उत्तर कोरियाद्धारा दक्षिण कोरियाको राष्ट्रपति भवनमा रकेट हानेको भिडियो सार्वजानिक
चैत्र २४ गते, २०७२ बुधवार 6th April, 2016 Wed१३:२१:३९ मा प्रकाशित
सोल । उत्तर कोरियाले दक्षिण कोरियाको राष्ट्रपति भवनमा हानेको भिडियो सार्वजनिक गरेको छ । उत्तरले दक्षिणको राष्ट्रति भवनमा रकेट हानेको सो भिडियो सार्वजनिक गरेको हो ।
उत्तर कोरियाको सरकारी बेभसाइटमा उसले दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय, ब्ल्यु हाउसमा हानेको सो भिडियो राखेको छ ।
उत्तर कोरियाको सरकारी वेभसाइटमा यो भिडियो मङ्गलबार मात्र राखिएको छ । यस भिडियोमा उत्तर कोरियाका तर्फबाट पटक÷पटक दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा रकेट हमला गरेको देखाइएको छ ।
यसअघि पनि उत्तर कोरियाले वासिङ्टनमा यसैगरी रकेट हानेको भिडियो सो बेभसाइटमा राखिएको थियो । उत्तरले पछिल्लो समयमा गरेका यी क्रियाकलापहरुलाई उत्तेजनात्मक भनी विश्वव्यापी रुपमा विरोध गरिएको छ ।
यसैबीच प्राप्त अर्को एक समाचारमा दक्षिण कोरियाली गुप्तचर निकायले उत्तरले आफ्ना महत्वपूर्ण सरकारी अधिकारीको फोन ह्याक गरिदिएको बताएका छन् ।
यसअघि पनि उसले पटकपटक उत्तर कोरियाले साइबर हमला गर्ने गरेको र यस पटक आफ्ना महत्वपूर्ण र उच्च पदस्थ सरकारी कर्मचारीको मोबाइल फोन नै ह्याक गरिदिएको बताएको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीका मोबाइल फोनहरु उत्तर कोरियाले ह्याक गरिदिएको उनीहरुको भनाइ छ ।
दक्षिणको उक्त गुप्तचर निकायले उत्तरले विगत लामो समयदेखिदक्षिण कोरियाको सूचना प्रविधिमा हमला गर्ने गरेको आरोप लगाएको छ ।
गएको ६ फेब्रुअरीमा उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गरेपछि सुरु भएको विवाद हाल विश्वव्यापी बनेको छ । यसका कारण दक्षिणकोरिया, जापान र संयुक्त राज्य अमेरिका एक भएका छन् र उनीहरुले उत्तर कोरिया विरुद्धको नाकाबन्दीका लागि संयुक्त राष्ट्रसङ्घलाई सघाएका थिए ।
उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणपछि उसले दक्षिण कोरियामाथि निरन्तररुपमा साइबर हमला गर्दै आएको पनि बताएको छ ।
दक्षिण कोरियाको गुप्तचर निकाय नेसनल इन्टेलिजेन्स सर्भिस ९एनआइएस०ले उत्तर कोरियाले दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीको फोन नम्बर चोरेर लगेको र यसबाटै उनीहरुले नियन्त्रण गरी फोन बिगारिदिएको जनाएको छ । रासस÷एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: