सबै हन्डर र ठक्करका वाबजुत वर्तमान नेपाललाई एउटा निकास दिन सक्ने सक्षम नेता कोही छ भने त्यो प्रचण्ड ।हुन त यो पढिरहँदा तपाईं कत्तिलाई लाग्ला यो मान्छेले चाकडी बजायो । तर जसले जेसुकै अर्थ लगाए पनि घामलाई हत्केलाले छेकिन्न । किनभने १२ बँुदे शान्ति सम्झौतादेखि नयाँ संविधान घोषणासम्म आइपुग्दा यदि कसैले मनैदेखि देश र जनताको भलो सोचेर काम गर्यो भने त्यो प्रचण्डले मात्रै हो । यसकालागि प्रचण्डले आफ्नो सिङ्गो पार्टीलाई खुकुरीको धारमा राखे । त्यही निहुँमा आज पार्टी ६ टुक्रासम्म हुन पुग्यो । तर नेपाली जनताको शान्तिप्रतिको चाहनालाई प्रचण्डले कुठाराघात हुन दिएनन् । जनताले थप द्वन्द चाहेका छैनन् भन्ने कुरा बुझेरै उनले कुनै हालतमा शान्ति प्रकृयालाई संकट आउन दिएनन् । शान्ति प्रकृयालाई एउटा तार्किक निष्कर्षमा पुर्याई छाडे । उनले क्रान्तिलाई बिसर्जन गरेको गद्दारी गरेको जस्ता गम्भिर आरोपसमेत सहयोद्दा कमरेडहरुबाट खानु पर्यो । देशको आजको राजनीति त्यही कारण प्रचण्डको वरीपरि घुमी रहेको छ । तेश्रो पार्टीका नेता भए पनि प्रचण्डको सान पहिलो पार्टीको भन्दा कम छैन । किन भने देशको राष्ट्रपतिका लागि प्रस्ताव प्रचण्डले गरे । प्रधानमन्त्री प्रचण्डले नै बनाए । सभामुख उनको आफ्नै पार्टीको छ । आज देशका छापाहरुको फ्रन्ट पेज कभर प्रचण्डकै समाचारमा केन्द्रित हुन्छन् । राष्ट्रियताको पक्षमा दरिलो अडान प्रचण्डकै छ ।
देशको राष्ट्रपतिका लागि प्रस्ताव प्रचण्डले गरे । प्रधानमन्त्री प्रचण्डले नै बनाए । सभामुख उनको आफ्नै पार्टीको छ ।यति हुँदाहुँदै पनि देश र जनताले सुखद निकास पाउन नसकेको साँचो हो । जनताको आकांक्षा पुरा हुन नसकेको पनि पक्का हो । तर हामी सबैको सार्थक सहभागिताबिना समुन्नति सम्भव हुँदैन भन्ने कुरा हामी सबैले बुझ्नु पर्दछ । सबै भन्दा ठूलो निर्णायक भनेका हामी जनता हौं । हामीले कस्तो राजनीतिक परम्परा बसाल्ने ? कस्ता नेता छान्ने ? त्यसैले हाम्रो वर्तमान र भविस्यको निर्धारण गर्दछ ।
प्रचण्ड भनेका एक साधन मात्रै हुन् । साध्य जनता आफै हुन् । प्रचण्ड एक्लैले चाहँदैमा सुनौलो बिहानी तुरुन्तै अाइहाल्दैन ।प्रचण्ड भनेका एक साधन मात्रै हुन् । साध्य जनता आफै हुन् । प्रचण्ड एक्लैले चाहँदैमा सुनौलो बिहानी तुरुन्तै अाइहाल्दैन । तपाईं हामी सबैको रचनात्मक भूमिकाले मात्रै सार्थक परिवर्तन सम्भव हुन्छ । किनभने तपाईं हाम्रो दर्बिलो साथ पाउँदा मात्र प्रचण्ड खुल्नेछन् । एउटा कुरा ठोकुवा गरेर भन्न सकिन्छ कि जबसम्म जसको विचार उसको नेतृत्व हुँदैन, जबसम्म हामी जनताले प्रचण्डभित्रको असली प्रचण्ड चिन्दैनौं हामी जहाँको त्यहिँ रहने पक्का छ । क. मदन भण्डारीपछि जनपक्षिय नेता हामीले प्रचण्ड पाएकाछांै । तर आफ्नै नाभिमा रहेको सुगन्ध पहिचान गर्न नसकी भड्किरहेको कस्तुरी हामी भैरहेका त छैनौ ?
प्रतिकृया लेख्नुहोस्: