Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

भारतलाई हराउँदै वेष्टइण्डिज टि–२० विश्वकप क्रिकेटको फाइनलमा

\"Westindies-vs-india\"काठमाडौं । विश्वकप टि–२० क्रिकेटमा भारतलाई पराजित गर्दै वेष्टइण्डिज फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा वेष्टइन्डिजले घरेलु टिम भारतलाई ७ विकेटले हरायो ।

आइतबार हुने फाइनल खेलमा अब वेष्टइण्डिज र इग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

१९३ रनको लक्ष्य पाएको वेष्टइन्डिजलाई अन्तिम ३ बलमा २ रन आवश्यक परेकाबेला आन्द्रे रसेलले छक्का प्रहार गरी जित सुनिश्चित गरे ।

वेष्टइन्डिजको जितमा सिमोन्सले अविजित ८३ र रसेलले ४३ रन योगदान गरे । जोन्सन चार्ल्सले ५२ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको रन बनाउन सकेनन् ।

भारतका लागि विराट कोहली, आशिस नेहरा र जसप्रितले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा जम्मा २ विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।  भारतका लागि उत्कृष्ट पारी खेलेका बिराट कोहलीले ११ चौका र १ छक्काको मद्धतमा सर्बाधिक ८९ रन बनाए ।

ओपनर रोहित शर्मा र अजेन्का रहाणेले पहिलो विकेटका लागि ७ दशमलव २ ओभरमा ६२ रन बनाए । शर्माले ३१ बल खेल्दै ३ चौका र ३ छक्कासहित ४३ रन बनाए । यस्तै रहाणेले ३५ बलमा ४० रन बनाएर आउट भए । यसअघि ४६ बल खेलेका कोहलीले १० चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान महेन्द्र सिंह धोनीले १५ रन बनाए ।वेष्टइण्डिजका लागि आन्द्रे रूसेल र सामुल बाड्रेले १-१ विकेट लिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy