फाल्गुन ३० गते, २०७१ शनिवार 14th March, 2015 Sat१२:३२:५९ मा प्रकाशित
काठमाडौं, सभाध्यक्ष सुवास नेम्वाङले संविधान लेखनका लागि धैरै समय बाँकी नरहेकाले अब बस्ने संविधानसभाको बैठक स्थगन नहुने उद्घोष गरेका छन् ।
संविधानसभाको बैठक अनिश्चित समयसम्मका लागि स्थगन भएको ३० दिन पुगेको छ । पछिल्लो पटक माघ २९ गते बैठक बसेको थियो ।
बैठक बोलाउने विषयमा दलहरुका औपचारिक तथा अनौपचारिक बैठकले पनि सार्थक रुप लिन सकिरहेको छैन ।
स्वयम्सेवी सामाजिक संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए २ को तेस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले भने– ‘जनतासित संविधान प्राप्त गर्ने समय धैरै छैन, अहिलेसम्म धैर्य र सहनशील भई बसिरहेका छन् उनीहरु, यसैले अब बस्ने संविधानसभाको बैठकले संविधान मस्यौदा नबनुन्जेल निरन्तर रुपमा छलफल गर्नुपर्छ ।’
‘संविधान लेखनका क्रममा दलहरुका बीच टुटेको संवादहीनता जोडिएको छ, अब यो सम्बन्ध कहीँ कतैबाट टुट्न दिनुहुँदैन’– नेम्वाङले भने ।
‘संविधान लेखनमा सहमतिका लागि दल र तिनका नेताहरुले नसक्नुभएको होइन, मलाई पूर्ण विश्वास छ सक्नुहुन्छ तर किन चाहिरहनुभएको छैन ?’– उनको प्रश्न थियो ।
चुड्कीका भरमा सहमति खै ?
शीर्ष नेताहरु न्याय र निर्वाचन प्रणाली, शासकीय स्वरुप र राज्यको पुनःसंरचनका विषयमा चुड्कीका भरमा सहमति हुन्छ भनेर मलाई भन्नुहुन्छ तर अहिलेसम्म सहमति गर्नुहुँदैन– उनले दुखेसो पोखे ।
उनले छिटो संविधान जारी नभए देश दुर्घटनामा पर्ने हुनाले दल र तिनका नेतालाई सकारात्मक दबाब दिन सबैलाई आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: