Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विश्वका चर्चित आरोही नेपाल आउँदै

\"everestकाठमाडौं । नेपालको पर्यटनलाई संसारमा चिनाउने मुख्य आधार नै हिमाल हो र पर्वतारोहण र पदयात्रा पर्यटकका लागि आकर्षक गन्तव्य हो । त्यसमा पनि सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्णलगायतका हिमाल विश्व चर्चित छन् । आठ हजार मिटर अग्ला आठवटा हिमाल क्रमशः सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपूर्ण नेपालमा छन् । तीमध्ये मनास्लु र ल्होत्से हिमालको आगामी अप्रिल ३० अर्थात् वैशाख १७ गते “मनास्लु–ल्होत्से हीरक महोत्सव” मनाइँदैछ । आजभन्दा ६० वर्षअघि तीन जापानी नागरिक र एक नेपाली गरी चार आरोहीले आठ हजार १६३ मिटर अग्लो मनास्लु र दुई सुइस नागरिकले आठ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमाल आरोहण गरेको सम्झनामा हीरक महोत्सव मनाउन लागिएको हो । सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिन अर्थात् मे ११ मा जापनिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेका थिए । सन् १९५६ मे १८ मा स्विस नागरिक आन्स राइस र लुच सिङ्गरले ल्होत्से हिमालको सफल आरोहण गरेका थिए । मनास्लु आरोहण गर्ने चारमध्ये एकमात्र जीवित ९० वर्षीया जापानी आरोही हिगेता महोत्सवमा सहभागी हुन नेपाल आउँदैछन्, अन्य तीनजनाको निधन भइसकेको छ । हिगेतासँगै जापानी मिडिया तथा माउन्टेनरिङ फेडेरेसनलगायतका ८७ जना जापानी आरोहीहरू नेपाल आउँदैछन् । ल्होत्से चड्ने स्विस नागरिक जीवित भए पनि उनीहरूको प्रतिनिधित्व गरेर अन्य आरोही नेपाल आउँदैछन् । समारोहमा काठमाडौंस्थित स्विस राजदूतले प्रतिनिधित्व गर्नेछन् । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि हीरक महोत्सव निकै उपयोगी हुने सम्बद्ध अधिकारी बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले भूकम्पपछि पर्यटक घटिरहेको अवस्थामा दुई हिमालको हीरक महोत्सवले आरोहीलाई पनि प्रोत्साहन र विश्वका पर्यटकलाई नेपाल घुम्न जानुपर्ने सन्देश प्रवाह गर्न सहयोग पुग्ने बताए । “नेपालको पर्यटन भनेकै हिमाल हो, त्यसैले ६० वर्षअघि मनास्लु र ल्होत्से हिमाल आरोहण गरेका आरोही नै नेपाल आएर हीरक महोत्सवमा सहभागी हुने भएकाले यसको आफ्नै गरिमा र महत्व हुन्छ” – हीरक महोत्सव मूल आयोजक समितिका अध्यक्षसमेत रहेका सचिव राईले भने । काठमाडौँमा आयोजना गरिने महोत्सवको राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न पर्यटन मन्त्रालयका सचिवको अध्यक्षतामा ४७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । हालैको मन्त्रीस्तरको निर्णयबाट उक्त समिति गठन गरिएको हो । महोत्सवको सहयोगका लागि विभिन्न क्षेत्रका ४४ वटा संस्था छनोट भएका छन् । महोत्सवको तयारीस्वरूप मूल समितिले उपसमितिहरू गठन गरी काम अघि बढाएको सचिव राईले जानकारी दिए । नेपाल सुरक्षित गन्तव्य रहेको सकारात्मक सन्देश विश्वभर फैलाउन महोत्सवले सहयोग पुग्ने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङ्छिरिङ शेर्पाले बताए । हीरक महोत्सवका लागि विभिन्न मुलुकबाट आरोही तथा मिडियाहरू आउनेछन् । मूल आयोजक समितिको सदस्य सचिव संस्था एनएमएका अध्यक्ष शेर्पाका अनुसार अहिलेसम्म बेलायत, जर्मन, जापान, स्विट्जरल्यान्डलगायतका देशबाट सहभागी हुने जानकारी गराइसकेका छन् । नेपालले विश्वभरका १०० भन्दा बढी अल्पाइन क्लब र त्यसका छाता सङ्गठनहरूलाई हीरक महोत्सवमा सहभागिताका लागि आग्रह गरिएको शेर्पाले उल्लेख गरे । मे ९ मा काठमाडौँमा मात्र नभई गोरखा र मनास्लुको फेदी सामा गाउँमा पनि विविध कार्यक्रम गरी मनाइन्छ । काठमाडौँको कार्यक्रम सकेर जापानी आरोहीहरू मनास्लु क्षेत्रको ट्रेकिङ गर्ने बताइएको छ । यसअघि सन् २०१३ मा सगरमाथा र चो–यु हिमालको हीरक महोत्सव मनाइएको थियो । आगामी नोभेम्बर १९ मा मकालु र कञ्चनजङ्घाको हीरक महोत्सव मनाइने जनाइएको छ । एनएमएको विवरणअनुसार हालसम्म मनास्लुको एक हजार ४७ र छोयुको ६०७ जनाले आरोहण गरिसकेका छन् । सात हजार ४०० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रूपमा मात्रै तीन हजार ८०० ले आरोहण गरेका छन् । नेपालमा पाँच हजार ८०० मिटरभन्दा माथिका ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies