Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सफल हुनको लागी त्याग्नुहोस् यी पाँच बानी

\"cryingसफलता प्राप्त गर्न सबैले चाहन्छन् । सफलताका लागि मेहनतका साथै केही अन्य कुराहरु जरुरी हुन्छन् । विशेष गरी मानसिक र शाररिक स्वास्थ्यलाई ख्याल पु¥याउनुपर्छ । मान्छे स्वस्थ रहन उसका बानी स्वस्थ हुनुपर्छ । स्वस्थ बानीले मात्रै सफलता दिलाउन सक्छन् । १.असफलता देखी डराउने सफलता सधैँ हात लाग्दैन । असफलता त पाइलैपिच्छे भेटिन्छ । असफलता नै धेरै समय आफूसँग रहन्छ भने किन यो देखि डराउने । त्यसैले असफलतासँग डराएर दिमागमा यसलाई हावी हुन दिने होइन, सानो असफलता आइलाग्दा आफूले कुनै बेला प्राप्त गरेको सफलता सम्झिएर त्यसलाई पचाउने प्रयास गर्नुपर्छ । २. प्राथमिकताकाे क्रम  हामीले जीवनमा ठूलो गल्ती यहीँनेर गर्छौं । आफ्नो तत्कालिन जरुरीलाई वास्ता गरिरहेका हुँदैनौँ । दिमागलाई आफ्नो सबैभन्दा जरुरी कुरालाई सूचिकृत गर्ने बानी बसाइएन भने यसले पनि कुन जरुरी र कुन जरुरी होइन भन्ने कुरा नोट गर्न छाड्छ । जस्तो आफूलाई कुनै काम गर्न मन लागेको छ भने साथीभाईले भोलि गर्दा हुन्छ भन्लान् । हामी मानिदिन्छौं । बिस्तारै यो बानी लाग्छ । यही बानी सफलताको बाधक हुन्छ । दिमाग अरुको अनुसार घुमाउने होइन, सञ्चालन गर्नुपर्छ । ३. दुःख लाग्दा रुने रुनुलाई कमजोरीका रुपमा लिइन्छ । भनिन्छ, कमलो मन छ । मनलाई कमलो नै रहन दिनुपर्छ । जब मन कठोर बनाउन थालिन्छ, त्यसपछि मन संवेदनशिल हुनै छाडिदिन्छ । दुःख लाग्छ, धरधरी रोए हुन्छ । खुशी लाग्छ, मन खोलेर हाँसिदिए हुन्छ । यीनै साना साना कुरामा सफलता अडिएको हुन्छ । तर, आफना् दुःख अरु समक्ष पोखेर रुने गर्नुहुँदैन । आफूलाई परेको दुःख बाँड्न जरुरी छ । तर, त्यसलाई फेस गर्ने हिम्मत पनि रहेको जानकारी अरुलाई दिनुपर्छ । त्यसो भयो भने मात्रै दुृःखमा साथ दिन्छन् र सफलता हासिल हुन्छ । ४. आफ्ना इच्छा दवाउने आफ्नो इच्छा मारेर अरुलाई खुशी राख्न खोज्ने परोपकारी हो । तर, सफलताका लागि सुरुमा स्वयंको उपकार जरुरी छ । त्यसैले आफ्ना इच्छा नमारीकन अरुको समेत उपकार गर्ने बानीको विकास गर्नुपर्छ । धेरैले यहीँनेर गल्ती गरिरहेका हुन्छन्, आफ्नो इच्छा मारेर अरुलाई खुशी पार्ने । यसले एक लेभलको सन्तुष्टि त दिन्छ तर अरुकै सन्तुष्टिमा खुशी हुने बानी पर्न थाल्यो भने आफू सन्तुष्ट हुने उपाय खोज्न सकिदैन । यसले सफलतामा भाँजो हाल्छ । ५. प्रशंसाबाट जोगिऔँ प्रशंसा असाध्यै महत्वपूर्ण कुरा हो । प्रशंसाले ऊर्जा प्रदान गर्छ । तर, उच्च सफलताका लागि प्रशंसा बाधक पनि बन्न सक्छ । किनकि जब आफ्नो कामको प्रशंसा मात्रै भइरहन्छ भने गल्ती महसुस कहिले गर्ने वा प्रशंसा त्यस्तो मान्छेले गरिरहेका हुन्छन्न, कि त ती केही फुत्काउन खोज्दैछन् वा उनीहरु गल्ती औंल्याइदिएर झन् बढी सफलता हासिल नगरोस् भन्ने चाहन्छन् । तपाईँको शुभचिन्तकले सदा गल्तीबाट तपाईँको प्रशंसा सुरु गर्छ । प्रशंसा गर्ने मान्छे हेरेर मात्रै आफूलाई त्यसका लागि लायक ठह¥याउनुपर्छ । प्रशंसाबाट ऊर्जा लिने गर्नुपर्छ तर आफैले भने आफ्नो निन्दा गर्नुपर्छ । आफू गजब छु भनेर पुलकित हुँदा सफलताको बाटो तय गर्न सकिदैन । स्रोतःस्वास्थ्य खबरपत्रिका  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: