Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

अपहरित विमानबाट अधिकांश यात्रु रिहा

\"cai8-750\" कायरो  । अपहरित इजिप्ट एयरका अधिकांश यात्रुलाई मुक्त गरिएको समाचार छ । मङ्गलबार इजिप्ट एयरको विमान अपहरण गरिएको थियो । सो विमान अपहरण गरी साइप्रस पु¥याइएको थियो । अपहरित विमानबाट अधिकांश यात्रुलाई रिहा गरिएको पछिल्लो समाचार प्राप्त भएको छ । उक्त विमानमा रहेका चार वा पाँच जना विदेशी नागरिकबाहेक अरुलाई रिहा गरिएको बताइएको हो । विमानको चालक दलका सदस्यहरु भने मुक्त गरिएको छैन । सो विमानमा २१ जना विदेशी यात्रु रहेका थिए । तीमध्ये आठजना अमेरिकी नागरिक रहेका थिए । त्यसैगरी चारजना डच, चारजना बेलायती र एकजना फ्रान्सेली यात्रु रहेका बताइएको छ । इजिप्टेली नागरिक उड्डयन मन्त्रालयले दिएको जानकारीअनुसार सो विमानमा रहेका अधिकांश यात्रुलाई रिहा गरिसकिएको छ । उक्त मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– सो विमानमा रहेका चार वा पाँच जना विदेशीबाहेक अरु सबैलाई रिहा गरिएको छ । उक्त विमानमा जम्मा ८१ जना यात्रु रहेका बताइएको छ । तर यसअघि इजिप्ट एयरले प्रकाशन गरेको विज्ञप्तिमा भने उक्त विमानमा ५५ जनामात्र यात्रु रहेको जनाएको थियो । उक्त विमान इजिप्टको अलेक्जेन्डेरियाबाट उडेको थियो । उडेलगत्तै अपहरणमा परेको सो विमानलाई साइप्रसको लार्नाक विमानस्थलमा जबर्जस्त अवतरण गराइएको थियो । यो विमानको अपहरणको कारण भने अझै पनि खुल्न सकेको छैन । अपहरणमा परेपछि त्यस विमानका अपहरणकारीहरुले लार्नाकमा लगी आफ्ना माग राखेका थिए । ती अपहरणकारीसँग इजिप्टको सरकारका अधिकारीहरु र साइप्रसका प्रतिनिधिले वार्तालाप गरेका थिए । त्यसपश्चात यात्रु छोड्न अपहरणकारी सहमत भएको हो । तर उसका मागका बारेमा भने केही बताइएको छैन । इजिप्टका अधिकारीहरुसँगको सहमतिपछि यात्रु मुक्त गर्ने सहमति भएको बताइएको छ । इजिप्टेली प्रहरीले सो अपहरणको बारेमा अनुसन्धान जारी रहेको जनाएको छ । यसको जिम्मेवारी पनि अहिलेसम्म कसैले लिएको छैन । अधिकांश अधिकारीहरुले यस विमान अपहरणको घटना आतङ्कवादीसँग सम्बन्धित भने नरहेको पनि बताएका छन् । रासस÷एपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy