कलकत्ता । भारतको कलकत्तामा निर्माणाधीन आकाशे पुल भत्किँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । पुल भत्किँदा १५० जना च्यापिएको बताइएको छ ।
उत्तरी कलकत्ताको गणेश टाकिज नजिक बन्दै गरेको आकाशे पुल भत्किएको हो । पुल भत्किएको दृष्य निकै दर्दनाक थियो । च्यापिएकाहरुले हात हल्लाउँदै आफूलाई छिटो उद्धार गर्न आग्रह गरिरहेका थिए ।
पुल भत्किएलगत्तै स्थानीय गैती, बेल्चालगायत घरेलु उपकरणको सहयोगमा र खाली हात उद्धारकार्यमा खटिएको देखिन्थ्यो । केही समयपछि भारतीय सेना घटनास्थलमा पुगेर उद्धार सुरु गरेको थियो ।
पुल भत्किँदा ठूलो विष्फोट भएको जस्तो आवाज आएको स्थानीयले बताएका छन् ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार आकाशे पुल बनाउन हैदरावादको कम्पनि आइबीआरसीएलका पाण्डुरंगले भनेका छन्, ‘यो सबै भगवानको लीला हो ।’
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारमा समवेदना व्यक्त गरेका छन् । केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले तत्काल उद्धार र राहत कार्यमा तिव्रता दिइने बताएका छन् ।
यसैगरी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी आफ्नो चुनावी कार्यक्रम स्थगित गर्दै घटनास्थलमा पुगेकी थिइन् ।
यो घटना हुनुमा उनले राज्यको वामपन्थी सरकारलाई जिम्मेवार ठहर्याएकी छिन् र भनेकी छन्, ‘यो सन् २००९ मा टेन्डर पास भएको थियो । घटनाका दोषिले उन्मुक्ति पाउँदैन ।’
घटनाको जाँच गर्न सरकारले आदेश दिएको छ र घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख, घाइतेहरुलाई तीन लाख तथा सामान्य घाइते भएकाहरुलाई एक लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: