Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

वैद्य–बादल नमिल्दा केन्द्रीय समिति बैठक अनिश्चित

\"baidya-badal\" काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य र अर्का नेता रामबहादुर थापा ‘बादल’बीच कुरा नमिल्दा केन्द्रीय समितिको बैठक अनिश्चित बनेको छ । चैत १२ गतेदेखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि दुई नेताबीच साझा धारणा बनाउन भन्दै दुई दिनका लागि बैठक स्थगित गरिएको थियो । चैत २१देखि स्थगित भएको बैठकमा बुधबारका लागि बोलाइएको थियो । तर नेताहरुबीच कुरा नमिलेपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । दुई नेताबीचको गृहकार्य अझै नसकिएको भन्दै विहीबार पनि वैठक स्थगित गरिएको केन्द्रीय सदस्यहरुलाई जानकारी गराइएको छ । एकीकृत माओवादीसँग पार्टी एकताको विषयमा निर्णय गर्न भन्दै आकस्मिक बैठक बोलाइएको थियो । बैठकमा एकताको बारेमा भन्दै बादलले फरक दस्तावेज पेश गरेपछि बहस लम्बिएको एक केन्द्रीय सदस्यले बताए । बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरु पनि दुई नेताको दस्तावेजमा विभाजित भएका छन् । दुई दिनको गृहकार्यपछि एकता प्रक्रियालाई मिलाएर जानुपर्ने, विधि निर्माण गरी राष्ट्रिय सम्मेलनमा जाने विषयमा सहमति भइसकेपछि पुनः सहमति टुटेको स्रोतले बतायो । राष्ट्रिय सम्मेलनसम्म जाँदा स्थिति अर्कै हुन सक्ने भन्दै अहिले नै एकतामा जानुपर्नेमा बादलले जोड दिएका छन् । पुनः पार्टी विभाजनको जस आफूमा नआओस् भनेर दुवै नेता हच्किएपनि सहमतिको सम्भावना कम रहेको नेताहरुले बताए । अध्यक्ष वैद्यले विचार, सिद्धान्तमा सम्झौता गर्ने कुरै नभएको बताएपछि बादलले बहुमत जुटाउन केन्द्रीय सदस्यहरुको हस्ताक्षर अभियान चलाएका छन् । नेताहरुले निर्णय दिन नसकेपछि बाहिरबाट आएका केन्द्रीय सदस्यहरु बस्ने ठाउँसमेत ठेकान नभएर बेवारिसेजस्ता भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending