Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मार्क्सवाद धर्मशास्त्र होइन, अन्ध नक्कल नगरौं –प्रचण्ड

\"prachanda\"काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले माक्र्सवाद धर्मशास्त्र नभइ गतिशिल विज्ञान भएको बताएका छन् । प्रचण्डले कम्युनिष्ट आन्दोलनमा क्रान्तिको अन्धनक्कल गर्ने खराब रोगका रुपमा देखा परेको उल्लेख गर्दै भने , ‘यसले ठूल्ठूला क्रान्ति पनि प्रतिक्रान्तिमा परिणत भएको छ, यसको मूल कारण माक्र्सवादलाई धर्मशास्त्रको रुपमा लिने प्रवृति हो, माक्र्सवाद एक गतिशिल विज्ञान हो । हामीले जनयुद्धको रणनीति, कार्यनीतिको विकाससँगै यहाँसम्म आउँदा निकै नयाँ ढंगले विकास गरेका छौं, हाम्रो बुझाईमा गतिशिलता छ ।’ वर्ग संघर्षको उतार चढावसँगै संघर्षका रुपहरु हेरफेर हुँदै जाने बताए । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाद्वारा आयोजित केन्द्रीय स्कूल तथा कार्यशाला कार्यक्रममा उनले यस्तो बताएका हुन । प्रचण्डले भने , ‘नयाँ जनवादी क्रान्ति नयाँ जनवादी क्रान्तिको रुपमा सम्पन्न हुन सकेन, भिन्न ढंगले पूँजीवादी जनवादी क्रान्ति आधारभूत रुपमा पुरा भएको छ, यो सर्वहारावर्गको नेतृत्व माओवादी कम्युनिष्ट पार्टीको सचेत पहलमा पुरा भएको हो ।’ क्रान्तिमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले कस्तो भूमिका निभाउँछ भन्नेमा क्रान्तिको स्वरुप र भविस्य निर्धारण हुने उनको भनाई थियो । उनले जनयुद्धमा नयाँ संस्कार र संस्कृतिको विकास गर्ने क्रम सुरु भएको तर शान्ति प्रक्रियामा आई सकेपछि फेरि हिजोका सामन्ती प्रवृतिहरुले उठाएको बताए । अहिले पार्टी निर्णयको कार्यान्वयन भईरहेको उल्लेख गर्दै पूर्ण समानता र पूर्ण मुक्ति समाजवादमा मात्र प्राप्त हुने उनको दाबी थियो । प्रचण्डले भने, ‘राजनीति र विचारमा क्रान्ति गर्दै आएका छौं, अब हामी संगठनमा क्रान्ति गर्ने छौं ।’ उनले उत्पीडित जनताको हकअधिकार संविधानमा संस्थागत गर्ने काम एमाओवादी कै नेतृत्वमा भएको पनि बताए । ‘त्यसैले हामी माथि विभिन्न कोणबाट लाग्ने गरेको आरोपहरु सैद्धान्तिक र व्यवहारिक दुबै दृष्टिले गलत सावित भएका छन्’ , उनले भने ‘इतिहास निकै निर्मम हुन्छ, भए गरेका कामहरुको समिक्षा एवम् मुल्याङ्कन इतिहासले निर्मम ढंगले गर्दछ ।’ देशमा आइपरेका समस्या र चुनौतिलाई राष्ट्रिय एकता कायम गरेरै सामना गर्दै आइरहेको अध्यक्ष प्रचण्डको भनाई थियो । ‘अब पनि देखा परेका राष्ट्रियता लगायतका आम चुनौतिहरुको सामना गर्न हामीले झण्डा उठाईरहेका छौं, यसको निम्ति पनि राष्ट्रिय एकताको जरुरी छ’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending