Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

यी हुन् तौल घटाउने २० वैज्ञानिक उपाय

\"Natural-Weight-Loss-Slim-Body\"१.धेरै ब्रेकफास्ट खानुहोस् आफ्नो दिनको सुरुवात एक सन्तुलित ब्रेकफास्टबाट गर्नुपर्छ भन्ने भनाइ स्वास्थ्य क्षेत्रमा बारम्बार सुन्न पाइन्छ । बेलायतस्थित इम्पेरिकल कलेज लन्डनले गरेको अध्ययनअनुसार बिहानको ब्रेकफास्ट छाड्ने मानिसको दिमाग उच्च क्यालोरियुक्त खानेकुरातर्फ देखाउँदा बढी उज्यालो देखिएको थियो । यसको अर्थ हो, तपाईंले ब्रेकफास्ट छाडेको दिन तपाईको स्वास्थ्यका लागि हानिकारक लाग्ने स्न्याक्सप्रति बढ्दो आशक्ति । त्यसैगरी सन् २०१३ मा गरिएको एक अध्ययनमा पनि बिहानको समयमा धेरै खाना खाने महिलामा थोरै ब्रेकफास्ट लिने महिलामा भन्दा ठूलो घ्रिलिन (भोक जगाउने हर्मोन) पाइएको थियो । २.ब्रेकफास्टपछि केही गुलियो खानुहोस् ब्रेकफास्टको अन्त्यमा डेजर्ट लिनुहोस् । तेलअभिभ युनिभर्सिटी मेडिकल सेन्टरको एक अध्ययनमा एउटा समूहले १० ग्राम कार्बोहाइडे«डसहित ३ सय ४ क्यालोरी ब्रेकफास्ट लिएको थियो भने अर्को समूहले थोरै गुलियो चिज जस्तै ः चकलेट, डगनट, कुकिज वा केकलगायत ६० ग्राम कार्बोहाइडेड्रसहित ६ सय क्यालोरी ब्रेकफास्ट खाएको थियो । आठ महिना लामो अध्ययनको मध्यतिर दुवै समूहले प्रतिव्यक्ति औसत ३३ पाउन्ड गुमाएका थिए । तर, अन्ततिर कार्बोहाइडेड खाने समूहको २२ पाउन्ड तौल थपिएको थियो भने डेजर्ट समूहको थप १५ पाउन्ड घटेको थियो । ३.दैनिक ३० ग्राम फाइबर तौल घटाउन दिनहुँ फाइबरको मात्रा बढाउनुहोस् । अमेरिकी हर्ट एसोसिएसनले दुईवटा समूहलाई भिन्दाभिन्दै डाइट खुवाएर तुलनात्मक अध्ययन गरेको थियो । एउटा समूहलाई कडा पोषणयुक्त तर क्यालोरी, सुगर र सन्तृप्त फ्याट सीमित भएको खानेकुरा दिइएको थियो भने अर्को समूहलाई हरेक दिन ३० ग्राम फाइबर खुवाइएको थियो । तीन महिनाको अध्ययनको अन्ततिर फाइबर खाने समूहको तौल अर्कोको तुलनामा बढी घटेको थियो । तसर्थ न्यून क्यालोरीभन्दा फाइबरयुक्त खानेकुरा खानु प्रभावकारी मानिन्छ । ४.पानी कम भएका पेय पदार्थ नलिनुहोस् सोडा र जुस ‘लिक्विड क्यान्डी’ हुन् । त्यसमा चिनी र प्रति २० औँसमा २ सय ४० क्यालोरी हुन्छ । मोटोपनको महामारीमा सोडा झनै बढी जिम्मेवार हुने विज्ञहरुको भनाई छ । ओबेसिटी नामक एक जर्नलका अनुसार कथित पोषणयुक्त सोडा पिउनेको पेटमा धेरै मात्रामा फ्याट पाइएको छ । ५.चिस्याएको फलफूल र सागसब्जी मौसमी ताजा फलफूलले मानिसलाई पोषण प्रदान गर्छ । तर, कतिपय अवस्थामा यसको विकल्पका रुपमा चिस्याइएका फलफूल पनि हुन सक्छन् । पाक्नेवित्तिकै यी मौसमी फलफूललाई चिस्याएर यसमा भएको पोषण तत्व नष्ट हुनबाट जोगाइन्छ । आइस बक्समा चिस्याएर राखेको फलफूल तथा सागसब्जीले स्वस्थ बनाउनुका साथै पिज्जा, बर्गरलगायतका फ्याटी खानेकुरामा निर्भर हुने आदत घटाउँछ । ६.मासुको मात्रा घटाउनुहोस् अमेरिकाको जर्नल अफ न्युट्रेसन एन्ड डाइटेटिक्सले सन् २०१३ मा गरेको एक अध्ययनअनुसार शाकाहारी व्यक्ति सामान्यतया मांसाहारी भन्दा पातला र स्वस्थ हुन्छन् । पूर्ण रुपमा शाकाहारी आदत तपाईंका लागि असम्भव भए पनि पर्याप्त सागसब्जीबाट प्राप्त हुने प्रोटिनले केही मात्रामा मासुको मात्रा विस्थापन गर्न मद्दत गर्छ । जस्तै : काला गेडागुडीले हरेक पटक १५ ग्राम प्रोटिन दिन्छ । मासुबाट प्राप्त हुने प्रोटिन च्याउबाट पनि पाइने भएकाले च्याउ पनि महत्वपूर्ण विकल्प हुन सक्छ । ७. डेरी क्याल्सियम र भिटामिन डीयुक्त डेरीजन्य पोषणले मांसपेशी बलियो बनाउनुका साथै मेटाबोलिजमलाई सशक्त बनाउँछ । काल्सिट्रिओल हर्मोनले बलियो हड्डीका लागि क्याल्सिम रक्षा गर्छ । ८.प्रोटिनको मात्रा बढाउनुहोस् महिलालाई दैनिक ४६ ग्राम प्रोटिन आवश्यक पर्छ भने पुरुषलाई १०ग्राम प्रोटिन चाहिन्छ । तसर्थ आफ्नो तौललाई सन्तुलित राख्न सो परिणामभन्दा बढी प्रोटिनयुक्त खानेकुरा पनि नखानुहोस् । फ्याट वा कार्बोहाइडेडभन्दा प्रोटिनलाई पचाउन तपाईंको शरीरलाई बढी समय र ऊर्जाको आवश्यकता पर्छ । धेरै प्रोटिन भएमा पनि शरीरमा फ्याटको रुपमा जम्मा हुन्छ । ९.कालो चिया पिउनुहोस् बिहानीपखको कफीले तपाईंलाई फुर्तिलो मात्र बनाउँदैैन बरु थप ऊर्जा पनि प्रदान गर्छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रेसनका अनुसार दैनिक एक कप कफी पिउँदा मेटाबोलिजमलाई तीन घन्टा सशक्त बनाउँछ र ऊर्जा दिन्छ । तर, बढी कफी पिउनु पनि स्वास्थ्यका लागि त्यति फाइदाजनक होइन । दिनमा तीन कपभन्दा बढी कफी नलिन पनि विज्ञहरुले सुझाव दिएका छन् । १०.मदिरा सेवनमा नियन्त्रण गर्नुहोस् निश्चय नै बढी मदिरा पिउँदा बढी खानेकुराको आवश्यक पर्छ । जति धेरै रक्सी खाइन्छ, त्यति नै धेरै खानेकुरा खाइने हुँदा शरीरमा क्यालोरीको मात्रा बढ्छ । ११.बोक्रा भएका खानेकुरा छोड्याउने, कोट्याउनुपर्ने बदाम, कटुसलगायतका खानेकुराले तपाईंको खाने आदतलाई सुस्त बनाउँछ र समग्रमा तपाईंले थोरै खानु हुन्छ । साथै यी खानेकुराले सन्तुलित प्रोटिन दिनुका साथै फ्याटको मात्रा स्वतः घट्छ । १२.अन्य मदिराजन्य क्यालोरी बियर, वाइन, स्पिरिटलगायतका पेय पदार्थले शरीरमा बढी क्यालोरी थपिदिन्छ । यी पेय पदार्थ यसै पनि पानीझैँ पिइँदैन । यसको साथमा मासु, अन्डालगायत उच्च प्रोटिनयुक्त खानेकुरा भएकाले यसले अनावश्यक तौल बढाउँछ । धेरै मदिराले महिलाको दिमाग खानाको गन्धप्रति बढी संवेदनशील हुने र खानेकुरा खाऊँ खाऊँ बनाउने विभिन्न अनुसन्धानकर्ताले बताएका छन् । १३.असन्तृप्त फ्याटी एसिड फ्याटप्रतिको त्रास बिस्तारै उहिलेको कथा बन्दैछ । असन्तृप्त फ्याटी एसिड (एमयुएफए)ले वास्तवमा तपाईंको तौल घटाउन सहयोग गर्छ । सलादमा एक मुठी नट मिसाउनुहोस्, उमालेको सागसब्जीमा एक चम्चा जैतुनको तेल मिसाउनुहोस् वा ब्रेकफास्टको टोस्टमा अलिकति एभोकाडो राख्नुहोस् । यसले तपाईंको तौल वृद्धि हुनबाट रोक्छ । १४.अतिरिक्त चिनीप्रति विचार गर्नुहोस् तपाईंले आवश्यकताभन्दा पनि बढी चिनी लिनुभएको त छैन ? औसत मानिसले दिनमा २२ चिया चम्चाभन्दा बढी चिनी लिएका हुन्छन, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यो मात्रा अमेरिकाको हर्ट एसोसिएसनले सुझाव दिएको भन्दा तीन गुणा बढी हो । गुलियो राख्दा नमीठो हुने खानेकुरामा पनि चिनी राखिएको पाइन्छ । जस्तै ः रोटी, सस, हलुवा इत्यदिमा आफ्नै हिसाबले गुलियो राखिन्छ । १५.स्पिनिचको पात लिनुहोस् कालो हरियो स्पिनिचको पातमा प्रशस्त म्याग्नेसियम हुन्छ । यसले शरीरमा तीन सयभन्दा बढी सकारात्मक काम गर्छ । सन् २०१३ को एक अध्ययन अनुसार बढी म्याग्नेसियम युक्त खानेकुरा खाने व्यक्तिमा न्यून ब्लड सुगर र इन्सुलिन पाइएको थियो,ब्लड सुगर र इन्सुलिनले तौल बढाउन मुख्य भूमिका खेल्छ । १६.माछा रोज्नुहोस् साल्मोन, टुनालगायतका माछामा हुने ओमेगा थ्री फ्याटी एसिडले शरीरको फ्याट जलाउने शक्तिलाई अझै सशक्त बनाउँछ । मुटुका लागि अत्यन्तै स्वस्थकर यी खानेकुराले मेटाबोलिजम नियन्त्रण गर्न सहयोग गर्छ । १७.स्यान्डविचअगाडि सुप लिनुहोस् एपिटाइट नाम गरेको एक अध्ययनमा लन्चअगाडि सुप खाने मानिसले आफ्नो क्यालोरीको मात्रालाई २० प्रतिशतले घटाउने गरेको उल्लेख छ । तर, यही सुप खानुपर्छ भनेर अध्ययनले केही किटानी गरेको छैन । १८.फलफूल स्याउ, केरा, स्ट्रोबेरीजस्ता फलफूल तपाईंको शरीर मोटोपन विरुद्ध लड्न उपयोगी मानिन्छ । जस्तै : दुई सय क्यालोरीका लागि एउटा स्याउ र तर निकालेको एक कप दूध पर्याप्त हुन्छ । यसबाट १० ग्राम प्रोटिन र पाँच ग्राम फाइबर मिल्छ । १९.रोटी एक अध्ययनअनुसार गहुँको रोटी, खैरो चामल र मकैको फुल खाने मानिसमा तौल बढ्ने झन्डै ५० प्रतिशत खतरा घटाउँछ । २०.प्रशोधित मासु नखानुहोस् रातो र प्रशोधित मासु स्वास्थ्यका लागि हानिकारक मात्र होइन, तौलसमेत बढाउँछ ।उनीहरुमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy