फाल्गुन २९ गते, २०७१ शुक्रवार 13th March, 2015 Fri१६:३०:४८ मा प्रकाशित
बागलुङ, उपनिर्वाचनका लागि प्रमुख दलले उम्मेदवार छनोट गरेपछि यहाँको चुनावी सरगर्मी बढेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा चैत २८ गते हुने उपनिर्वाचनका निम्ति प्रमुख राजनीतिक । दलहरुले उम्मेदवार घोषणा गरेपछि विभिन्न अड्कलबाजी समेत सुरु हुन थालिसकेका छन् ।
उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् भने निर्वाचन आयोगले समेत मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदाता शिक्षालाई व्यापक बनाएपछि बागलुङ जिल्ला निर्वाचनमय बनेको हो ।
उपनिर्वाचनका लागि कांग्रेसले दिवंगत सभासद हरिबहादुर खड्काकी पत्नी चम्फा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसीलाई उम्मेदवारको रुपमा मैदानमा उतार्ने भएको छ । एकीकृत नेकपा (माओवादी) ले पार्टी प्रवक्ता दिनानाथ शर्मालाई उम्मेदवार बनाएको छ ।
पूर्व शिक्षामन्त्री समेत रहेका प्रवक्ता शर्मालाई एकीकृत नेकपा माओवादी नेत्तृवको ३० दलीय मोर्चाले समेत साझा उम्मेदवारका रुपमा अगाडि सारेको हो ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाले जिल्ला सदस्य नेत्र बुढाथोकीलाई उम्मेदवार बनाएको छ भने राप्रपा नेपालले जिल्ला अध्यक्ष नवीनचन्द्र सर्वजुलाई उम्मेदवाका रुपमा खडा गरेको छ ।
गत निर्वाचनमा जिल्लाका तीनै क्षेत्रमा बाजी मारेको कांग्रेस उपनिर्वाचन समेत आफ्नो पक्षमा पार्ने दाउमा छ । दिवंगत सभासदकै श्रीमतीलाई उम्मेदवार बनाएर उसले साहानुभूति बटुल्ने अपेक्षा गरेको छ ।
गत निर्वाचनमा ६ सय मतले पराजित एमाले यस पटकको नतिजा आफ्नो पोल्टामा पार्ने तयारीमा छ । अघिल्लो निर्वाचनमा पराजित भएका हिरा केसीलाई नै उम्मेदवार बनाउनुपर्ने जिल्ला कार्यकर्ताको माग हुँदाहुँदै पनि केन्द्रले मनकुमारी केसीलाई उम्मेदवार बनाएको छ । यद्यपि एमाले आन्तरिक समस्याका बाबजुद जित हात पार्ने अपेक्षामा छ ।
विगत निर्वाचनमा देशैभर कमजोर नजिता ल्याएको र बागलुङमा समेत तेस्रो स्थानमा रहेको एकीकृत नेकपा (माओवादी) ले यस पटकको उपनिर्वाचन बाजी मार्ने तयारी गरेको छ । पूर्व शिक्षामन्त्री एवम् पार्टी प्रवक्ता शर्माजस्तो ‘हाइ प्रोफाइल’ का नेतालाई उम्मेदवार बनाउने निर्णय एमाओवादीले ३० दलीय मोर्चा समेतको साथ पाएकाले उसको आशा थप बलियो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: