Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भारतले नेपालमाथि फेरि यसरी खेल्दैछ खतरनाक खेल

\"nepal_india_flag\"काठमाडौं । संविधानसभाबाट संविधान बनाउँदा नाकाबन्दी गर्दै नेपालमाथि मानवीय संकट निम्त्याएर केही खुकुलो बनाएको भारतले फेरि संविधान अपुरो भएको भन्दै  नेपालमाथि खतरनाक खेल खेल्ने नीति लिएको छ । नेपालका राजनीतिक दलहरुले वर्षौको पीडा, छटपटि र अभ्यासपछि बल्ल संविधान बनाए पनि नजिकको छिमेकी भारतले संविधानको स्वागत गरेन । संविधान ल्याएकोमा बधाईका सामान्य मर्यादा शब्दमा व्यक्त गर्न सकेन । गर्यो तर भूकम्पले पीडाले थलिएका नेपालीमाथि झण्डै पाँच महिनाको निर्मम नाकाबन्दी गरे पनि नेपालीहरुले पीडाकाबीच पाँच महिना झेल्न पुग्यो । पछिल्ला दुई महिना नाकबन्दी खुकुलो भएर जनजीवन सामान्य बन्दै गर्दा भारतले फेरि नेपालको संविधान अपुरो र अधुरो रहेको भन्दै युरोपियन युनिएनसँग संयुक्त विज्ञप्ती निकाल्दै नेपालको सार्वभौमिकतामाथि फेरि खेल्न खोजेको छ । भारत एक कदम पछाडि हटेको जस्तो गरेर नेपालमा आफ्ना स्वार्थ समूहमार्फत फेरि खतरनाक खेल खेल्दै छ । जसबाट भारत नेपालमा राजनीतिक अस्थिरता निम्त्याएर कहिल्यै पनि शान्ति हुन नदिने गरी डिजाइनमा लागेको छ । नाकाबन्दीको पीडाबाट जुर्मुराउँदै  गरेको नेपाली  जनजीवन फेरि प्रभावित गर्ने गरी भारतले ब्रसेल्समा युरोपियन युनियन (इयु)सँग मिलेर संविधान अपुरो भन्ने वक्तव्य निकाल्नुको पछाडि फेरि मधेस केन्द्रित दलहरुलाई उचाल्दै नेपालमा अस्थिरता निम्त्याउने, नेपाललाई हिन्दु राष्ट्रमा फर्काउने र चीनसँग कुनै पनि व्यापारिकसहित नेपालको हित हुने सन्धी गर्न नदिने भारतको खेल रहेको स्रोतको दाबी छ । आफ्नो स्वार्थका लागि भारतले नेपाल प्रमुख राजनीतिक दलहरुलाई भ्रमणमा बोलाउने र आफ्ना एजेण्डा  लागू गराउने कदमलाई आन्तरिक रुपमा तीव्रता दिएको छ । पछिल्लो समय भारतको भ्रमणपछि प्रधानमन्त्री ओली चीन भ्रमणमा गए र  दीर्घकालीन रुपमा नेपालको हितमा हुने गरी पारवहनसहित विकासका लागि भएका सम्झौता भारतलाई मन परेको छैन । त्यसैले वैकल्पिक सरकारका लागि भारतले राजदुत रञ्जित रेमार्फत कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष प्रचण्डलाई भारत भ्रमणको निम्तो दिएको छ । राजदुत रे भारत गएर फर्केपछि भारतको निम्ता यी दुई नेतालाई सुनाएका थिए । आफ्नो स्वार्थका लागि भारतले यी दुवै नेतालाई आश्वासन दिएको छ । यद्यपी प्रचण्डले आन्तरिक पार्टी काम र भूकम्पपछिको पुनर्निर्माणको काम देखाउँदै भारतको भ्रमण नगर्ने सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पुर्याएका छन् । मोदीले वैकल्पिक प्रधानमन्त्रीका रुपमा हेरिएका देउवालाई पनि भारत भ्रमणको निम्तो दिएका छन् । हिन्दु राष्ट्रका लागि नरम र यो अभियानमा लागेका नेताको झुण्ड बोकेर हिडेका देउवालाई आश्वस्त पार्दै हिन्दु राज्यमा नेपाललाई फर्काउने भारतको चाल छ । तर, देउवाले भारत नजाने भनेका छैनन्  । नवनिर्वाचित सभापति देउवाले पार्टीको आन्तरिक व्यवस्थापन पछि केही समयमा भ्रमणमा आउने सन्देश मोदीसमक्ष पठाएको स्रोतको दाबी छ । पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले पारवाहन लगायतका  दीर्घकालीन रुपमा नेपालका सडक, उर्जा लगायतका क्षेत्रमा सहयोग पुग्ने गरी सम्झौता गरेपछि मोदीले नेपाल रणनीतिमा अवरोधका रुपमा लिएका छन् । त्यसैले उनले तराई मधेसका मुद्दा   अझै सम्बोधन भएको छैन भन्दै मधेसी दलहरुलाई वैशाखदेखि आन्दोलन घोषणा गर्नका लागि उत्प्रेरित गरेको स्रोतका दाबी छ । सीधै उत्प्रेरित गर्दा हस्तक्षेप देखिने भएकोले मोदीले युरोपियन युनियनको साथ लिंदै मधेसी दलमा असन्तुष्टी बढाउने काम गरेका छन् । मधेस केन्द्रित दलहरुले वैशाखदेखि फेरि आन्दोलन गर्ने भाषण गर्दै हिड्नुमा भारतको आड र आर्शिवाद भएको स्रोतको दाबी छ । मधेसी दलहरुले आन्दोलन गर्छौ भन्नु र मोदीले संविधान अपुरो छ भन्दै फेरि समयसीमा तोक्नु संयोगमात्र नभएर योजनावद्ध भएको बुझ्न गाह्रो छैन । सहज हुँदै गएको इन्धन आपुर्ति पछिल्लो समयमा नियमित नहुनुका पछाडि आन्दोलन हुने संकेतका रुपमा देखिएका छन् । मधेसी दलहरुको माग बमोजिम जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समावेशीत समानुपातिकतालाई संविधान संसोधन गरी स्वीकार्ने भइसक्दा पनि भारतले फेरी खेल्न खोजेको हो । आखिर भारत के चाहन्छ ? तराई मधेसमा केन्द्रित रहेर दलहरुलाई एक मधेस प्रदेशको राजनीतिक माग उठाउन लगाएको सतहमा  देखिंदै आएको हो । तर, मधेस प्रदेश भारतको हतियार मात्र हो, उद्देश्य र लक्ष्य होइन । नेपाललाई हिन्दु राष्ट्र बनाउने नै उसको एजेण्डा र लक्ष्य हो । यसैका लागि भारतले देउवा र प्रचण्डलाई निम्ता दिंदै भ्रमण गराउन खोजेको हो । यी दुई नेता अबवका शक्ति भएको बुझ्दै भारतले प्रधानमन्त्रीसहितमा आश्वासन देखाउँदै भ्रमणको निम्तो पनि दिएको बुझिएको छ । देउवाले मानिसकेका छन्, तर, प्रचण्डले भ्रमण नगर्ने बताइसकेका छन् । प्रचण्डलाई अघिल्लो भ्रमणमा पनि यस्तो प्रस्ताव गरिएको थियो । प्रचण्डसमक्ष भारतले बेबी किङको प्रस्ताव पनि गरेको थियो । भारतले हिन्दु राष्ट्रका लागि नेपाल र भारत दुवै देशका हिन्दु अतिवादीहरु भित्री रुपमा तयार गरिरहेको छ । नेपालमा पूर्व राजा ज्ञानेन्द्र र कांग्रेस नेता खुमबहादुर खड्काले राजनीतिक र आर्थिक संरक्षण गरिरहेका छन् । खुमबहादुरसहित नेपालमा कमल थापाहरुले पनि हिन्दु राष्ट्रका लागि अभियान नै चलाउँदै आएका छन् । भारतको हिन्दु अतिवादी  संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरआरएस) छ, जसलाई मोदीको संरक्षण छ । भारतले मधेसी दल र हिन्दु अतिवादीमार्फत नेपाललाई अस्तव्यस्त बनाउने र दीर्घकालसम्म नेपालका स्रोत र साधनमाथि पकड बनाउँदै जाने नीति लिएको छ । नेपालमा राजनीतिक रुपमा स्थायित्व र आर्थिक रुपमा सवल भए यहाँको स्रोत साधनमाथि पकड गुम्ने चिन्ता पनि उसलाई उत्तिकै छ । ज्ञानेन्द्र, कमल थापालाई पटकपटक भारतले बोलाउनको पछाडि यही हिन्दु राष्ट्रको स्वार्थ जोडिएको छ । भारतको नियतप्रति नेपालको कडा आपत्ति भारतले समयसीमा तोकेरै नेपालको संविधान अझै पूर्ण नभएको भन्दै विज्ञप्ती निकालेपछि नेपाल सरकार आक्रामक भएको छ । भारतले आन्दर्भिक कुरा गरेर नेपालको  आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको भन्दै विज्ञप्ती नै निकालेर हस्तक्षेपविरुद्ध बोलेको छ । पछिल्ला दिनमा भारतलसँग सम्बन्ध स्थापित गरेको भन्दै प्रधानमन्त्री ओलीले भाषण गरे पनि चीनसँग उनले सम्झौता गरेपछि भारतले फेरि नेपालमाथि कठोर नीति लिएको हो । भारतको यस्तो रवैयामाथि ओलीले सार्वजनिक कार्यक्रममै विषवमन गरिरहेका छन् । दुई दिन अघि र चितवन र काठमाडौंमा भएको एक कार्यक्रममा ओलीले ‘नेपाल भारतसँग मित्रता कायम गर्न चाहन्छ, छोइछिटो होइन भन्दै’ सम्बन्ध फेरि बिग्रन थालेको संकेत गरेका थिए । आफ्नै संसदीय दलको बैठकमा पनि भारतले इयुसँग मिलेर विज्ञप्ती जारी गर्नु असान्दर्भिक र नेपालमाथि हस्तक्षेपको नीति भएको भन्दै तीव्र आलोचना गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending