काठमाडौं । विश्वकप टी–२० क्रिकेटको उपाधी वेष्टइन्डिजले जितेको छ । भारतको कलकत्तामा आइतबार राति सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई ४ विकेटले हराउँदै वेष्टइन्डिजले उपाधि उचालेको हो ।
१५६ रनको मध्यम लक्ष्य वेष्टइन्डिजले २ बल बाँकी छँदा पूरा गर्यो । अन्तिम ओभरमा १९ रन चाहिएकाबेला ब्रेथवेटले लगातार चार छक्का प्रहार गरेर नतिजा उल्टाइदिए ।
वेष्टइन्डिजको जितमा मार्लोन स्यामुअल्सले ६६ बलमा ८५ रन बनाए । उनी म्यान अफ दी म्याच भए । यसैगरी कार्लोस ब्रेथवेटले १० बलमा ३४ रनको महत्वपूर्ण योगदान गरे । ड्वाएन व्राभोले २५ रन बनाए ।
वेष्टइन्डिजको सुरुवात भने राम्रो थिएन । क्रिस गेल मात्र ४ रनमा आउट भए । कप्तान डेरन सामी २ तथा आन्द्रे रसेल र जोन्सन चार्ल्स एक–एक रन बनाएर पेभेलियन फर्किए ।
डेभिड वेलीले ३, जोय रुटले २ र अदिल रसिदले एक विकेट लिए ।
यसअघि टस हारेर व्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । जोय रुटले ३६ बल सामना गर्दा सर्बाधिक ५५ रन बनाए ।
कार्लोस व्रेथवेट र ड्वेन व्राभोले ३–३ तथा सामुअल बद्रीले २ र आन्द्रे रसेलले १ विकेट लिए ।
वेष्टइन्डिजले सन् २०१२ मा पनि विश्वकप टी–२० क्रिकेटको उपाधी उचालेको थियो । आइतबार नै भएको महिला तर्फको विश्वकप टी–२० क्रिकेटको उपाधि पनि वेष्टइन्डिजले जितेको छ ।
भारतका विराट कोहली प्लेअर अफ दि टुर्नामेन्टको उपाधि जितेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: