बार्सिलोना र रियलबीच बहुचर्चित 'इल क्लासिको' भिडन्त हुँदै
चैत्र २० गते, २०७२ शनिवार 2nd April, 2016 Sat०८:४६:२७ मा प्रकाशित
काठमाडौं । स्पेनिस ला लीगामा आज राती (१२:१५ बजे) बार्सिलोना र रियल म्याड्रिडबीच बहुचर्चित इल क्लासिकोको भिडन्त हुदैछ । लीगमा यी दुई पारम्परिक टोलीबीच हुने खेललाई इल क्लासिको भनिन्छ । पहिलो लेगमा बार्सिलोनाले रियललाई उसकै मैदानमा ४–० गोलले स्तब्ध पारेको थियो । त्यसैले आज बार्सिलोनाको मैदान नोउ क्यमम्पमा हुने यी दुई टोलीबीचको भिडन्तलाई महत्वका साथ हेरिएको छ ।
लीगका ३० खेल सकिंदा बार्सिलोना रियलभन्दा १० अघि अघि छ । बार्सिलोनाको ७६ अंक छ भने रियल ६६ अंकसहित तेस्रो स्थानमा छ । ६७ अंक रहेको एथलेटिको म्याड्रिड दोस्रो स्थानमा छ । त्यसैले लीग दौडमा कायम रहनका लागि रियललाई आजको खेल जित्नै पर्ने दबाब छ । हारले रियलको उपाधिको सम्भावना निक्कै कमजोर हुनेछ । बार्सिलोनामाथि जित निकाल्न सके रियलले बाकी सात खेलमा दबाब बनाउन सक्नेछ । उपाधि होडमा फर्कन बार्सिलोना र एथलेटिकोको दुई चुनौति रियललाई सामना गर्नुछ ।
उता बार्सिलोना भने ३९ खेलसम्म अपराजित छ । आज राती हुने खेल जिते उसको अपराजित खेलको संख्या ४० पुग्ने छ । जुन फुटबल इतिहासमा निक्कै महत्वको विषय पनि हो । पछिल्लो समय क्याटलान टोलीको फर्म पनि निक्कै उच्च छ । मेसी, सुवारेज र नेयमार निक्कै फर्ममा खेलिरहेका छन् । घरेलु र बाह्य मैदानमा यी तीनै फरवार्डले स्कोर गर्दै आफूलाई अब्बल सावित गरिहरको छन् । यद्यपी भर्खरै आ–आफ्नो देशमा विश्वकप छनोट खेलेर आएका यी तीन खेलाडि केही थोका छन् । तर, घरेलु मैदानमा खेल्नुको फाइदा यिनीहरुले उठाउन सक्नेछन् ।
तर, रियल भने पछिल्लो समय घर बाहिर जित्न संघर्ष गरिरहेको छ । रोनाल्डो पनि पोर्चुललमा खेलेर भर्खरै आएका छन् । तर, करिम बेन्जमा र गेराथ बेल यसपटक लयमा फर्कंदा बार्साको टाउको दुखाई बन्न सक्नेछन् । बार्साले अग्रपंक्ति आक्रमक भए पनि उसले आफ्नो क्षेत्रमा खुल्ला भएर खेल्न दिने कमजोरीको रियलले फाइदा उठाउन सक्नेछ ।
छोटा पासमा उत्कृष्ट खेल कौशल देखाउन बार्सा पनि कमजोर भने छैन मेसी, सुवारेज, नेयमारको तालमेल, इनिस्टा, पिके, आल्भेस जस्ता मध्य र रक्षापंक्तिका खेलाडीको उत्कृष्ट फर्मको फाइदा पनि उसलाई छ । सुवारेज (२६ गाेल) रोनाल्डो (२८ गाेल)पछि लीगमा बढी गोल गर्ने खेलाडी हुन् । केही खेल कम खेलेको मेसीले पनि गोल संख्या २२ पुरयाएका छन् ।
एमएसएन (मेसी, सुवारेज र नेयमार) तथा बीबीसी (बेल, बेन्जमा र क्रिश्चियानो)बीचको भिडन्त भएकोले पनि यो खेललाई विश्वभर महत्वका साथ हेरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: