Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

बालविवाह गर्ने दुई पुरुष प्रहरी हिरासतमा

प्यूठान, जिल्लामा बालविवाह रोक्ने अभियान सञ्चालन भइरहेको समयमा बालविवाह गर्ने दुई पुरुषलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । गोठिवाङ–३ मा बालविवाह गर्ने दुई जनामाथि इलाका प्रहरी कार्यालयमा भिगृमा उजुरी दर्ता भएको र अभियुक्तलाई प्रहरीले उनीहरुकै घरबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताए । “स्थानीय १५ र १६ वर्षीया बालिकालाई विवाह गर्ने २१ वर्षीय दोणबहादुर नेपाली र १८ वर्षीय राजु नेपालीलाई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।” प्रनाउ कार्कीले भने “बालविवाह रोक्ने गरी जिल्लामा सञ्चालन भएको अभियानले यस्ता घटना बाहिर आउने दर बढेको छ ।” बालविवाहको उजुरी प्रमाणित भएमा बालविवाह कसुर ऐनअनुसार कानुनी कारबाही हुने बालअधिकार अधिकृत सुशीला सिंखडाले जानकारी दिइन् । जिल्लामा बालविवाह घटना न्यूनीकरण गर्नका लागि जिल्ला बालकल्याण समितिले एक नगरपालिका र ४२ वटा गाविसमा बालविवाह न्यूनीकरण अभियान सुरु गरेको बालकल्याण समितिका अध्यक्ष मेघराज भट्टले बताए । अभियान सञ्चालन भएपछि बालविवाह विरुद्ध प्रहरीमा झन्डै एक दर्जन उजुरी आएका छन् । यसैबीच विगत एक वर्षदेखि बेवारिसे अवस्थामा रहेकी ११ वर्षीया एक बालिकाको माइती नेपालले प्यूठानबाट उद्धार गरेको छ । जिल्ला बालकल्याण समिति र जिल्ला प्रशासन कार्यालयको समन्वयमा बालिकाको उद्धार गरिएको हो । बिजुवार क्षेत्रमा बेवारिसे अवस्था रहँदै आएकी बालिकाको माइती नेपाल भैरहवामा जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । बेवारिसे अवस्थामा रहेकी बालिकामाथि यसभन्दा पहिला विभिन्नखाले हिंसा हुने गरेको बालअधिकार अधिकृत सिंखडाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending