Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कब्जियत रोगबाट बच्ने ७ घरेलु उपाय

\"girl-on-couch-in-pain-750\"कब्जियत साझा स्वास्थ्य समस्या हो । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ । सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन् । कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन् । विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ । १.पानी पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो । बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ । तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन । धारा वा कुवाको सफा पानी तताएर वा ‘प्युरिफाई’ गरेर पानी खाँदा कब्जियतको खतरा घट्नुका साथै कब्जियत भइसकेका व्यक्तिलाई पनि धेरै फाइदा गर्छ । २ फलफूल तथा सागसब्जी ताजा फलफूल तथा सब्जी उच्च पोषणयुक्त मात्र होइन, त्यसमा प्रशस्त फाइबर र तरल पदार्थ हुन्छ । यो हाम्रो समग्र पाचन पक्रियामा फाइदाजनक हुन्छ । तसर्थ, प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियतको सम्भावना हँुदैन र भइसकेको कब्जियत पनि निको हुन्छ । ३.फाइबरयुक्त खाना हामी शरीरलाई चाहिने खानाको सट्टा अन्य अनावश्यक खानेकुरा खाएर पैसाको हिनामिना गरेका हुन्छौँ । तर, त्यही पैसाबाट पोसिलो र शरीरलाई हित गर्ने स्वस्थकर खानाको बारेमा हेक्का नराख्दा हामीले स्वास्थ्यमा ठूलो मूल्य चुकाइरहेका छाँै । जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खााना पोसिलो मात्र होइन कब्जियतका लागि महत्वपूर्ण औषधि नै साबित भएका छन् । ४.गेडागुडी भिटामिन र प्रोटिनयुक्त गेडागुडी र बिउबिजनको नियमित उपभोगले कब्जियतलाई स्वभाविक रुपमै अन्य गरिदिन्छ । ५.उखुको जुस, खुदो र मह कब्जियतका लागि उखुको जुस, खुदो र मह अचुक औषधि हुन् । उखुको जुसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधिको काम गर्छ । ६.अंगुर र कागती उच्च साइट्रस एसिडयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलै मलद्वारमार्फत निष्कासन गरिदिन्छ । थोरै मात्र अंगुर र कागती जुसले पनि यो समस्यालाई तत्कालै समाधान गरिदिन्छ । ७. व्यायाम विज्ञहरुका अनुसार उठबसलगायतको शारीरिक व्यायाय पनि आन्द्रामा रहेको स्टुल फाल्नका लागि उपयुक्त तरिका हो । स्रोत स्वास्थ्य खबरपत्रिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: