फाल्गुन ३० गते, २०७१ शनिवार 14th March, 2015 Sat१०:४४:१६ मा प्रकाशित
बागलुङ, नेपालको एकमात्र ढोरापाटन शिकार आरक्षमा यस वर्षको दोस्रो सिजनको शिकारको अन्तिम एक हप्ता बाकी रहेको छ । फागुन १८ देखि बैशाख ७ गते सम्म दोस्रो सिजनको सिकार गर्न दिइने ढोरपाटन शिकार आरक्षले जनाएको छ ।
शिकारका लागि ६ हन्टीङ एजेन्सी मार्फत १३ विदेशी शिकारी शिकारका लागि आरक्षमा आएका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए । ढोरपाटन शिकार आरक्षले १३ नाउर र ६ झारल शिकारका लागि अनुमति दिएको थियो ।
शिकारका लागि नेपाल वल्र्ड लाईफ सफारी, हिमालयन सफारीज प्रा.लि, ग्लोबल सफारीज प्रा.ली, ट्रयाक एण्ड टेल्र्स प्रा.लि र वपन नेपाल व्लर्ड लाईफ सफारीजले विदेशी सिकारी ल्याउनका लागि अनुमति पाएका थिए ।
शिकारका लागि ढोरपाटनमा यस सिजनमा अमेरीकन ४, जर्मनी २, स्पेनि २, नर्वेजियन, साउथ अमेरीकन, क्यान्डीयन र डेनिस १-१ जना आउने संरक्षण अधिकृत श्रेष्ठले बताए ।
आरक्षको फागुने, वर्ष, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लक गरि ६ ब्लगमा दोस्रो सिजनको सिकार हुने आरक्षले बताएको छ ।
टेन्डर मार्फत यो सिजनका लागि नाउर शिकारको अधिकतम ५ लाख ५५ हजार र न्युनतम १ लाख ४६ हजार तथा झारलको अधिकतम ६ लाख ४६ हजार र न्युनतम ४ लाख ८ हजार दर कायम गरिएको छ ।
ढोरपाटन शिकार आरक्षमा अघिल्लो सिजनमा ८५ लाख राजश्व संकलन भएकोमा यस वर्ष राजश्व वृद्धि हुने भएको छ । ढोरपाटन विश्वभरका साहसिक शिकारीको गन्तव्य बन्दै गएको छ । ढोरपाटनमा शिकार गर्नका लागि लाखौ खर्च गरि शिकारीहरु हेलिकप्टर चार्टर गरि आउने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: