काठमाडौँ । नेपाल पत्रकार महासङ्घको ६१औँ स्थापना दिवसका अवसरमा राजनीतिज्ञको टोली र पत्रकारको टोलीबीच आज मैत्रीपूर्ण फुटबल खेल भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको निर्धारित ६० मिनेटको खेलमा पत्रकारको टोलीले ३–२ गोल अन्तरले जित हात पा¥यो ।
खेल सकिन एक मिनेट बाँकी रहँदा पत्रकार सुन्दर खनालले गोल गरेपछि पत्रकार टोलीको जित सुनिश्चित भएको हो । पहिलो हाफमा पनि उनले नै दुई गोल गरेका थिए ।
पत्रकारका सुदीप बुढाथोकीबाट एक आत्मघाती हुनपुग्यो । त्यस्तै जीवन केसीले अर्को गोल फर्काए पनि राजनीतिज्ञको जितका लागि पर्याप्त भएन ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले राजनीतिज्ञ टोलीको नेतृत्व गरेका थिए भने पत्रकार टोलीको नेतृत्व पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले गरेका थिए ।
युवा राजनीतिज्ञका बाहुल्यता भएको टोलीमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, नेपाली काँग्रेसका नेता गगनकुमार थापा, प्रदीप पौडेल, रामहरि खतिवडा, गुरुराज घिमिरे, नेकपा एमालेका विकास लम्साल, रामकुमारी झाँक्री, नविना लामा, राजीव पहारी, माधव ढुङ्गेल, एनेकपा माओवादीका धर्मशीला चापागार्इं तथा नयाँ शक्ति नेपालका गङ्गा श्रेष्ठलगायत थिए ।
त्यसैगरी, पत्रकार टोलीमा महासचिव उजिर मगर, दिलीप थापामगर, दिल तामाङ, सरस्वती ढकाललगायत थिए । खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री राईले खेलले पत्रकार र राजनीतिक दलबीच आत्मीयता बढाएको प्रतिक्रिया दिए। उनले भने – “आगामी दिन यस्तो मैत्रीपूर्ण खेल आयोजना भइरहनुपर्छ ।”
गृहमन्त्री बस्नेतले धेरै समयपछि फुटबल खेल्दा रमाइलो अनुभव भएको बताए । त्यस्तै युवा नेता थापाले खेल्ने अभ्यास नभएपनि दुवै टोलीका खेलाडीले पूरै अवधिभर डटेर खेलेको बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: