर जिब्रो ‘स्क्रब’ गरी कुल्ला गर्नुपर्छ । आधा चम्चा बेसारलाई पानीमा घोलेर कुल्ला गर्नाले जिब्रो सफा भई गुलाबी देखिनथाल्छ । स्रोत स्वास्थ्य खबरपत्रिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: