फाल्गुन ३० गते, २०७१ शनिवार 14th March, 2015 Sat०९:३१:१९ मा प्रकाशित
काठमाडौं, दुई पक्षीय बैठकमा संघीयताकै विषयमा कुरा अड्किएपछि त्यस विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी र बरिष्ठ केन्द्रीय सदस्यहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
संघीयताको विषयमा दलहरुले शुक्रबारट दुई पक्षीय छलफललाई केन्द्रित गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा धारणा तय गर्न बैठक बसेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले दिए ।
‘दुई पक्षीय वार्ता भएका छन्, चारपक्षको बैठक अघि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी र केही बरिष्ठ केन्द्रीय सदस्यको बैठक सुरु भएको छ ।’ अधिकारीले भने ।
शुक्रबार संघीयताको विषमया केन्द्रित हुँदै एमाले र एमाओवादीको बैठक एमाले अध्यक्ष खड्गप्रसाद ओली निवास बालकोटमा बसेको थियो ।
त्यस्तै, कांग्रेस र मधेसी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवटारमा बसेको थियो । बैठकमा मधेसी मोर्चाका नेताहरुले तराईका झापा, मोरङ, सुनसरी, कैलाली र कंचनपुरलाई तराई मधेसमा गाभेर दुई प्रदेश बनाउनुपर्ने अडान राखेका थिए ।
उत्तरमा प्रदेशको सीमा चुरे क्षेत्रसम्मलाई कायम गर्नुपर्ने प्रस्ताव मधेसी दलको थियो ।
तर, कांग्रेस नेताहरुले पाँच जिल्लालाई तराई मधेसमा राख्ने भन्दा विभिन्न विकल्पमा जान सकिने प्रस्ताव गरेका थिए ।
सोही विकल्प र दलीय छलफलमा कसरी प्रस्तुत हुने भन्ने विषयमा अहिलेको छलफल केन्द्रित भएको बुझिएको छ । ५ जिल्लाको विवादलाई आयोग बनाएर, अरु विषयमा सहमति गरेर पछि मिलाउने गरी, केन्द्रशासित राख्ने, विशेष क्षेत्र बनाउनेसहितका विकल्प कांग्रेसका छन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: