Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

लोडसेडिङ दुई घण्टा घट्ने

काठमाडाैं, नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ९ घण्टा मात्र लोडसेडिङ हुने जनाएको छ । प्राधिकरणले दैनिक २ घण्टा लोडसेडिङ घटाउने जनाएको हो । कान्तिपुर दैनिकमा खबर छ–सिरहाको लहानदेखि पश्चिम र लमहीदेखि पूर्वको मध्य क्षेत्रमा प्राधिकरणले लोडसेडिङ घटाएर दैनिक ९ घण्टामा झार्ने निर्णय गरेको छ । ‘चुहावट नियन्त्रणबाट बचेको र कुलेखानीलाई पीक आवरमा अलि बढी समय बढाएर लोडसेडिङ घटाउन लागेका हौं, प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘४० देखि ५० मेगावाट विजुली भए दैनिक २ घण्टा लोडसेडिङ घट्छ ।’ लोडसेडिङ घटाउन नदीको वहावको कुनै योगदान नभएको उनले बताए । ‘नदीको वहाव बढेको छैन, बरु घटिरहेको छ ।’ उनले भने । खासगरी आइरन गेट भनेर चिनिने एसएलसी परीक्षा नजिकिरहेका बेला विद्यार्थीलाई लक्षित गरी लोडसेडिङ घटाउन लागेको उनले प्रष्ट्याए । ‘चुहावट नियन्त्रणबाट बचेको बिजुलीमात्र २ घण्टा लोडसेडिङ घटाउन पर्याप्त नभएकाले कुलेखानी पनि बढी समय सञ्चालन गर्न लागेका हौं\' उनले भने, ‘एसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थीको हीतलाई ध्यानमा दिएर यो कदम चाल्न लागेका हौं ।’ हाल लहानदेखि पूर्व दैनिक सात घण्टा र लमहीदेखि पश्चिम दैनिक ६ घण्टा लोडसेडिङ हुँदै आएको छ । प्राधिकरणले चैतभर चुहावट नियन्त्रण अभियानलाई तिव्रता दिने पनि जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: