Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नेपालमै पहिलो प्याज शीतभण्डारको निर्माण कार्य सुरु

\"onion\"नेपालगन्ज । नेपालमै प्याजको पहिलो शीतभण्डार नेपालगन्जमा निर्माण हुने भएको छ । प्याजमा आत्मनिर्भर हुने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–१८ उदयपुरमा निर्माण हुने प्याज शीतभण्डारको शनिबार शिलान्यास गरियो । शीतभण्डारको शिलान्यास गर्दै कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले प्याज निर्यात गर्न नसके आयात प्रतिस्थापनका लागिबाट शीतभण्डार आवश्यक रहेको बताए । करिब रु तीन करोड लगानीमा थालिएको २०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण कार्य २०७४ साल भदौसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपालमा उत्पादन हुने प्याजले वर्षमा करिब तीन महिनामात्र पुग्छ । बाँकी नौ महिनाका लागि भारत र चीनबाट प्याज आयात गरिरहनुपरेको छ । प्याज शीतभण्डारका लागि ३५ प्रतिशत खर्च सञ्चालक संस्था मानस विकास सेवाले बेहोर्ने छ भने ६५ प्रतिशत खर्च साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले पूरक अनुदान सहयोग उपलब्ध गराउने मानस विकास सेवाका कार्यकारी निर्देशक सतिस अधिकारीले जानकारी दिए । कृषकलाई प्याज उत्पादनमा प्रेरित गर्न संस्थाले गाउँ गाउँमा समूह निर्माण गरी तालिम दिने काम थालिसकेको छ । भण्डारणको समस्याले गर्दा उत्पादनको उचित मूल्य नपाएर हतोत्साही भएका कृषकमा शीतभण्डार निर्माण हुने भएपछि उत्साह थपिएको संस्थाका प्रबन्धक रामकुमार शर्माले बताए । बाँके जिल्लामा वार्षिक तीन हजार मेट्रिक टन प्याज उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending