फाल्गुन ३० गते, २०७१ शनिवार 14th March, 2015 Sat१३:०७:४६ मा प्रकाशित
बरगाछी ९विराटनगर०, नेपालको सबै प्रकारका सुविधा र विकसित मानिएको मोरङ जिल्लामा अझै पनि भन्डै ८५ हजार व्यक्ति निरक्षर रहेका छन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार ८३ हजार सात सय ९७ जना शिक्षाको उज्यालो पाउनबाट वञ्चित हुन् । साक्षर बनाउने अभियान मोरङमा पनि थालिएको छ ।
सबैलाई साक्षर बनाउने उद्देश्यलेसरकारले मोरङ जिल्लामा पनि सघन साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । अनौपचारिक शिक्षा केन्द्रद्वारा सञ्चालित साक्षरता कार्यक्रम जिल्लाका ३ गाविस तथा विराटनगर उपमहानगरपालिकामा सञ्चालन हुँदै आएको छ ।
सघन साक्षरता कार्यक्रम विराटनगर र बाहुनी गाविसमा माघ १० गतेदेखि र अन्य गाविसमा फागुन १ देखि सुरु भएको छ । निरक्षरलाई तीन महिनाभित्र साक्षर बनाउने उद्देश्यले अभियान सुरु गरिएको केन्द्रका निर्देशक मेघबहादुर केसीले जानकारी दिएका छन् ।
सरकारले बजेट भाषणमा गरेको घोषणासँगै सुरु भएको सघन साक्षरता कार्यक्रम नेपालका १७ जिल्लामा सञ्चालित छन् । कार्यक्रम तीन महिना सञ्चालनमा हुनेछ । जिल्लाका चार हजार १४ केन्द्रमार्फत साक्षरता कार्यक्रम सञ्चालन भइरहेको केसीले जानकारी दिए ।
प्रत्येक केन्द्रमा २० जनाका दरले तालिम लिइरहेका छन् । केन्द्रमा ५० वर्षदेखि ७० वर्षका वृद्ध सहभागी भएर तालिम लिइरहेको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी फणीन्द्र खत्रीले जानकारी दिएका छन् ।
जिल्लामा साक्षर दर ६७ प्रतिशत रहेकामा तालिमपछि ९० प्रतिशत साक्षर हुने जिकिर जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: