Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

वंशानुगत रोगको सुक्ष्म परिक्षण बैशाखबाट अब नेपालमै हुने

\"scientistकाठमाडौं । सबै किसिमका वंशाणुगत रोगको सूक्ष्म परीक्षण गर्न अत्याधुनिक वंशाणु प्रयोगशाला ९जेनेटिक ल्याब० आगामी वैशाखबाट सुरु हुने भएको छ । वीर अस्पतालले करिब सवा दुई करोडको लगानीमा सुरु गर्न लागेको जेनेटिक ल्याबका सम्पूर्ण आवश्यक मेसिनरी सामग्री आइपुगेको र सामग्री जडानलगायतको आन्तरिक काम सुरु भइरहेको जनाएको छ । अस्पतालले नेपालमै पहिलो पटक सबै किसिमका वंशाणुगत रोग र डिअक्सिराइबो न्यूक्लिक एसिड ९डिएनए० पत्ता लगाउन ल्याब सञ्चालन गर्न लागेको हो । पछिल्लो समयमा वंशाणुगत रोगको सङ्क्रमण तीव्ररुपमा बढिरहेका कारण अस्पतालमा जेनेटिक ल्याब सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले ल्याब सञ्चालन गर्न लागिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का रेक्टर प्रा डा रङ्गबहादुर बस्नेतले जानकारी दिए । सरकारी तवरमा नेपालमै यस किसिमको ल्याब वीर अस्पतालले पहिलो पटक राख्न लागेको हो । उनलेउ भने– ‘अबको समयमा डिएनएमात्र नभएर सबै किसिमका वंशाणुगत रोगलाई सूक्ष्म तरिकाबाट परीक्षण गरी सही उपचार पद्धति अपनाउन जेनेटिक ल्याब उपयोगी हुन्छ । ल्याब सञ्चालन भएसँगै सर्ने वा नसर्ने कुन प्रकारको वंशाणुगत रोग हो भन्ने कुरा छुट्याउन सहज हुनेछ ।’ ‘कसैको परिवारमा वंशाणुगत रोग छ भने परीक्षणपछि त्यो सर्ने वा नसर्ने पत्ता लगाउन सजिलो हुन्छ ’– बस्नेतले भने –‘सर्ने नै किसिमको छ भने परीक्षण गरिसकेपछि रोगलाई न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्न सजिलो हुन्छ ।’ वीर अस्पतालले ल्याब सञ्चालन गर्न जेनेटिक एकाइमा कार्यरत वंशाणुगत रोग विशेषज्ञ डा नीलम ठाकुर र दुई जना ल्याब प्राविधिकलाई श्रीलङ्काबाट तालिमसमेत उपलब्ध गराइसकेको छ । अस्पतालले अन्य आवश्यक जनशक्ति तयार गर्दै जाने बताएको छ । वंशाणुगत रोगका विषयमा अध्ययन गर्ने डा ठाकुर नेपालकै पहिलो चिकित्सक हुन । वीर अस्पतालका निर्देशक डा स्वयम्प्रकाश पण्डितका अनुसार विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा ल्याब सञ्चालन गर्न लागिएको हो । वीर अस्पतालले जेनेटिक ल्याब सुरु गरेसँगै परीक्षण शुल्क पनि निकै सस्तो हुने डा बस्नेतको भनाइ छ । उनले विदेशमा जेनेटिक परीक्षण कम्तीमा १२ हजारबाट सुरु हुने भएकाले नेपालमा यो सेवा सुरु भएपछि त्यसको आधा शुल्क लाग्ने बताए । ल्याब स्थापनासँगै परीक्षणका लागि विदेशमा गएर खर्च र रकमको पनि बचत हुनेछ भने नेपालमा जेनेटिक ल्याब नहुँदा वार्षिक करोडौँ रुपैयाँ विदेशिने गरेको छ । के हो जेनेटिक ल्याब ? जेनेटिक ल्याब क्रोमोजोमभित्र रहेका जिनलाई सूक्ष्म तरिकाले अध्ययन गर्ने ल्याब हो । यो परीक्षण भएपछि कुनै वंशाणुगत रोग छ भने सर्छ वा सर्दैन र सर्ने भए कति प्रतिशतसम्म सर्ने सम्भावना रहन्छ भन्ने कुराको पहिल्यै जानकारी पाउन सकिन्छ । डा बस्नेतका अनुसार कतिपय प्रकारका क्यान्सर पनि सर्छ वा सर्दैन भन्ने कुरा ल्याबपछि पत्ता लाग्छ । जेनेटिक रोगका ३५ हजार प्रकार हुन्छन् । यो रोग पत्ता लागेपछि यसको उपचार वा रोकथाम गर्न सजिलो हुन्छ । यसरी ल्याबबाट मानिसमा वंशाणुगत रोगको जिन छ कि छैन भनी पत्ता लागेमा समयमै सर्तक हुन र उपचार पद्धतिमा जान सकिने डा बस्नेतको भनाइ छ । नेपालमै ल्याब सञ्चालनमा आएपछि छिटो उपचार हुने र कम खर्च भए पुग्ने यो रोग पत्ता लागेपछि चिकित्सकलाई सही सल्लाह र उपचार दिन सजिलो हुने विश्वास लिइएको छ । यसअघि विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले रगतको माध्यमबाट डिएनए मात्र परीक्षण गर्दै आएको थियो तर वंशाणुगत रोगको सूक्ष्म परीक्षणका लागि नेपालमा कुनै ल्याब नभएका कारण भारतलगायत विभिन्न देशमा पठाइने गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy