Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

आफैमाथि ढुंगाहान्नेलाई महाराज रणजीतसिंहको यस्तो न्याय ? एक प्रेरक प्रसंग

\"ranajitएकपटक महाराज रणजीतसिंह हात्तिमा बसेर घुम्नका लागि निस्किए । उनी रमाइलो दृश्यवलोकन गरि बाटामा जाँदैथिए । उनी जाँदै गरेको बाटाकै एक ठाँउमा केही कोटाले ढुंगा हानेर पाकेको बेल झारिरहेका थिए । उनीहरु जोडतोडले ढुंगा हिर्काएर बेल झार्ने प्रयत्न गरिरहेका थिए । संयोगले उनीहरुले हानेको एउटा सानो ढंगाले महाराज रणजीतसिंहलाई लाग्यो र ढुंगा धेरै ठुलो नभएकाले उनलाई चोट भने लागेन । महाराजलाई ढुंगाले लाग्न साथ उनको सुरक्षामा खटिएका सिपाहीले ती केटाहरुलाई महाराज रणजीत सिंह सामु पेश गरे । महाराज रणजीतले यस विषयमा आफ्ना मन्त्रीहरुको राय जान्न चाहे । मन्त्रीले भने , ‘महाराज , यसरी बाटामा बसेर जथाभावी ढुंगा प्रहार गर्ने दुष्ट केटाहरुलाई कठोर दण्ड दिनु पर्छ । यिनले यसरी रुखमा ढुंगा प्रहार गर्दा अरुलाई नै लाग्न पनि सक्थ्यो , उनीहरु घाइते पनि हुन सक्थे । अहिले महाराज स्वयं पनि झण्डै घाइते हुनु भएको थियो । मन्त्रीसँग सल्लाह लिईसकेपछि महाराजले सोधे , ‘यी केटाहरु के गरिरहेका थिए ? , ‘ सरकार यिनीहरु रुखमा ढुंगा हानिरहेका थिए , सिपाहीले जवाफ दिए । महाराजले फेरि सोधे , ‘रुखमा ढुंगा हानिरहेका थिए रे ! किन के को लागि ? ’ सिपाहीले फेरि जवाफ दिए , ‘ सरकार यिनीहरु पाकेको बेल झार्न त्यसरी ढुुंगा प्रहार गरिरहेका थिए । सिपाहीको कुरा सुनिसकेपछि केही क्षण चुप लागेर महाराज रणजीतसिंहले भने , ‘रुखले ढुंगाको चोट खाएर पनि मीठो फल दिन्छ भने म यी कलिला केटाहरुलाई कसरी दण्ड दिउँ । म मानिस भएर पनि त्यो रुख जति उदार हुन सक्दिन र ? यी सिधासाधा बच्चाहरुलाई छोडिदेउ र यिनिहरुलाई पेटभरि फलफुल खुवाउनु । किनकी , यी बिचरा त्यही फल खानका लागि ढुंगा हानिरहेका थिए । ’ महाराज रणजीतसिंहको आज्ञाको पालना तुरुन्तै गरियो । पेटभरी फल खान पाएपछि केटाहरु दंग पर्दै आआफ्ना घरतिर गए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: