Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बाग्लुङमा बढ्यो चुनावी सरगर्मी

बागलुङ, उपनिर्वाचनका लागि प्रमुख दलले उम्मेदवार छनोट गरेपछि यहाँको चुनावी सरगर्मी बढेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा चैत २८ गते हुने उपनिर्वाचनका निम्ति प्रमुख राजनीतिक । दलहरुले उम्मेदवार घोषणा गरेपछि विभिन्न अड्कलबाजी समेत सुरु हुन थालिसकेका छन् । उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् भने निर्वाचन आयोगले समेत मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदाता शिक्षालाई व्यापक बनाएपछि बागलुङ जिल्ला निर्वाचनमय बनेको हो । उपनिर्वाचनका लागि कांग्रेसले दिवंगत सभासद हरिबहादुर खड्काकी पत्नी चम्फा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसीलाई उम्मेदवारको रुपमा मैदानमा उतार्ने भएको छ । एकीकृत नेकपा (माओवादी) ले पार्टी प्रवक्ता दिनानाथ शर्मालाई उम्मेदवार बनाएको छ । पूर्व शिक्षामन्त्री समेत रहेका प्रवक्ता शर्मालाई एकीकृत नेकपा माओवादी नेत्तृवको ३० दलीय मोर्चाले समेत साझा उम्मेदवारका रुपमा अगाडि सारेको हो । त्यसैगरी राष्ट्रिय जनमोर्चाले जिल्ला सदस्य नेत्र बुढाथोकीलाई उम्मेदवार बनाएको छ भने राप्रपा नेपालले जिल्ला अध्यक्ष नवीनचन्द्र सर्वजुलाई उम्मेदवाका रुपमा खडा गरेको छ । गत निर्वाचनमा जिल्लाका तीनै क्षेत्रमा बाजी मारेको कांग्रेस उपनिर्वाचन समेत आफ्नो पक्षमा पार्ने दाउमा छ । दिवंगत सभासदकै श्रीमतीलाई उम्मेदवार बनाएर उसले साहानुभूति बटुल्ने अपेक्षा गरेको छ । गत निर्वाचनमा ६ सय मतले पराजित एमाले यस पटकको नतिजा आफ्नो पोल्टामा पार्ने तयारीमा छ । अघिल्लो निर्वाचनमा पराजित भएका हिरा केसीलाई नै उम्मेदवार बनाउनुपर्ने जिल्ला कार्यकर्ताको माग हुँदाहुँदै पनि केन्द्रले मनकुमारी केसीलाई उम्मेदवार बनाएको छ । यद्यपि एमाले आन्तरिक समस्याका बाबजुद जित हात पार्ने अपेक्षामा छ । विगत निर्वाचनमा देशैभर कमजोर नजिता ल्याएको र बागलुङमा समेत तेस्रो स्थानमा रहेको एकीकृत नेकपा (माओवादी) ले यस पटकको उपनिर्वाचन बाजी मार्ने तयारी गरेको छ । पूर्व शिक्षामन्त्री एवम् पार्टी प्रवक्ता शर्माजस्तो ‘हाइ प्रोफाइल’ का नेतालाई उम्मेदवार बनाउने निर्णय एमाओवादीले ३० दलीय मोर्चा समेतको साथ पाएकाले उसको आशा थप बलियो छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: