Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

ओबामाको भ्रमणपछि क्युबाली कम्युनिस्ट पार्टीमा अस्वभाविक विवाद

\"obama-and-castro-750\" हवाना । बाराक ओबामाको तीन दिन लामो क्युबा भ्रमण भएको केही दिनपछि क्युबामा सार्वजनिक रुपमा नै पार्टीका उच्च तहका नेताहरुका अभिव्यक्तिलाई लिएर अस्वाभाविक विवाद देखिएको छ । क्युबाले अख्तियार गर्ने आगामी सामाजिक तथा आर्थिक सुधारका विषयमा अनावश्यक ठाउँ र समयमा सार्वजनिक वृत्तमा आएको भन्दै नेतृत्व तहदेखि तल्लो तहसम्म बहसको विषय बन्न पुगेको छ । करिब एक महिना लामो तातो बहसपछि पार्टी नेताहरु एक अर्कालाई आरोप प्रत्यारोप लगाउन थालेको क्युबाको सरकारी पत्रिका ‘ग्रान्मा’ ले सोमबार पहिलो पृष्ठमा विशेष स्थान दिई छापेको एपीले जनाएको छ । क्युबाली कम्युनिष्ट पार्टीको आगामी महिना हुने सम्मेलनसम्बन्धी विषय खुला रुपमा छलफलमा नल्याइएको ग्रान्माले छापेको छ । यसलाई समाजवादको स्थापना गर्ने अभियानमा प्रजातान्त्रिक अभ्यास तथा सार्वजनिक सहभागितामा बहस केन्द्रित भएको पनि सो पत्रिकाले बताएको छ । पार्टीका नेतालाई शान्त पार्न थोरै मात्र भए पनि लेखले योगदान गरेको भन्दै सरकारको बजार केन्द्रित सुधारका विषयमा आगामी दिनमा क्युबाको केन्द्र नियन्त्रित आर्थिक बजार नीतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सार्वजनिक वृत्तमा थप छलफल गर्नुपर्ने भन्दै सम्मेलनलाई सार्नुपर्ने बहस पनि चलेको छ । \"Ministry_of_the_Interior_of_Cuba_with_flag-750\" पार्टीको आरपङ्ती पार्टी नेता तथा बुद्धिजीवी इन्टेवान मोराल्सद्वारा सामाजिक सञ्जालमा लेखिएको ओबामा भ्रमणबारेको अभिव्यक्तिलाई लिएर आक्रोसित भएको थियो । पार्टीको तल्लो तहमा भ्रमणलाई लिएर प्रजातन्त्रका नाममा पार्टी पश्चगामी भएको गुनासो आएको छ । कार्यकर्ता तहमा पार्टीलाई प्रजातान्त्रिक बनाउने भन्दै पार्टीको आधारभूत सिद्धान्तबाट विचलित बनेको आरोप आएको छ । भ्रमणका विषयलाई लिएर कम्युनिस्ट नेता राष्ट्रपति राहुल क्यास्ट्रो र पूर्व राष्ट्रपति फिडेल कयास्ट्रोबीच नै भिन्नता देखिएको छ । राहुल क्यास्ट्रोले अमेरिकी राष्ट्रपति ओबामाले क्युबाली जनतालाई गरेको सम्बोधनमा आएका विचारलाई लिएर फिडेल क्यास्ट्रोले क्युबाली जनता कुनै मुलुकको उपहार नचाहने भन्दै यसै हप्ताको सुरुमा ओबामालाई पत्रद्वारा ओबामाका अभिव्यक्तिप्रति टिप्पणी गरेका थिए । रासस÷एपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies