Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

वैद्य पत्नी सुष्मालाई एसएलसीमा लोटरी

\"sushma काठमाडौ । कम्युनिष्ट क्रान्तिका जीवनको झण्डै पुरै समय विताएका माक्र्सवादी चिन्तक तथा नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यकी श्रीमती सुष्मा वैद्य यो वर्ष पनि प्रवेशिका परीक्षा एसएलसीमा दिइरहेकी छिन् । पढाइलाई उमेर छेक्दैन भन्ने उदाहरण बनेकी सुष्मा बालबालिका र वृद्धवृद्धाका लागि पनि प्रेरणा बनेकी छन् । माक्र्सवादी शिक्षा बाहेक अरु शिक्षालाई बुर्जुवा शिक्षा भन्ने गरेकै गैरकम्युनिष्टहरुले सुष्मालाई हाँसोको पात्र पनि बनाए । ५२ वर्षको उमेरबाट साना बालबालिकासँगै बसेर पढ्न थालेकी सुष्माले गत वर्ष एसएलसी परीक्षाको नियमित परीक्षार्थी भएर परीक्षा दिइन् । पाको उमेर, घरकी गृहिणी, माक्र्सवादी चिन्तक तथा माओवादी अध्यक्ष पत्नी भएका कारण पनि उनलाई पढाइमा अवरोध हुनु स्वभाविक थियो । यो उमेरमा पढेर पास गर्न सकिन्न भन्दै माओवादीका अन्य नेताका पत्नीहरुले भने बीचमै पढाइ छाडेका थिए । आफ्नो दौंतरी महिलाहरुले पढाइ छाडे पनि उनको पढाइप्रतिको लगाव हटेन । उनी गत वर्ष नै एसएलसी परीक्षा पास हुने विश्वास ब्यक्त गर्दै उच्च शिक्षा पनि पढ्ने बताएकी थिइन् । गत वर्षको एसएलसी परीक्षामा सुष्माले सोंचेको जस्तो नतिजा पनि आएन । त्यसैले यो वर्ष उनले परीक्षा दिन्नन् भन्ने धेरैले लख काटेका थिए । असफलता नै सफलताको चिन्हको भनेर उनले परीक्षाको तयारी जारी राखिन् । पहिलो पटक एसएलसी परीक्षा दिएर अनुभव पनि संगालेकी उनलाई यो वर्ष पास गर्न गाह्रो थिएन । तर यो वर्ष भने सरकारले नै सबै परीक्षार्थी पास गर्ने गरी ‘ग्रेडिङ’ प्रणाली शुरु गरेपछि उनलाई अर्को सौभाग्य जुरेको छ । ‘यो उमेरमा पढेर पास भइन्न’ भन्नेहरुको मुखमा अब ताल्चा लाग्ने भएको छ । हुनत पास भइसकेपछि भन्ने त जे पनि भन्दा हुन्, त्यसको कुनै प्रवाह गर्ने बानी सुष्मामा छैन । गत वर्ष पहिलो पटक एसएलसी दिँदा निकै चर्चा भए पनि अहिले भने खासै चर्चा भएको छैन । उनी आफैले पनि पढाइमा बाधा पर्ने भएकाले यसपटक चर्चामा आउन पनि चाहिनन् । मोहन वैद्यसँग वैवाहिक वन्धनमा बाँधिएको झण्डै ४० वर्षपछि सुष्माले गत वर्ष एसएलसी परीक्षा भाग लिएकी थिइन् । प्युठान खैरा गाविसका वैद्य सात भाइ मध्येका जेठा हुन् । २०१३ सालमा जन्मिएकी सुष्माको २०३१ साल असोजमा वैद्यसँग प्युठानको खैरा गाविसको कुश्मारुखमा प्रगतिशील विवाह भएको थियो । पण्डित शशिधरका छोरा वैद्यसँग त्यतिबेला नै प्रगतिशील विवाह गरेकी उनले विवाह गरेपछि पढ्ने मौका पाउने कुरै भएन । अझ नेपालको औपचारिक शिक्षालाई बुर्जुवा शिक्षाका रुपमा परिभाषित गर्दै समाजमा माक्र्सवादी शिक्षाको पाठ पढाउने श्रीमानले बुर्जुवा शिक्षा पढ्न प्रश्रय दिने कुरै भएन । २०१३ सालमा अर्घाखाँचीमा जन्मिएकी सुष्माले रजथलस्थित राइसचौर निमाविमा ४ कक्षासम्म पढेकी हुन् । उनी तीन बहिनी मध्येकी माहिली हुन् । कान्छी बहिनीले एसएलसीसम्मको अध्ययन गरे पनि दिदीले भने अध्ययन गर्ने अवसर पाइनन् । सुष्माको विवाहपछि वैद्य परिवार दाङ बसाई सर्यो । वैद्य परिवार दाङ बसाई सर्दा मोहन वैद्य भूमिगत भइसकेका थिए । पढ्ने उमेरमा पढ्ने अवसर नपाएकी सुष्माकी तीन छोरीहरु लता, सिर्जना र चेतनाले भने स्नातकसम्मको अध्ययन गरिसकेका छन् । छोरीहरुकै प्रेरणाले ‘बुर्जुवा’ भनिने औपचारिक शिक्षाको प्रमाणपत्र लिन कस्सिएकी सुष्मालाई काठमाडौंका प्रेरणा स्कुलले अर्को प्रेरणा प्रदान गर्यो । ५२ वर्षको उमेरमा औपचारिक शिक्षाका लागि काठमाडौ बसपार्कको प्रेरणा महिला विद्यालयमा उनी भर्ना भइन् । सिकाईको स्तरवृद्धि अनुसार कक्षा फड्काउने यो विद्यालयमा उनी पढ्न थालेको ६ वर्षमा नै १० कक्षामा पुगिन् । श्रीमान राजनीतिक चिन्तक अनि छोरी ज्वाईँहरु तथा परिवारका सबै सदस्य पढेलेखेकै भएकाले पाको उमेरमै भए पनि सुष्मालाई पढ्ने उत्प्रेरणा र वातावरण मिल्यो । उनले औपचारिक शिक्षाका लागि विद्यालय भर्ना भएदेखि नै पार्टीमै बुर्जुवा शिक्षा लिन थालेको भनी आलोचना भए पनि कुनै प्रवाह नगरी अध्ययन अगाडि बढाएकी उनले केही महिनापछि उच्च शिक्षाका लागि भर्ना भएमा अनौठो मान्नुपर्ने छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending