Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

मन्त्रीले नै ‘सुटर’लाई झण्डावाल गाडीमा काठमाडौं ल्याएका थिए

\"sanjay-shah\"काठमाडौं । १७ चैत २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषाले एउटा सशस्त्र समूहका अध्यक्ष चन्द्रदीप यादवलाई सार्वजनिक गर्यो । प्रहरीले आफ्नो प्रेस विज्ञप्तिको शीर्षकमै भन्यो ‘सिंघानिया हत्याका योजनाकार पक्राउ ।’ विज्ञप्तिको पहिलो वाक्यमा महत्वका साथ भनिएको थियो, ‘सिंघानिया हत्याका योजनाकार र मुख्य भूमिका खेल्ने चन्द्रदीप यादवलाई पक्राउ गर्न हामी सफल भएका छौ ।’ जनतान्त्रिक टाइगर जनशक्ति पार्टीको प्रमुखको आवरणमा आपराधिक गतिविधिमा थिए चन्द्रदीप यादव । उनलाई पक्राउ गरेर प्रहरीले ६ वर्षअघि जनकपुरमा मारिएका संचार उद्यमी अरुण सिंघानिया हत्याको छानबीनलाई एउटा निष्कर्षमा पुर्‍याएको दाबी गरेको छ । १७ फागुन २०६६ होली पर्वको दिन थियो । जनकपुरको शिवचोकमा होली मनाइरहेका सिंघानियालाई गोली हानियो । लगत्तै तराई जनतान्त्रिक पार्टी मधेश सशस्त्र समूहका मुकेश चौधरीले स्थानीय संचारकर्मीलाई फोन गरेर घटना आफूले गराएको भनेर जिम्मेवारी लिए । अर्को सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूहका राजन मुक्तिले पनि घटना आफूले गराएको भनेर दाबी गरे । चौधरी र मुक्ति दुवै अहिले जेलमा छन् । प्रहरीले उनीहरूलाई डेढ बर्षअघि भारतबाट पक्राउ गरेर ल्याएको थियो । चन्द्रदीप पक्राउ परेपछि अरुण सिंघानिया हत्याकाण्डको भित्री पाटो खोतल्न हामीले कारागारमा रहेका मुकेश चौधरीलाई भेट्यौं । उनले हाकाहाकी भने, ‘मलाई सिंघानियाको हत्या भए लगत्तै संजयले ९८५४०२०२०७ नम्बरबाट फोन गरेर हत्याको जिम्मा लिन भनेका थिए । त्यसपछि मैले घटनाको जिम्मा लिएँ ।’ दुई डनको चक्रव्यूह भर्खरै पक्राउ परेका चन्द्रदीप यादवले समेत यसलाई पुष्टि गर्दै प्रहरीलाई घटनाको बेलिबिस्तार लगाएका छन् । उनको बयानले अनुसन्धानलाई निष्कर्षमा पुरयाउ सघाएको प्रहरीको भनाइ छ । २०६६ फागुनमा सिंघानियाको हत्या हुँदा संजय साह भौतिक योजना राज्यमन्त्री थिए । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका एक जना प्रभावशाली नेता पनि थिए, उनी । जनकपुर बम काण्डमा साहका मानिस पक्राउ परेपछि तिनीहरूलाई छुटाउन विजय गच्छदारले वास्ता नगरेपछि उनी केही दिन फोरम क्रान्ति नाम गरेको संगठनमा सक्रिय भए । संविधानसभाको दोस्रो चुनाव भन्दा केही अघि साह राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीमा प्रवेश गरेर उपाध्यक्ष भएका उनी हालसम्म पनि सोही पदमा छन् । चन्द्रदीप पक्राउ परेपछि सिंघानिया हत्याको नयाँ पाटो खुलासा भएको छ । चन्द्रदीपका अनुसार, जनकपुर टुडेमा श्रृंखलाबद्ध रूपमा प्रकाशित समाचारहरू यो हत्याको मुख्य कारण थियो । २०६५ सालपछि जिविस धनुषाका सह लेखापाल रहेका जीवनाथ चौधरी र राज्यमन्त्री भएका साह बीच सम्बन्ध बिग्रिए पछि विवादमा जनकपुर टुडे पत्रिका पनि जोडिन पुग्यो । संजय साहले जनकपुरमा भ्रष्टाचार विरोधी आन्दोलन चर्काए । आन्दोलनमा जनकपुरका युवा सक्रिय देखिए पनि त्यसको लगाम संजय साहका हातमा थियो । संयोगवश त्यही समयमा चौधरीको घरमा डकैती भयो । चौधरीले संजय साहले आफ्नो घरमा डकैती गराएको भनेर उजुरी दिए । त्यसपछि अरुण सिंघानिया प्रकाशक रहेको जनकपुर टुडे दैनिकमा डकैतीमा संजय साहको संलग्नतालाई जोडेर लगातार समाचार प्रकाशित भए । अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, त्यसपछि संजयले प्रकाशक सिंघानियालाई फोन गरेर धम्क्याएका थिए । अलि जिद्दी स्वभावका सिंघानियाले संजय साहको धम्कीलाई वास्ता गरेनन् । लगत्तै संजयकै योजनामा उनका दाहिने हात मानिने रामविनोद यादव र चन्द्रदीप यादवले सिंघानिया हत्याको योजना बनाए । १७ फागुन २०६६ मा होली मनाइरहेको बेला सिंघानियाको हत्या गरियो । ‘सूटर’ मन्त्रीको गाडीमा घटनाको ६ बर्षपछि पक्राउ परेका चन्द्रदीप यादवले प्रहरी समक्ष नयाँ तथ्य उद्घाटन गरेका छन् । अरुण सिंघानियालाई गोली हानेपछि उनी र ‘सूटर’ हरू एकल सहनी, अन्सी राइन, मनक लामा र पवन लामा तत्कालीन राज्यमन्त्री साहको झण्डावाल गाडी चढेर राजधानी भित्रिएका थिए । प्रहरीका अनुसार, जीवनाथ चौधरीको प्रभावमा जनकपुर टुडेले आफूलाई लखेटेको भन्ने संजयलाई लागेपछि प्रकाशक सिंघानियाको हत्या गर्ने योजना बन्यो । उनले यो कामको जिम्मा मुकेश चौधरी, रामविनोद यादव र चन्द्रदीप यादव तीन जनालाई दिए । साह निकट रामविनोदमार्फत चन्द्रदीप यादवलाई १० लाख रुपैयाँ पठाएर सूटरहरूको व्यवस्था गरियो । सूटरको खोजी गर्न चन्द्रदीप बाबु थापा समूहको सम्पर्कमा पुगे । बाबु थापाको समूहले नै हो सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानेको । सोही समूहका चारजना सूटरहरू एकल सहनी, मनक लामा, पवन लामा र अन्सी राइनलाई सिंघानिया हत्याको जिम्मेवारी दिइयो । सहनी र राइन पक्राउ परे पनि लामाद्वय नक्कली पासपोर्ट बनाएर विदेश गइसकेको प्रहरीको बुझाइ छ । अनुसन्धान स्रोतका अनुसार, घटनाको अघिल्लो दिन चारै जना सूटरलाई जनकपुरको रामा होटलमा राखिएको थियो । रामा होटल जनकपुर टुडेको कार्यालय छेउमै पर्छ । संजय साह आफंै एउटा भारतीय नम्बरको गाडी चढेर होटलमा पुगेका थिए । उनले नै सूटरहरूलाई दुई वटा हतियार दिए, सिंघानिया हत्यामा तिनै हतियारको प्रयोग भयो । सिंघानियाको हत्या भएको साँझ चारै जना सूटरलाई लिएर राज्यमन्त्री संजय साहको गाडी काठमाडौं आयो । मन्त्रीले प्रयोग गर्ने झण्डावाल गाडी भएकोले प्रहरीले कतै पनि चेकजाँच गरेन । राज्यमन्त्री साह चाहिं भोलिपल्ट सिंघानियाको अन्त्येष्टिमा भाग लिन गए, श्रद्धाञ्जली दिएर काठमाडौं फर्के । नेपाल प्रहरीको तत्कालीन धनुषा नेतृत्वले चाहिं ‘अपराधीहरू भारततिर भागेको हुनसक्ने’ भनेर खोजबीन गर्न एउटा टोली पटनातिर पठाएको थियो । अनुसन्धान स्रोतका अनुसार साहले हत्या प्रयोजनकै लागि सूटरलाई दुई वटा मोटरसाइकल दिएका थिए । घटनापछि प्रहरीले ती मोटरसाइकल खोजे पनि फेला पार्न सकेको थिएन । रोचक पक्ष के रहेछ भने सिंघानिया हत्याको केही महीनापछि जनकपुरको स्टेसन एरियाको प्रहरी चौकीका असई विरुद्ध संजय साह र उनका समर्थकहरूले आन्दोलन गरे । मन्त्री आफैं आन्दोलनमा सहभागी थिए । त्यही आन्दोलनका क्रममा विरोध स्वरुप ती दुई मोटरसाइकलमा आगो लगाइयो । प्रमाण नष्ट गर्न योजनाबद्ध ढंगले गरिएको काम थियो, त्यो । एउटा मोटरसाइकल पूर्ण रूपमा जल्यो भने अर्को आंशिक रूपमा मात्रै जलेको थियो । आंशिक रूपमा जलेको मोटरसाइकललाई जनकपुरको एउटा वर्कशपमा लगेर फालियो । २०७० सालमा जनकपुरमा प्रहरी प्रमुखको रूपमा एसपी उत्तम सुवेदी पुगे । उनले सशस्त्र समूहमा लागेका झण्डै ७५ जनालाई समातेपछि सिंघानिया हत्यामा प्रयोग भएका ती दुई मोटरसाइकल संजय साहका मानिसले जलाएको रहस्य खुल्यो । त्यही रहस्यमय सूचना पछ्याउँदै अगाडि बढ्दा यो हत्याकाण्डमा संजय साह तानिन सक्ने सुईंको प्रहरीले पायो । सशस्त्र समूहका मानिसबाट प्रहरीले अर्को महत्वपूर्ण सूचना पायो । यो घटनामा संजय निकट रामविनोद यादव र चन्द्रदीप यादव संलग्न भएको प्रमाण खुल्यो । यसपछि मुकेश चौधरी र चन्द्रदीप यादबसम्म पक्राउ परे र घटनाको भित्री पाटो बाहिर आयो । यसरी आधा जलेको मोटरसाइकलबाट शुरु भएको सिंघानिया हत्या काण्डको छानबीन १७ चैत २०७२ मा चन्द्रदीप यादव समातिएपछि एउटा अध्याय समाप्त भएको छ । यद्यपि सिंघानियालाई गोली हान्ने काममा संलग्न रामविनोद यादव, मनक लामा र पवन लामालाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । सिंघानिया हत्याको जिम्मेवारी लिने मुकेश चौधरी अहिले ललितपुरको नक्खु कारागारमा छन् । उनी अहिले के सोचिरहेका होलान् भनेर हामीले सम्पर्क ग¥यौं । मुकेशले ‘जानी नजानी आफू प्रयोग भएको स्वीकार गरे ।’ उनले भने, ‘संजयले हामीसँग सबै कुरा भन्दैनथ्यो । भित्री खेल के हो उही जानोस् तर उसको आग्रहमा सिंघानिया हत्याको जिम्मा मैले लिएको हो ।’ सशस्त्र समूहको सकस सिंघानिया हत्याकाण्डको तीन वर्षपछि १८ वैशाख २०६९ मा जनकपुरमा बमकाण्ड भयो । संजय साह र मुकेश चौधरी सो बमकाण्डमा मुछिएका कारण जेलमा छन् । मिथिला राज्यको माग लिएर धर्नामा बसेका बेला जनकपुरको रामानन्द चोकमा बम बिस्फोट गराइएको थियो । बिस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । जनकपुर बमकाण्ड र अरुण सिंघानिया हत्याकाण्डलाई जोड्ने तन्तु भनेको संजय साह र जीवनाथ चौधरीबीचको शत्रुतापूर्ण सम्बन्ध थियो । कुनै बेला कवाडी सामान संकलन गर्ने संजय साह र जिविसका सह–लेखापाल जीवनाथ चौधरीबीचको सम्बन्ध दुश्मनीमा परिणत भएपछि आज त्यसको तनाव सिङ्गो जनकपुरले भोगिरहेको छ । जनकपुरले यो तनाव अझै कहिलेसम्म झेल्नुपर्ने हो टुङ्गो छैन । किनकि प्रहरीले जनकपुर बमकाण्डका आरोपी संजय साहलाई सिंघानिया हत्या अभियोगमा समेत मुद्दा दायर गर्दैछ । कुनै चमत्कार नभए संजय तत्कालै जेल बाहिर आउन सक्ने सम्भावना देखिंदैन । तर, संजयका प्रतिद्वन्द्वी र जनकपुरको अपराध मामिलाका अर्का केन्द्र जीवनाथ चौधरी जनकपुरका एक्लो डन भएका छन् । विशेष अदालतले २०७२ असारमा जीवनाथ चौधरीलाई भ्रष्टाचारको अभियोगमा रु ३ लाख जरिवाना र १८ महीना कैद गर्ने फैसला गरिसकेको छ । तर जीवनाथले सर्वोच्च अदालतमा पुनरावेदन गरेका कारण यो फैसला कार्यान्वयन भइसकेको छैन । त्यसैले अपराधको जालोमा जेलिएको जनकपुर तत्कालै पुरानै लयमा फर्किन्छ भन्न सकिने अवस्था अझै छैन । (खोज पत्रकारिता केन्द्रको रिपोर्ट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies