Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

डाक्टरले गरेका विश्व चर्चित ८ घटना

\"surg-750\" १.देब्रेतिर गर्नुपर्ने अपरेशन दाहिनेतिर सन् २००७ मा अमेरिकाको रोडे आइल्याण्ड अस्पतालले एक बिरामीको टाउकाको गलत अपरेशन ग¥यो । ८२ वर्षीया एक महिलाको ब्रेन र खोपडीको बीचमा बगिरहेको रगत रोक्न अपरेशन गर्नुपर्ने भयो । एकजना न्युरोसर्जनले उनको दाहिने पट्टिको टाउकोमा प्वाल पार्दै अपरेशन गर्न सुरु गरे । तर, सिटी स्क्यानमा देब्रेपट्टि रगत बगिरहेको देखिएको थियो । संगै रहेका सहायक डाक्टरले तत्कालै यो गल्ती पत्ता लगाए र तत्कालै उक्त प्वाल बन्द गरी देब्रेतिर नै अपरेशन गर्न सुरु गरियो । २.गलत खुट्टा काट्दा‘. सन् १९९५ को फेब्रुअरीमा फ्लोरिडाका विलि किङ नाम गरेका व्यक्तिको डाक्टरले एउटा खुट्टा काट्नुपर्ने थियो, तर, डाक्टरहरुले अर्कै खुट्टा काटिदिए । युनिभर्सिटी कम्युनिटि िअस्पताल टाम्पाका डाक्टरहरुले उनको गलत खुट्टाको अपरेशन गरेका थिए । अपरेशनको बीचमा पुग्दामात्र डाक्टरहरुले गलत खुट्टाको अपरेशन गरेको पत्ता लगाएका थिए । तर, यतिन्जेलसम्म ढिला भैसकेको थियो । यस्तो गल्ती गर्ने डाक्टरको लाइसेन्स ६ महिनासम्म निलम्बन गरियो भने डाक्टरले व्यक्तिगत रुपमा १० हजार डलर क्षतिपूर्ति तिरे । अस्पतालले ९ लाख र सर्जनहरुले पुनः २ लाख ५० हजार डलर क्षतिपूर्ति बिरामीलाई दिएका थिए । ३.रगत म्याच नगर्दा मृत्यु अपरेशनअघि रगत म्याच गर्छ कि गर्दैन भन्ने परीक्षण नगरिएका कारण अमेरिकामा एक किशोरीको अपरेशनपछि मृत्यु भयो । १७ वर्षकी जेसिका सान्टिलियन मुटु र फोक्सो प्रत्यारोपण गरिएको दुर्ई सातामै रगत म्याच नभएका कारण मृत्यु भयो । शल्यक्रिया अघि ड्युक युनिभर्सिटी मेडिकल सेन्टरका डाक्टरले रगत म्याच परीक्षण गरेका थिएनन् । अपरेशनपछि उनको ब्रेन ड्यामेज भएका कारण मृत्यु भएको थियो । ४. दुइ लाख डलरको अण्डकोष अमेरिकाको वायुसेवामा कार्यरत बेन्जामिन हफ्टनको अण्डकोषको शल्यक्रिया भयो । तर, देब्रे अण्डकोष निकाल्नुपर्नेमा डाक्टरहरुले गल्तीवश उनको स्वस्थ दाहिने अण्डकोष निकालिदिए । हफ्टनर उनकी श्रीमती वेष्ट लस एन्जलस भी ए मेडिकल सेनटरविरुद्ध दिएको मुद्दामा उनलाई२ लाख डलर क्षतिपूर्ति दिन अदालतले आदेश दियो । ५.पेटमा फलामे पातो बिर्सदा युनिभर्सिटी अफ वाशिङगटन मेडिकल सेन्टरमा ४९ वर्षीय डोनाल्ड चर्चको सन् २००० मा पेटको ट्युमरको शल्यक्रिया भयो । अपरेशनपछि ट्युमर त गयो, तर, त्यसको ठाउँमा डाक्टरहरुले १३ इन्च लामो फलामे पातो छाडे । उक्त अस्पतालमा यस्ता घटना सन् १९९७ देखि २००० को बीचमा चारपटक भए । तत्कालै उक्त फलामे पातो निकालियो । तर, अस्पतालले चर्चलाई ९७ हजार डलर क्षतिपूर्ति दिनुप¥यो । ६.गल्तीले अर्कैको वीर्य प्रयोग न्युयोर्ककी नान्सी एन्ड्र्युजले टेष्टट्युब बेबी प्रविधिद्वारा गर्भवती भइन्, त्यसबाट उनी र उनका श्रीमान अब घरमा सन्तानको आगमन हुने कुराले खुशी भइरहेका थिए । तर, बच्चा जन्मियो, उनीहरुभन्दा विलकुल फरक । उनीहरु गोरा भएपनि बच्चा कालो जन्मिएको थियो । डिएनए परीक्षण हुँदा न्युयोर्क फर्टि्लिटी क्लिनिकका डाक्टरले अर्कै व्यक्तिको वीर्य प्रयोग गरेको पुष्टि भयो । तर, एन्ड्र्युज दम्पत्तिले क्लिनिकविरुद्ध हालेको मुद्दा अझै पनि चलिरहेको छ । गलत वीर्यबाट उनीहरुको सन् २००४ मा बच्चा जन्मिएको थियो । ७.एन्जिओग्राफी गर्न जाँदा धन्नै मुटु चिरिएन छजोन मोरिस नामकी ६७ वर्षीया महिला सेरेब्रल एन्जिओग्राफीका लागि अस्पताल भर्ना भईन् । एन्जिओग्राफीपछि उनलाई आफ्नै बेडमा फिर्ता पठाउनुको साटो अर्कै ठाउँमा सारियो । उनलाई भोलिपल्टै डिस्चार्ज गर्ने योजना थियो । तर, भोलिपल्ट बिहान उनलाई ओपन हार्ट सर्जरीका लागि लगियो । उनलाई एक घण्टासम्म अपरेशन गर्ने टेबलमा राखियो । अपरेशन गर्न घाउसमेत बनाइयो । त्यत्तिकैमा अपरेशन गरिरहेका डाक्टरको मोबाइलमा अर्कै डाक्टरको फोन आयो, ‘मेरो बिरामीलाई के गरिरहेका छौं ?’ उताबाट सोधियो । धन्य डाक्टरले ती बिरामीको मुटुचाहिँ केह ीगर्न भ्याएका थिएनन् । त्यसपछि तत्कालै ती महिलालाई उनकै बेडमा पठाइयो । ८.स्वस्थ मिर्गौला निकालियो सेन्ट लुईस पार्क मिनेसोटाका एक बिरामीको पार्क निकोलेट मेथोडिस्ट अस्पतालमा ट्युमरयुक्त मिर्गौला हटाउने अपरेशन गर्नुपर्ने थियो । तर, डाक्टरहरुले ट्युमर नभएको अर्को स्वस्थ मिगौैला निकालिदिए । निकालिएको मिर्गौला परीक्षण गर्दा केही पनि नपाइएपछि मात्र स्वस्थ मिर्गौला निकालिएको पत्ता लागेको थियो । परिवारकै आग्रहमा अस्पतालले ती बिरामीको परिचय सार्वजनिक गरेन । स्रोत :स्वास्थ्य खबरपत्रिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy